‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा

    1156
    0

    जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

    ऐतिहासिक जनआन्दोलन २०४६ सालको स्मरण गर्दा चैत ३ गते लेखक, साहित्यकार तथा कलाकारहरूले निर्वाह गरेको भूमिकालाई विशेष मानिन्छ । त्यो दिन लेखक, साहित्यकार तथा कलाकारहरूले काठमाडौँस्थित त्रिचन्द्र क्याम्पस परिसरमा मुखमा कालोपट्टी बाँधेर धर्ना बसेका थिए । धर्नास्थललाई प्रहरीले घेराउ गरी सबैलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा लेखक तथा साहित्यकार डा. बेन्जू शर्मा पनि हुनुहुन्थ्यो ।

    डा. शर्माले त्यसताका त्रिचन्द्र क्याम्पसका प्राध्यापन गर्नुहुन्थ्यो । उहाँ प्राध्यापकहरूको धर्नामा पनि सहभागी हुनुभयो । जनआन्दोलन हुनुअघिदेखि नै उहाँ वाक् स्वतन्त्रताका लागि विभिन्न ठाउँमा हुने गरेको ‘कविता क्रान्ति’ मा सहभागी हुने गर्नुहुन्थ्यो ।

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, जनआन्दोलन–२०४६ का बारेमा प्राज्ञ तथा नेपाल टेलिभिजनका पूर्वअध्यक्ष डा. बेञ्जू शर्माको स्मरण :

    सन्धान, प्रकाशन मिति २०७८ चैत २९ गते मंगलवार ।


    Previous article‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
    Next article‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी