Home Insight महिलाहरू आफैँले टेकेर हिँड्न सक्नुपर्छ (भिडियो सहित) – रजनी जोन्छेँ

महिलाहरू आफैँले टेकेर हिँड्न सक्नुपर्छ (भिडियो सहित) – रजनी जोन्छेँ

375
0

रजनी जोन्छेँ नेपाली कांग्रेस भक्तपुरकी नेता तथा बागमती प्रदेशको पूर्व मन्त्री एवं पूर्व प्रदेश सभा सदस्य हुनुहुन्छ । २००५ असारमा ललितपुरको पाटनमा जन्मिएकी रजनीले २०३१ देखि २०६३ सालसम्म नेसनल कन्स्ट्रक्सन कम्पनी अफ नेपालमा जागिर खानुभयो । त्यहाँ उहाँ नायब प्रबन्धकसम्म हुनुभयो । जागिरे छँँदा उहाँले अप्रत्यक्ष रूपमा राजनीतिलाई सहयोग गर्नुभयो । उहाँ जागिरबाट अवकाश लिएकै वर्षदेखि राजनीतिमा प्रत्यक्ष रूपमा लाग्नुभयो ।

रजनीको २०३५ सालमा भक्तपुरका राधेश्याम जोन्छेँसँग भयो । राधेश्याम विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो । श्रीमान् पटक पटक जेल पर्दा जागिर, तीन छोराको हुर्काइ र घरव्यवहार रजनीकै जिम्मामा हुन्थ्यो । उहाँका अनुसार, देशमा २०४६ सालको जनआन्दोलन हुँदा पनि श्रीमान् राधेश्याम जेलमै हुनुहुन्थ्यो । जागिर खाँदा राजनीतिज्ञको परिवार भनेर विभिन्न अप्ठ्याराहरू आइपरेको दुःखद स्मरण पनि गर्नुहुन्छ, उहाँ ।

त्यति मात्र होइन, २०५९ साल भदौ १६ गते साँझ रजनी र उहाँको परिवारकै लागि ठुलो घटना भयो । रजनीका अनुसार, तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीले उहाँका श्रीमान् राधेश्यामलाई गोली हानेको थियो । राधेश्याम त्यो बेला नेपाली कांग्रेस भक्तपुरको सभापति हुनुहुन्थ्यो । गोली लागेर घाइते भएका राधेश्याम करिब १० वर्ष ओछ्यान पर्नुभयो । उक्त घटनाले गर्दा रजनीको दिनचर्या झन् जटिल हुँदै गयो । सक्रिय राजनीतिमा भएका श्रीमान् हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्दाको मानसिक पीडादेखि चौबिसै घण्टा हेरविचार गर्नुपर्ने, सानासाना तीन छोरालाई हुर्काउने, पढाउने जस्ता जिम्मेवारी एक्कासि उहाँ एक्लैको काँधमा आइपर्‍यो ।

श्रीमान् राधेश्यामको २०६९ सालमा निधन भयो । राधेश्यामलाई सरकारले सहिद घोषणा गरेको छ । अहिले रजनी श्रीमान्‌काे नाममा स्थापना गरिएको सहिद राधेश्याम जोन्छें स्मृति प्रतिष्ठानमार्फत महिलाहरूलाई विभिन्न सिपमूलक तालिम दिने, गरिब विद्यार्थीहरूलाई छात्रवृत्ति दिने जस्ता काममा संलग्न हुनुहुन्छ । यसका साथै नेपाली कांग्रेसको राजनीतिमा पनि क्रियाशील हुनुहुन्छ । उहाँ भन्नुहुन्छ, “म पहिलेदेखि नै आफ्नो खुट्टा आफैँ टेकेर आफैँ हिँड्न सक्नुपर्छ भन्ने सोचको मान्छे थिएँ । त्यसैले पहिलेदेखि महिला सशक्तीकरण र शिक्षालाई मैले प्राथमिकतामा राख्थेँ ।” त्यही भएर अहिले पनि प्रतिष्ठानमार्फत महिलाहरूलाई सशक्तीकरण गर्नेदेखि गरिब विद्यार्थीहरूलाई पढ्नका लागि आर्थिक सहयोग पनि गरिरहेको उहाँको भनाइ छ ।

प्रदेश सभा सदस्यका लगि २०७४ सालमा भएको निर्वाचनबाट रजनी बागमती प्रदेशको प्रदेश सभा सदस्य निर्वाचित हुनुभयो । उहाँ २०७८ सालमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री पनि हुनुभयो । सांसद र मन्त्री हुँदा प्रदेशका सबै जिल्लाहरूमा पुगेर उद्यमशील हुनुपर्छ र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै उद्योग सञ्चालन गरेर आत्मनिर्भर हुनुपर्छ भनेर काम गरेको उहाँ बताउनुहुन्छ ।

पचहत्तर वर्षीया रजनीसँग केही समयअघि ‘सन्धान’ ले कुराकानी गर्दा केही प्रश्नहरू राखेको थियो । विशेषगरी उहाँको समयमा छोरीहरूका लागि पढ्ने वातावरण कत्तिको सहज थियो ? पाटन र भक्तपुरको त्यो बेलाको समाज उहाँले कस्तो पाउनुभयो ? आफू जागिरे भएर सक्रिय राजनीति गर्ने श्रीमान्‌लाई सहयोग गर्दै घरपरिवार व्यवस्थापन गर्दा के कस्ता चुनौतीहरूको सामना गर्नुपर्‍यो ? सांसद र मन्त्री हुँदा के के कामहरू गर्नुभयो ? यिनै प्रश्नले समेट्ने विषयमा उहाँसँग कुराकानी गरिएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट क्यामेरामा मुकुन्द बोगटीआधारबाबु खतिवडाका साथमा लक्ष्मी बस्नेतले रजनी जोन्छेँसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेँ – मेनुका काफ्ले (भिडियो सहित)
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
जनआन्दोलनका सपना अधुरै रहेपछि
जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी सिटौला

सन्धान प्रकाशन मिति : २०८० असार २७ गते, बुधबार

Previous articleनेपालमा अटिजमको अवस्था र असर
Next articleकेही भएन महिनावारी नबार्दा (भिडियो सहित)