२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ

    905
    0

    जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष

    नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो । तर, राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरे । उनले संसद्को दुवै सदन भङ्ग गरे र संविधानका अनेकौँ धाराहरू निलम्बन गरे । साथै, उनले शासनाधिकार हातमा लिएर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए र पञ्चायती व्यवस्था सुरु गरे । तीन दशक पुग्दानपुग्दै पञ्चायती शासन व्यवस्थाविरुद्ध २०४६ भदौमा निर्णायक आन्दोलन गर्ने तयारी भयो ।

    नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र संयुक्त वाममोर्चाका अध्यक्ष सहाना प्रधानले हस्ताक्षर गरेको कार्यक्रमसहितको पर्चा २०४६ माघ २७ गते सार्वजनिक भयो । र, पूर्वघोषित कार्यक्रमअनुसार फागुन ७ गते देशव्यापी जनआन्दोलन सुरु भयो । जनआन्दोलनको ५०औँ दिन पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो । यसलाई २०१७ सालमा गुमेको प्रजातन्त्रको पुनर्बहाली भएको अर्थमा पनि लिइन्छ ।

    उक्त ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट त्यो आन्दोलन कस्तो थियो त रु ‘सन्धान’ ले त्यति बेलाको सम्झनालाई जीवित तुल्याउँदै छ । यसै क्रममा आज २०४६ सालको जनआन्दोलनमा धनुषामा भएको घटनाको स्मरण गर्दैछौँ । ‘नेपाली महिलाको ऐतिहासिक आन्दोलन एक शताब्दी’ पुस्तकमा अधिकारकर्मी रीता साहले लेखेकी छन्, ‘धनुषाको यदुकाहामा भएको फागुन ९ गते भएको गोलीकाण्डमा तीनजना मधेसी महिलाहरु ६१ वर्षिया जानकीदेवी यादव, ४५ वर्षिया मुनेश्वरी यादव र ३५ वर्षिया सोनावतीदेवी यादव सहित ५ जना मधेसी महिलाहरु सहिद भए ।’

    यदुकाहा घटना र समग्रमा तराई मधेसका महिलाहरूले २०४६ सालको जनआन्दोलनमा कसरी सहभागिता जनाए र कस्तो योगदान दिए भनेर धनुषाकै हीरादेवी र दीपनारायण दास दम्पतीसँग कुराकानी गरिएको छ ।

    राजनीति र सामाजिक मुद्दामा २०४२ सालदेखि क्रियाशील हीरादेवी २०४६ सालमा तत्कालीन निर्मल लामा नेतृत्वको चौथो महाधिवेशनअन्तर्गत अखिल नेपाल महिला संघको जिल्ला समिति सदस्य थिइन् । उनी हाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेकी छन् ।

    दीपनारायण पनि २०४२ सालदेखि नै तत्कालीन नेकपा मसालसँग आबद्ध हुँदै चौथो महाधिवेशनमा काम गर्दै आएर हाल वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य छन् । प्रस्तुत छ, दास दम्पतीलाई ‘सन्धान’ को तर्फबाट लक्ष्मी बस्नेतले केही दिनअघि काठमाडौँमा भेटेर २०४६ सालको जनआन्दोलनबारे गरेको कुराकानी ।

    सन्धान, प्रकाशन मिति २०७८ चैत २३ गते बुधवार


    Previous article२०४६ सालको जनआन्दोलनमा घरेलु हतियार सहित सहभागी महिलाहरु
    Next article‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह