Home Insight जनआन्दोलनका सपना अधुरै रहेपछि

जनआन्दोलनका सपना अधुरै रहेपछि

548
0

२०४६ सालको जनआन्दोलनताका म तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी लेनिनवादी (नेकपा माले) को विद्यार्थी सङ्गठन अनेरास्ववियु (पाँचौँ) मा आबद्ध थिएँ । आबद्ध सङ्गठनको म सक्रिय कार्यकर्ता पनि थिएँ । त्यो जनआन्दोलन नेपाली कांग्रेस र संयुक्त वाममोर्चाको संयुक्त आह्वान र आयोजनामा भएको थियो । नेकपा माले बाममोर्चाको महत्त्वपूर्ण घटक थियो । आफू आबद्ध पार्टीसमेतको आयोजनामा भएको आन्दोलन हुनाले म पनि स्वाभाविक रूपले त्यसमा जोडिएकी थिएँ । त्यसो त कुनै पनि राजनीतिक दलसँग नजोडिएका वा दलसँग सम्बद्ध नभएका हजारौँ नेपालीहरू निर्दलीय पञ्चायत व्यवस्थाविरुद्धको त्यस आन्दोलनमा सक्रिय थिए ।

जनआन्दोलनमा सक्रियतापूर्वक लाग्दा मभित्र साँच्चै नै त्यागको एउटा अनौठो भावना र आँखामा सुन्दर सपना थियो । म त्यतिबेला पद्मकन्या क्याम्पस, बागबजार, काठमाडौँमा अनेरास्ववियु (पाँचौ) को नेतृत्वमा थिएँ । यसैले आफू मात्र सहभागी नभएर पद्मकन्या क्याम्पसका यथाशक्य अधिकतम विद्यार्थीहरूलाई पनि जनआन्दोलनमा उतार्नु मेरो जिम्मेवारी थियो । यसैले आन्दोलनको पूर्वतयारीका रूपमा हुने गरेका विभिन्न गोप्य भेलाहरूमा विद्यार्थी साथीहरूलाई सहभागी गराउने, उनीहरूलाई आन्दोलनमा लाग्न उत्प्रेरित गर्ने, पर्चा, पम्प्लेट टाँस्ने, छर्ने र सडक प्रदर्शनहरूमा भाग लिने काम मैले पनि गर्थें ।

आन्दोलनलाई कुल्चिन सक्ने सरकारी दमनको त्रास त थियो नै तर जसरी पनि जनआन्दोलनमा सहभागी हुनुपर्छ र यसलाई सफल बनाउनुपर्छ भन्ने हाम्रो गहिरो बुझाइ थियो । त्यसैले म पूर्ण सचेत रूपमा नै आन्दोलनमा होमिएकी थिएँ ।

पद्मकन्या क्याम्पसमा आन्दोलनलाई समर्थन गर्न हामी र नेपाल विद्यार्थी संघ एकाइ मिलेर ‘संयुक्त जनआन्दोलन समिति’ पनि बनेको थियो । विद्यार्थीहरूलाई आन्दोलनको समर्थन गर्न र आन्दोलनमा सहभागी हुन आह्वान गर्दै अखिल पाँचौँको तर्फबाट मैले र नेविसंघको तर्फबाट कमला पन्तले संयुक्त विज्ञप्ति निकालेका थियौँ । हामी आन्दोलनका दैनिक सडक प्रदर्शनहरूमा सहभागी हुन्थ्यौँ । त्यतिबेला आन्दोलनलाई कुल्चिन सक्ने सरकारी दमनको त्रास त थियो नै तर जसरी पनि जनआन्दोलनमा सहभागी हुनुपर्छ र यसलाई सफल बनाउनुपर्छ भन्ने हाम्रो गहिरो बुझाइ थियो । त्यसैले म पूर्ण सचेत रूपमा नै आन्दोलनमा होमिएकी थिएँ ।

