Home Elaborations सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना

सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना

1295
0

‘जनआन्दोलन–२०४६’ निष्कर्षमा पुगेपछि देशमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भई बहुदलीय व्यवस्था घोषणा भएको ३२ वर्ष पूरा भएको छ । २०४६ साल फागुन ७ गते सुरु भएको आन्दोलन झन्डै दुई महिनामा उत्कर्षमा पुगी सफल भएको थियो । चैत २६ गते राति ११:४५ बजे रेडियो नेपाल र नेपाल टेलिभिजनबाट राजदरबारको विज्ञप्ति प्रसारित भयो । त्यसमा नेपालको संविधान, २०१९ मा रहेको दलविहीन शब्द हटाई दलमाथिको प्रतिबन्ध फुकुवा भएको जनाइयो । त्यसको खुसियालीमा काठमाडौँको टुँडिखेल खुलामञ्चमा विशाल जनसभा भयो । देशविदेशका पत्रकारहरूले त्यो विशाल जनसभाको सयौँ तस्बिर र भिडियो खिचे । त्यसैमध्येको एउटा तस्बिरले राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय रूपमै विशेष चर्चा पायो । अहिलेसम्म पनि त्यो तस्बिर चर्चित नै छ ।

धेरैको मनमस्तिष्कमा २०४६ सालको जनआन्दोलन भन्नेबित्तिकै त्यही तस्बिरको स्वरूप आउँछ । त्यसमा हजारौँ मानिसको भिडका बिचमा एक युवतीले दुवै हात आकाशतिर उठाएर जितको सङ्केत गरेको देखिन्छ ।

फोटो पत्रकार मिन रत्न बज्राचार्यले खिच्नुभएको उक्त तस्बिरमा देखिएकी युवती दुर्गा थापा भएको धेरै वर्षपछि थाहा भयो । त्यति बेला नेपाली कांग्रेस निकट थापा अहिले रसुवाको सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुन्छ ।

थापाको उक्त तस्बिरलाई २०४६ सालकै पर्यायको रूपमा जताततै प्रयोग गर्न थालियो । त्यसपछि फोटो पत्रकार बज्राचार्यले सो तस्बिरलाई प्रतिलिपि अधिकारमुक्त पनि बनाइदिनुभयो ।

जनआन्दोलन–२०४६ लाई स्मरण गराइराख्ने त्यो तस्बिर पछाडिका कथाहरू निकै रमाइला र स्मरणीय छन् । यही कथालाई फर्केर हेर्न र सुन्न ‘सन्धान टिम’ २०७८ चैत २६ गते खुलामञ्च पुग्यो । त्यहाँ बज्राचार्य र थापासँग भेट गरी भिडियो संवाद गर्यो ।

जनआन्दोलन–२०४६ लाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने गरी ‘सन्धान’ ले विशेष शृङ्खला प्रस्तुत गर्दै आएको छ । यही शृङ्खलाअन्तर्गत आज प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट जया लुईंटेलले रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दुर्गा थापाफोटो पत्रकार मिन रत्न बज्राचार्यसँग गर्नुभएको कुराकानीमा आधारित विशेष सामग्री :

सन्धान संवाद हेर्न र सुन्नका लागि यहाँ थिच्नुहोस् ।

सन्धान, प्रकाशन मिति २०७९ बैशाख ९ गते शुक्रवार


Previous article‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
Next articleमलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर