‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी

    1222
    0

    जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष

    उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री हुनुहुन्छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति सदस्य रेग्मी विद्यालय जीवनदेखि नै राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ राजनीतिक परिवर्तन र महिला आन्दोलनमा क्रियाशील हुनुभएको पाँच दशक नाघिसकेको छ । २०२८ सालमा उहाँ चितवनको शारदानगर हाइस्कुलको नेविसंघ उपसभापति हुनुहुन्थ्यो । २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय उहाँ विद्यार्थी राजनीतिकै कारण पटकपटक जेल पर्नुभयो ।

    तत्कालीन प्रशासनको नजरमा रहेकै कारण फागुन ७ गते जनआन्दोलन–२०४६ सुरु हुनुअघि नै फागुन ४ गते उहाँ काठमाडौँको कीर्तिपुरबाट पक्राउ पर्नुभयो । पक्राउ पर्दा उहाँको छ वर्षको छोरा सँगै थियो । उहाँले छोरालाई आफूसँगै लैजान पाउनुभएन । छोरालाई प्रहरीले बाटोमा एक्लै छाडिदिए । त्यो घटनाले उहाँलाई अहिले पनि सताउँछ ।

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत छ, उमा रेग्मीको स्मरण ।

    सन्धान, प्रकाशन मिति २०७८ चैत २६ गते शनिबार


    Previous article‘२०४६ सालको आन्दोलनको बेला एकहप्ता नेपालमा बसेँ’ –कियोको ओगुरा
    Next article‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे