Home Stories महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

402
0

मेरो नाम रेशमकुमारी थापा हो । घर सिरहाको गोलबजार वडा नम्बर ३ तेतरिया हो । मेरो माइती र श्रीमान्‌काे घर दुवैतिरको परिवारमा पहिल्यैदेखि राजनीतिमा लाग्नेहरू थिए । २०४६ सालमा हामी जनमोर्चा पार्टीमा थियौँ । कम्युनिस्ट राजनीति गथ्र्यौं । म पनि पार्टीको बैठकमा जाने गर्थें । पार्टी कार्यालयमा जाने, बुझ्ने गर्थें । हामी महिलाहरू भेटघाट गरेर महिलाको हकअधिकारको कुरा गर्थ्याै । पार्टीको काम त पार्टीकै निर्णय अनुसार गर्नुपथ्र्यो ।

जनआन्दोलन २०४६ ताका मेरो बच्चा सानो भएकाले मैले मेरो श्रीमान् अर्जुन थापा जस्तो सक्रिय हुन सकिनँ । उहाँ त्यो बेला २ नम्बर वडाको वडाध्यक्ष हुनुहुन्थ्यो । मेरो श्रीमान्‌लाई प्रशासनले खोजी गरिरहन्थ्यो । भिनाजु र जेठाजुको पनि टाउकोको मोल तोकिएको थियो । मेरो आफ्नै दाजुहरू पनि भूमिगत हुनुहुन्थ्यो । परिवारै कम्युनिस्ट भएको हुनाले त्यतिबेला सबैलाई गाह्रो थियो ।

केहीबेर प्रहरी र हामीबिच मेरो श्रीमान्‌लाई लिएर तानातान र खोसाखोस भयो । प्रहरीले लाठी चार्ज पनि गर्‍यो । त्यो घटनामा एक जना बच्चाको त टाउको पनि फुट्यो ।

चैत महिनाको सुरुतिरैको कुरा हो । एक दिन पुलिस घरमै आयो र मेरो श्रीमान्‌लाई बोलाएर ‘केही काम छ’ भनेर पश्चिमतिर लग्यो । उहाँलाई वरिपरि पुलिसहरूले घेरेर लगेका थिए । श्रीमान्‌लाई लगेको एकछिनमा फर्काइदेलान् भनेर म घरमै पर्खिरहेको थिएँ । तर फर्काएनन् । निकै पर पुर्‍याइसकेछन् । उहाँले फर्किन खोज्दा पनि फर्किन नदिएको एक जना आफन्तले देख्नुभएछ । उहाँले घरमा आएर मलाई त्यो कुराको खबर गर्नुभयो ।

श्रीमान्‌ले घरमा आमाको कृयापुत्री बस्न पनि पाउनु भएन । अन्तै लुकेर उहाँले आमाको काजकिरिया गर्नुपर्‍यो । सासूको १३ दिनको काममा पनि श्रीमान्‌लाई पक्राउ गर्न भनेर प्रहरी घरमा आएको थियो । त्यो दिन मुख्य विधि गर्ने बेलैमा प्रहरी आएको थियो । यसैले विधि छोडेर उहाँ हिँड्नुभयो ।

मैले त्यतिबेला मेरा श्रीमान्‌लाई पुलिसबाट खोसेर ल्याउनुपर्छ भन्ने सोचेँ । यही भनेर वरिपरिका दिदीबहिनीहरूसँग सहयोग मागेँ । उहाँहरूले पनि फर्काउने कुरामा साथ दिनुभयो । त्यतिबेला हाम्रोतिर खेतमा सुर्ती खेती हुन्थ्यो । त्यही खेतैखेत हामी महिलाहरू उहाँलाई खोज्न गयौँ । बुढीबुढी महिलाहरू पनि हामीसँगै जानुभयो । कति आमाहरूसँगै तिनका बच्चाहरू पनि दौडिए । हामीले अलि पर पुगेपछि पुलिसलाई भेट्यौँ । उनीहरूको बिचमा रहेका श्रीमान्‌लाई पनि देख्यौँ । त्यसपछि केहीबेर प्रहरी र हामीबिच मेरो श्रीमान्‌लाई लिएर तानातान र खोसाखोस भयो । प्रहरीले लाठी चार्ज पनि गर्‍यो । त्यो घटनामा एक जना बच्चाको त टाउको पनि फुट्यो । त्यो बच्चा आफ्नी आमाको पछि लागेर गएको थियो । त्यो बेला पुलिससँग पुरुषहरू झन् बढी डराउनुपर्ने अवस्था थियो । त्यही भएर पुरुषहरू कोही पनि गएनन् । हामी महिला नै महिला मिलेर गयौँ । त्यतिबेला हामीले प्रहरीको कब्जाबाट उहाँलाई फुत्काउन सफल भएका थियौँ । गाउँका सबै महिलाहरूले पुलिससँग जुधेर भए पनि मेरो श्रीमान् फर्काउन ठुलो गुण लगाउनुभयो । मलाई यस्तो लाग्छ । यसैले त्यो घटनालाई म बिर्सन सक्दिनँ ।

त्यसपछि पनि जनआन्दोलन अवधिभर मेरो श्रीमान्‌लाई प्रशासनले दुःख दिई नै रह्यो । मेरो सासू बिरामी हुनुहुन्थ्यो । त्यसबेला उहाँ बढी नै बिरामी पर्नुभयो । उहाँ तीनदेखि बोल्न नसक्ने भएपछि ‘बैतर्नी’ गर्ने कुरा भयो । त्यो कर्म गर्नै लाग्दा पनि श्रीमान्‌लाई खोज्दै पुलिस घरमा आएको थियो । त्यतिबेला उहाँलाई सारी लगाइदिएर घरको पछाडितिरबाट भगाएर पक्राउ पर्नबाट बचायौँ ।

केही दिनमा सासू बित्नुभयो । श्रीमान्‌ले घरमा आमाको कृयापुत्री बस्न पनि पाउनु भएन । अन्तै लुकेर उहाँले आमाको काजकिरिया गर्नुपर्‍यो । सासूको १३ दिनको काममा पनि श्रीमान्‌लाई पक्राउ गर्न भनेर प्रहरी घरमा आएको थियो । त्यो दिन मुख्य विधि गर्ने बेलैमा प्रहरी आएको थियो । यसैले विधि छोडेर उहाँ हिँड्नुभयो । जेठाजुले मात्रै त्यो दिनको विधि गर्नुभयो । जनआन्दोलन चलिरहेका बेला मेरो श्रीमान्‌लाई जोगाउन धेरै गाह्रो थियो ।

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ चैत्र ७ गते, मंगलवार


Previous articleचालिस वर्षअघिदेखि श्रीमान्‌बाट निरन्तर यातना
Next articleबुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई