‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह

    746
    0

    जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष

    नेपालमा २००७ सालमा राणाशासन अन्त्य गरी प्रजातन्त्र आयो । ‘नेपाल अन्तरिम शासन विधान, २००७’ लागु भयो । अन्तरिम संविधान मानिएको सो विधान करिब आठ वर्ष कायम रह्यो । २०१५ सालमा संसदीय चुनाव भयो । चुनावमा विजयी नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २०१६ जेठ १३ मा सरकार बनायो । तर, राजा महेन्द्रले २०१७ पुस १ गते जननिर्वाचित सरकारलाई अपदस्थ गरे । उनले संसद्को दुवै सदन भङ्ग गरे र संविधानका अनेकौँ धाराहरू निलम्बन गरे । साथै, उनले शासनाधिकार हातमा लिएर राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाए र पञ्चायती व्यवस्था सुरु गरे । तीन दशक पुग्दानपुग्दै पञ्चायती शासन व्यवस्थाविरुद्ध २०४६ भदौमा निर्णायक आन्दोलन गर्ने तयारी भयो ।

    नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद भट्टराई र संयुक्त वाममोर्चाका अध्यक्ष सहाना प्रधानले हस्ताक्षर गरेको कार्यक्रमसहितको पर्चा २०४६ माघ २७ गते सार्वजनिक भयो । र, पूर्वघोषित कार्यक्रमअनुसार फागुन ७ गते देशव्यापी जनआन्दोलन सुरु भयो । जनआन्दोलनको ५०औँ दिन पञ्चायती शासन व्यवस्थाको अन्त्य भयो । यसलाई २०१७ सालमा गुमेको प्रजातन्त्रको पुनर्बहाली भएको अर्थमा पनि लिइन्छ ।

    उक्त ऐतिहासिक जनआन्दोलन भएको ३२ वर्ष पुगेको छ । महिला दृष्टिकोणबाट त्यो आन्दोलन कस्तो थियो त ? ‘सन्धान’ ले त्यति बेलाको सम्झनालाई जीवित तुल्याउँदै छ ।

    यसै क्रममा आज महिला सुरक्षा दबाब समूहकी अध्यक्ष कल्याणी शाहको स्मरण प्रस्तुत गर्दैछौँ । २०४६ सालको जनआन्दोलनताका वकालत पेसामा रहेकी शाह नेपाल कम्युनिष्ट पार्टी संयुक्तमा पनि आबद्ध थिइन् । झन्डै चार दशकदेखि महिला अधिकार र सामाजिक मुद्दामा काम गर्दै आएकी शाह नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार पनि हुन् । प्रस्तुत छ, उनको अनुभव र स्मरणः

    सन्धान, प्रकाशन मिति २०७८ चैत २३ गते बुधवार


    Previous article२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
    Next article२०४६ सालको जनआन्दोलनमा नारा लगाउँदै तीन महिला