जनआन्दोलनको पहिलो दिन फागुन ७ गते निस्किएको जुलुसमा सहभागी हुँदा वीर अस्पताल अगाडि पुगेपछि प्रहरीबाट अश्रुग्यास प्रहारका साथै लाठीचार्ज भयो । त्यस क्रममा मसमेत कतिपय साथीहरू अश्रुग्यासको मारमा परेका थियौँ भने प्रहरीको लाठी पनि खाएका थियौँ तर हार खाएका थिएनौँ । त्यसपछिका दिनहरूमा पनि पक्राउ नपर्दासम्म सडक आन्दोलनमा जाने क्रम रोकिएन । आ–आफ्नो जिम्मेवारीमा रहेर काठमाडौँमा नै आन्दोलनमा खटिनुभएका साथीहरूमा बिन्दा पाण्डे, विद्या भट्टराई, पेम्बा लामा, बिना पौडेल, सुजिता शाक्य, प्रतिमा श्रेष्ठलगायत धेरैजना हुनुहुन्थ्यो ।

म २०४६ साल फागुन १४ गते काठमाडौँको न्युरोडबाट गिरफ्तार भएर जेल चलान भएकी थिएँ । त्यो मेरो जेल बसाइको पहिलो अनुभव थियो ।

फागुन १४ गते नयाँ सडकमा पूर्वघोषित विशाल जुलुसमा सामेल हुन गइरहेको बेलामा मसहित केही विद्यार्थीहरूलाई गिरफ्तार गरी प्रहरीले पहिले बग्गीखानामा लगेर राख्यो । त्यहाँबाट राति निकालेर प्रहरी कार्यालय हनुमानढोका लगेर राख्यो । त्यहाँ म, रेणु उप्रेती, पियुष दाहाल र नीरा खनाल थियौँ । नीरालाई पहिल्यै गिरफ्तार गरी अलिक शारीरिक र मानसिक यातना पनि दिइएको रहेछ । केही दिनपछि अरू साथीहरूलाई छाडियो तर म र नेविसंघकी पियुष दाहाललाई केन्द्रीय महिला कारागार चलान गरियो । त्यहाँ बाममोर्चाका अध्यक्ष सहाना प्रधानलाई पहिले नै थुनिएको थियो ।

केन्द्रीय महिला कारागारमा राखिएकाहरूमा सहाना प्रधान, हिसिला यमी, कल्याणी शाह, उमा रेग्मी, मीना पौडेल, पियुष दाहाल र म थियौँ । म २०४६ साल फागुन १४ गते काठमाडौँको न्युरोडबाट गिरफ्तार भएर जेल चलान भएकी थिएँ । त्यो मेरो जेल बसाइको पहिलो अनुभव थियो । त्यसअघि पनि म केही पटक गिरफ्तारीमा भने परिसकेकी थिएँ, त्यो पनि थोरै दिनका लागि मात्र । जेलभित्र बस्दा स्वाभाविक रूपमा मनमा अन्तरद्वन्द्व चलिरहन्थ्यो । कति समयसम्म यो आन्दोलन चलिरहन्छ, सफल हुन्छ कि हुँदैन भन्ने पनि लाग्थ्यो ।

जेलभित्र बस्दा बाहिर आन्दोलन कसरी अघि बढिरहेको छ भन्ने सत्य, तथ्य समाचारबाट बेखबर भइन्थ्यो । कहिलेकाहीँ भेट्न आउने आफन्तहरूले दिएका जानकारी र सरकारी मिडियाका समाचारहरू सुनेर हामी बाहिरको अवस्थाको अड्कल काट्थ्यौं । केन्द्रीय महिला कारागार सहरभित्रै भएकाले मुख्य सहरमा नाराबाजी भएको पनि सुन्थ्यौँ । त्यो सुन्दा आन्दोलन जारी नै रहेछ भन्ने लाग्थ्यो । जेलभित्र सहाना प्रधानले पुराना राजनीतिक कुराहरू सुनाएर हौसला दिइरहने गर्नुहुन्थ्यो ।

