Home Insight अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ

797
0

खगेन्द्र नवजीवन केन्द्रका निमित्त कार्यकारी निर्देशक सूर्यकुमारी गुरुङ काठमाडौँ महानगरपालिका वडा नम्बर ४ चण्डोलमा बस्नुहुन्छ । २०२४ सालमा नुवाकोटमा जन्मिनुभएकी उहाँको गोडामा एकाएक घाउ निस्कियो । समयमै राम्रो उपचार पाउनुभएन । २०३१ सालमा सात वर्षको उमेरमा उहाँको गोडा नै काट्न पर्‍याे। आफूले बाल्यकालदेखि नै शारीरिक अपाङ्गताको अवस्थालाई भोग्न परेका कारण उहाँले ठुलो भएपछि अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि नै काम गर्नुभयो ।

सूर्यकुमारीलाई शारीरिक अपाङ्गताले कुनै पनि काम गर्न छेकेन । केही असहज भने पक्कै भयो । असहजतालाई झेल्दै उहाँ २०४६ सालको जनआन्दोलनमा विभिन्न ढङ्गले सक्रिय भएर लाग्नुभयो । २०४६ सालको जनआन्दोलनमा महिलाहरूको योगदान, सहभागिता र नेतृत्वलाई स्मरण गर्ने क्रममा यसपटक सूर्यकुमारी गुरुङको अनुभवलाई लिएका छौँ । उहाँसँग समग्रमा अपाङ्गता अधिकारको आन्दोलन र त्यसभित्र महिलाहरूको अवस्थाका बारेमा पनि भिडियो कुराकानी गरेका छौँ । प्रस्तुत छ, सूर्यकुमारी गुरुङसँग ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्य र समीक्षा गाहाले गर्नुभएको कुराकानीमा आधारित स्मरण र अनुभवको सम्पादित अंश :

म जन्मिएको नुवाकोट जिल्लामा हो । सर्लाहीमा पनि हाम्रो जग्गा जमिन भएकाले आमा, दिदीबहिनीहरू त्यहाँ बस्नुहुन्थ्यो । बुबा काठमाडौँमा जागिरे हुनुहुन्थ्यो । म भने मामाघरमा हुर्किएँ । त्यहीबेला एकचोटि खुट्टामा घाउ भयो । असारको महिना थियो । धान रोप्ने चटारोका कारण समयमै अस्पताल लग्न सक्नुभएन । अहिलेको जस्तो उपचारका लागि जान सहज पनि थिएन । असारको काम सकेपछि बुबालाई खबर पठाइयो । बुबाले काठमाडौँबाट मलाई लिन मानिस पठाउनुभयो । त्यसपछि काठमाडौँ आएर औषधी गर्दा ढिला भइसकेछ । मेरो खुट्टा नै काट्नुपर्‍याे । सात वर्षको उमेरमा दाहिने खुट्टाको घुँडामुनिको भाग काटेर फालियो । पहिले बैसाखीको सहारामा हिँड्डुल गर्थें । २०३२ सालमा नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्रमा सेवा लिन गएँ । पढ्ने अवसर पनि पाएँ । एसएलसी पास भएपछि पद्मकन्या क्याम्पसको छात्रावासमा बसेर पढ्न पाएँ ।

पञ्चायती व्यवस्थाको विरोध किन गर्नुपर्छ भनेर हामी दिदीबहिनी, छिमेकी, दाजुभाइहरू छलफल गर्थ्यौं । मनोहर भट्टराई, नर्सिङ क्याम्पसका बहिनीहरू, लीला कुँवर, टीका लिम्बुलगायत हामीभन्दा साना बहिनीहरूलाई समेत राखेर सँगै बसेर छलफल गर्‍यौँ । आन्दोलनमा हामीले सक्ने के काम हुन्छ, सल्लाह गरेर अघि बढ्यौँ अनि काम गर्न थाल्यौँ ।

जनआन्दोलन २०४६ सालमा स्नातक तहमा अध्ययनरत थिएँ । धेरै कुरा नबुझे पनि राजनीतिलगायत सबै खालका कुराहरू सुन्नुपर्छ/बुझ्नुपर्छ भन्ने लाग्थ्यो । त्यही भएर सम्भव भएसम्म विभिन्न कार्यक्रमहरूमा सहभागी भएर कुरा सुन्थेँ । त्यस्ता कार्यक्रमहरूमा महिलाहरूले भाषण गरेको सुन्दा अझ ऊर्जा आउँथ्यो । २०४५ सालमा भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । त्यो बेला डा. बाबुराम भट्टराई, हिसिला यमीलगायतका समूहले त्रिभुवन विश्वविद्यालयको हलमा नेपाल–भारत समस्या र समाधान भनेर लामो कार्यक्रम राख्नुभएको थियो । त्यहाँ कीर्तिनिधि विष्ट, कमल कोइरालालगायतका ठुला नेताहरू पनि आउनुभएको थियो । किन समस्या भयो ? किन नाकाबन्दी भयो ? कसरी समाधान हुन्छ ? भन्ने कुरा त्यहाँ भयो । त्यो हामीले सुनेका थियौँ । मेरो दिदी पूर्वसभासद् रत्ना गुरुङ र बहिनी सरोज गुरुङ अनि लीला कुँवर हामी सबै सँगै त्यहाँ सुन्न गएका थियौँ । त्यो कुराले पनि हामीमा एउटा झड्का दियो । त्यसले पनि २०४६ सालको जनआन्दोलनमा सहभागी हुनुपर्छ भन्ने लाग्यो । पञ्चायती व्यवस्था भनेको राजसंस्थाको विरोध मात्र थिएन । त्यो बेलाको राजनैतिक प्रशासनिक हिसाबले त्यो व्यवस्थाले नागरिकमा वितृष्णा उत्पन्न गराएको थियो । पञ्चायती सरकारको आलोचना भइरहेको थियो । त्यही भएर नेपालमा जनआन्दोलन सुरु भयो ।

पञ्चायती व्यवस्थाको विरोध किन गर्नुपर्छ भनेर हामी दिदीबहिनी, छिमेकी, दाजुभाइहरू छलफल गर्थ्यौं । मनोहर भट्टराई, नर्सिङ क्याम्पसका बहिनीहरू, लीला कुँवर, टीका लिम्बुलगायत हामीभन्दा साना बहिनीहरूलाई समेत राखेर सँगै बसेर छलफल गर्‍यौँ । आन्दोलनमा हामीले सक्ने के काम हुन्छ, सल्लाह गरेर अघि बढ्यौँ अनि काम गर्न थाल्यौँ ।

बुबा दरबारको कर्मचारी

मेरो बुबा राजदरबारमा अधिकृत हुनुहुन्थ्यो । हामी विद्यार्थी थियौँ । आमा घरमै काम गर्नुहुन्थ्यो । बुबा दरबारको कर्मचारी भएकाले उहाँले हामीलाई ‘आन्दोलनमा नजानू’ भन्नुहुन्थ्यो तर हामी मान्दैन थियौँ । त्यही भएर कहिलेकाहीँ बेलुका खाना खाँदा रिसाएर बुबाले खाना नै फाल्दिनुहुन्थ्यो । प्रजातन्त्रमा उहाँको सद्भाव थियो तर दरबारको कर्मचारीकै छोरीहरू पञ्चायतको विरोधमा हिँड्नु बुबाको लागि पनि चुनौती थियो । त्यसैले पछिपछि हामीलाई ‘आन्दोलनमा त लाग्नु तर देखिने गरेर होइन’ भन्नुहुन्थ्यो । जुलुस, राँकेजुलुसमा नहिँड्न भन्नुहुन्थ्यो । उहाँ पनि डराउनुभएको थियो । ‘तिमीहरूलाई बिरालो कुकुर मारे जसरी मार्लान्’ भनेर बुबाले हाम्रो चिन्ता गर्नुहुन्थ्यो । तर बुबा अफिस गएपछि हामी जम्मा भएर फेरि आन्दोलनसँगै सम्बन्धित काम गर्न थालिहाल्थ्यौँ । हामीसँग धेरै पैसा हुँदैनथ्यो । कहिलेकाहीँ भोकै पनि बस्नुपर्थ्यो । कहिले त बासीभात खाएर पनि काम गथ्र्यौं । कहिले आलु प्याज भुट्ने अनि भात पकाएर खान्थ्यौँ । १०–१२ जना जम्मा भएर विशालनगर चण्डोल, शङ्खपार्क, नारायणगोपाल चोकमा हामी पर्चा बनाउने र पर्चा छर्ने काम गथ्र्यौं । पर्चाका लागि माड पकाउने, पुराना कापीका पाना जोडेर ठुलो बनाएर त्यसमा हामीले पञ्चायती व्यवस्थाका विरुद्धमा नाराहरू लेख्थ्यौँ ।

म चाहिँ बढी लेख्ने काम गर्थें । अरू साथीहरू पर्खालमा टाँस्न जानुहुन्थ्यो । आमाको कालो कपडा, सुरुवाल, पेटिकोट कालो रङको जे भेटे पनि सिन्कामा कप्टेरा बनाएर बेरेर विरोध जनाउनका लागि कालो झन्डा जस्तो बनाइहाल्थ्यौँ । थुप्रै दिन, दिनभरिभरि यसरी कालो झन्डा बनाउने गर्थ्यौँ ।

हामी त्यो बेला पार्टीगत हिसाबले कुनै पार्टीको कार्यकर्ता भएर जनआन्दोलनमा लागेको होइन । विभिन्न कार्यक्रममा सहभागी भएर कुरा सुनिरहँदा यो आवश्यक रहेछ भन्ने महसुस गरेर स्वतःस्फूर्त रूपमा सहभागी भएका हौँ । म त्यो बेला २१–२२ वर्षको थिएँ ।

पुराना टालाटुली कपडाको पनि झन्डा बनाउँथ्यौँ । कहिले रातिराति लुकाएर, कहाँबाट जुलुस लगाउने हो, त्यहाँ दिदीबहिनीहरू जान्थे । छ–सात जना भएपछि बेस्सरी ठुलो स्वरमा कराउँदै हिँडेर टोल नै थर्काउने गर्थ्याैं । घरमा आएर पनि फेरि मुर्दावाद भन्दै चिच्याउने गरिन्थ्यो । हामीले त नाङ्लो, थाल जे जे भाँडा पाइन्छ, त्यो त्यो हातमा लिएर कौसीमा गएर ठटाउने । प्रहरीहरूको भ्यान देख्यो भने झन् कराउने । प्रहरी नजिक आएपछि भने एकछिन चुप पनि लाग्थ्यौँ ।

हामी त्यो बेला पार्टीगत हिसाबले कुनै पार्टीको कार्यकर्ता भएर जनआन्दोलनमा लागेको होइन । विभिन्न कार्यक्रममा सहभागी भएर कुरा सुनिरहँदा यो आवश्यक रहेछ भन्ने महसुस गरेर स्वतःस्फूर्त रूपमा सहभागी भएका हौँ । म त्यो बेला २१–२२ वर्षको थिएँ । २०४६ सालकै ८ मार्च (अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस) मा पद्मकन्या क्याम्पसमा एउटा कार्यक्रम भएको थियो । त्यहाँ राजनीतिक, साहित्यिक क्षेत्रका सिनियर दिदीहरू सहभागी हुनुहुन्थ्यो । साहित्यकार पारिजात पनि त्यहाँ हुनुहुन्थ्यो । यस्तै राजनीतिज्ञहरू मीना पाण्डे, हिसिला यमी, डा. मथुरा श्रेष्ठ, डा. अरुणा उप्रेतीलगायत व्यक्तिहरू पनि त्यो कार्यक्रममा हुनुहुन्थ्यो ।