जेलभित्र ठुलो सङ्ख्यामा मानसिक स्वास्थ्य समस्या भएका महिलाहरूलाई पनि राखिएको थियो । गर्भपतनको आरोपमा कलिलो उमेरका किशोरीहरू पनि जेलमा थिए । महिला बेचबिखन र लागुऔषध ओसारपसार जस्ता आरोपमा पनि महिलाहरू जेल परेका थिए । उनीहरू आफूलाई झुटो आरोप लगाएर जेल हालेको बताउँथे । उनीहरूको अवस्था हेर्दा र उनीहरूका गुनासा सुन्दा मन दुःखी हुन्थ्यो । समाज महिलाहरूप्रति कति असंवेदनशील छ र कमजोर महिलाहरूलाई कसरी भेदभावपूर्ण व्यवहार गर्छ भन्ने प्रतिनिधिमूलक दृश्य जेलभित्र प्रत्यक्ष देख्न सकिन्थ्यो । राजबन्दी महिलाहरूका बिचमा आन्दोलनका विषयमा र जेलभित्र रहेका अन्य महिलाहरूका सवालमा पनि छलफल हुन्थ्यो । यस्तै, सामान्य दैनिकीका कामहरू, थोरै लेखपढ, धेरै छलफल र चिन्तन–मनन गरेर नै जेलभित्रका दिनहरू बित्थे ।

मलाई लाग्छ, २०४६ सालको जनआन्दोलन कसैको रहर थिएन, समयको बाध्यता थियो । त्यतिबेला जनतालाई बोल्ने, लेख्ने र आफ्ना विचारहरू व्यक्त गर्ने जस्ता न्यूनतम स्वतन्त्रता पनि थिएन । मुलुकमा गरिबी, पछौटेपन, अशिक्षा, भ्रष्टाचार थियो ।

सहाना प्रधानलाई २०४६ साल चैत २६ गते दिउँसो जेलबाट निकालेर लगियो । उहाँलाई किन र कता लगियो भनेर हामीमाझ गम्भीर आशङ्का जन्मिएको थियो तर त्यसै दिनको राति त हामीलाई पनि प्रहरीले निकाल्यो आ–आफ्नो बस्ने टोलमा लगेर छाडिदियो । बाहिर जताततै कर्फ्यु थियो । त्यस्तो बेला मलाई पनि प्रहरीकै गाडीमा लगेर आफू बस्ने डेराको नजिक कुपण्डोलमा छाडियो ।

राति टेलिभिजन हेर्दा पो थाहा भयो, आन्दोलनका अगुवा नेताहरू र तत्कालीन राजा वीरेन्द्रबिच वार्ता भई राजनीतिक दलहरूमाथिको प्रतिबन्ध हटाइएको रहेछ । राजालाई भेट्न गएका नेताहरूमा सहाना प्रधानसँगै कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र राधाकृष्ण मैनाली हुनुहुन्थ्यो । उहाँहरू वीर अस्पतालमा उपचाररत गणेशमान सिंहलाई अस्पतालमै भेटेपछि दरबार जानुभएको रहेछ ।

चैत २६ गते राति केवल राजनीतिक दलमाथिको प्रतिबन्ध फुकुवा भएको थियो, पञ्चायती व्यवस्था भने यथावत् थियो । यतिले मात्र पनि दल, दलका नेता, कार्यकर्ता, समर्थक र आम जनमानसले ठुलो हर्ष–बढाइँ गरेको थियो । सबैतिरबाट चौतर्फी दबाब बढ्दै गएकाले केही दिनपछि पञ्चायती व्यवस्था खारेज भयो ।

मलाई लाग्छ, २०४६ सालको जनआन्दोलन कसैको रहर थिएन, समयको बाध्यता थियो । त्यतिबेला जनतालाई बोल्ने, लेख्ने र आफ्ना विचारहरू व्यक्त गर्ने जस्ता न्यूनतम स्वतन्त्रता पनि थिएन । मुलुकमा गरिबी, पछौटेपन, अशिक्षा, भ्रष्टाचार थियो । यी सबै बेथिति र अव्यवस्थाका लागि मूल कारक भनेकै तत्कालीन पञ्चायती व्यवस्था थियो भन्ने मान्यता सर्वव्यापी थियो । त्यही कारणले देश विकासको बाटोमा अगाडि बढ्न र जनताको प्रगति हुन सकिरहेको छैन भन्ने बुझाइ पञ्चायती व्यवस्थाका विरुद्ध रहेका तमाम राजनीतिक रूपले सचेत भनिने मानिसहरूको जस्तै हाम्रो पनि थियो । त्यसैले त्यस व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्थाको पुनर्बहाली गर्न सक्यो भने त देश र जनताको जीवनले काँचुली फेर्नेछ भन्ने लाग्थ्यो । अनेक अनुकूल तात्कालिक राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिसमेतले गर्दा मुलुकमा पञ्चायतविरोधी आन्दोलनको अन्तिम चक्रवात उठेको थियो ।

जनआन्दोलनमा सहभागी आमजनताको पङ्क्तिभित्र महिलाहरूको ठुलो हिस्सा सडकमा ओर्लिएको थियो र विभिन्न ढङ्गले आन्दोलनलाई सबल बनाइरहेको थियो ।

साँच्चै नै, मुलुकको सार्वभौमसत्ता राजामा नभई जनतामा हुने र जनताको जीवनमा तमाम स्वतन्त्रता तथा समुन्नति प्राप्त हुने मिठो सपना देखेर÷देखाएर भएको त्यस आन्दोलनमा त्याग र बलिदानी भावनाले नै लाखौँ मानिस समाहित भएका थिए । व्यक्तिगत कुराको कुनै परवाह नगरी राजनीतिक कार्यकर्ता र जनताको ठुलो हिस्सा २०४६ सालको जनआन्दोलनमा होमिएको थियो । म आफू पनि त्यसको एउटा सानो अंश थिएँ भन्ने सम्झिँदा अहिले पनि गर्व लाग्छ ।

जनआन्दोलनमा सहभागी आमजनताको पङ्क्तिभित्र महिलाहरूको ठुलो हिस्सा सडकमा ओर्लिएको थियो र विभिन्न ढङ्गले आन्दोलनलाई सबल बनाइरहेको थियो । आमनेपालीको स्वतन्त्रता र प्रगतिसँगै स्वाभाविक रूपमा महिलाहरू पनि अन्याय, अत्याचार र भेदभावका बन्धनहरूबाट मुक्त हुनेछन् र समानताका पाइलाहरू सँगसँगै चाल्न पाउनेछन् भन्ने अपेक्षा थियो । तर दुर्भाग्य, त्यस्तो हुन सकेन ।

अहिले सम्झँदा लाग्छ, २०४६ सालको जनआन्दोलन राजनीतिक व्यवस्था परिवर्तनको अर्थमा सफल भए पनि त्यसपछि मुलुक र जनताको जीवनमा सारभूत रूपान्तरण ल्याउने गरी सफल हुन सकेको रहेनछ । त्यस आन्दोलनका सारथीहरूले नै परिवर्तन, समयको आवाज र जनचाहनाअनुसार मुलुक हाँक्न अनि देशलाई नयाँ उचाइमा पुर्‍याउन चाहेनन् र सकेनन् । उनीहरू आमजनता र कार्यकर्तालाई सुनौलो भविष्यको सपना देखाउन सफल भए तर त्यस सपनालाई वास्तविकतामा रूपान्तरण गर्नुपर्ने प्रतिबद्धतामा असफल जस्तै देखा परिरहेका छन् । २०४६ सालको जनआन्दोलनका धेरै अपेक्षाहरू अझै पनि पूरा हुन नसक्नु भनेको राजनीतिक दलहरू र नेताहरूको ठुलो असफलता हो ।

(मञ्जु थापा लेखक, पत्रकार, अनुसन्धाता र सामाजिक अभियानकर्मी हुनुहुन्छ ।)

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा
अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)

सन्धान प्रकाशन मिति : २०८० जेठ १४ गते, आइतबार


Previous articleघरमै महिला हिंसाको चट्याङ, सदरमुकाममा झिल्का
Next articleकमाउने र जागिर खाने ठाउँ होइन राजनीति – मीना पाण्डे