अपाङ्गता नभएको भए

जनआन्दोलनका बेलामा मेरो कृत्रिम ‘खुट्टा’ थियो । सानोतिनो जुलुसहरूमा त म पनि जान्थेँ तर मसाल जुलुस जस्तो भागदौड हुनसक्ने खालको भए जान्नथेँ । जान नपाएकोमा मन पोल्थ्यो । अपाङ्गता भएकाहरूले त्यस्तो बेलामा झन् चुनौतीहरू खेप्नुपर्दो रहेछ । अपाङ्गता नभएको भए म पनि अन्य मानिसहरूसँगै मसाल जुलुसमा जान्थेँ । म भने खुट्टा नभएकै कारण घरमै खुम्चिएर बस्न पर्‍याे । मेरो शारीरिक अवस्थाले गर्नसक्ने काम त गरेँ तर बाहिरी काम अझ धेरै गर्न सक्थेँ भन्ने लागिरहन्थ्यो । त्यतिबेला म पनि सडक आन्दोलनमा जान्थेँ, म पनि टुँडिखेलमा हुन्थँे भन्ने सोचाइ ममा आउँथ्यो ।

अपाङ्गता भएका मानिसहरूलाई प्रहरीले शारीरिक अवस्था देखेर धेरै सोधखोज गर्दैनथे । अपाङ्गता भएकाहरूको मानसिक अवस्था पनि त्यस्तै भएको होला, उनीहरूलाई दया, माया गर्नुपर्छ भन्ने सोचले होला, प्रहरीले हामीलाई खासै केही गर्दैनथे ।

हुन त आन्दोलनमा सबैको भूमिका र जिम्मेवारी एकै किसिमको हुँदैन । कामको बाँडफाँट गरेर नै गर्ने हो, मैले पनि गरिरहेकै छु भन्ने पनि लाग्थ्यो । तर पनि आफूले सडकमा गएर दौडिँदै, भाग्दै, नारा लगाउँदै हिँड्न पाएको भए अझै बढी गर्व हुन्थ्यो होला जस्तो लाग्छ ।

अपाङ्गता भएका मानिसहरूलाई प्रहरीले शारीरिक अवस्था देखेर धेरै सोधखोज गर्दैनथे । अपाङ्गता भएकाहरूको मानसिक अवस्था पनि त्यस्तै भएको होला, उनीहरूलाई दया, माया गर्नुपर्छ भन्ने सोचले होला, प्रहरीले हामीलाई खासै केही गर्दैनथे । त्यस्तो भएकाले पनि हामी अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चारलगायतको काम गर्न सजिलो भयो । सञ्चारको काम गर्नका लागि हामी जस्तालाई छुट जस्तै थियो भने पनि हुन्छ । म जस्ता पनि कति जना आन्दोलनमा पनि हिँड्नुभयो । मैले थाहा पाएकोमा कुमार थापालगायतका अन्य पनि थुप्रै हुनुहुन्थ्यो । अपाङ्गता भएका महिलाहरू पनि हुनुहुन्थ्यो तर अहिले नाम याद छैन । यस्तै विभिन्न भूमिकामा रहेर काम गरियो । चैत २६ गते राति प्रजातन्त्रको घोषणा पनि भयो । प्रजातन्त्र प्राप्त भएको खुसियालीमा भएको विजय जुलुसमा म पनि टुँडिखेल गएको थिएँ ।

हेर्नुहाेस भिडियाे कुराकानी

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

सन्धान प्रकाशन मिति : २०८० बैशाख १६ गते, शनिवार

Previous articleकमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
Next articleगिडिदह भ्रमण : महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयास