Home Insight व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेँ – मेनुका काफ्ले (भिडियो सहित)

व्यवस्था परिवर्तनका लागि राजनीतिमा लागेँ – मेनुका काफ्ले (भिडियो सहित)

635
0

मेनुका काफ्लेको राजनीतिक यात्रा १५ वर्षको उमेरमै सुरु भयो । २०२१ सालमा जन्मिएकी उहाँ २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भएरै सहभागी भएको स्मरण गर्नुहुन्छ । राजनीतिमा आबद्ध अग्रजहरूले विभिन्न खालका पुस्तकका साथै चिनियाँ चित्रकथाका किताबहरू पढ्न दिनुहुन्थ्यो । ती चित्रकथामा चिनियाँ क्रान्तिमा १४–१५ वर्ष उमेरका किशोरकिशोरीहरूको सक्रिय सहभागिताका कुरा हुन्थे । ती कुराले राजनीतिमा लाग्नैपर्छ भन्ने प्रेरणासँगै साहस पनि आउन थालेको मेनुकाको भनाइ छ ।

मेनुकाको घर पहिलेदेखि नै पार्टीको बैठक बस्न तथा नेताहरू लुक्नका लागि ‘सेल्टर’ को रूपमा प्रयोग हुन्थ्यो । त्यसले उहाँलाई देशको अवस्था र राजनीति बुझ्ने अवसर मिल्यो । पञ्चायतकालकै कुरा हो । एक दिन माओत्सेतुङको जन्मजयन्ती पारेर डिल्ली काफ्लेले ‘अध्ययन दल’ गठन गर्नुभयो । अध्ययन दलमा पाँच जना थिए । मेनुकाले अध्यक्षको जिम्मेवारी पाउनुभयो । त्यस्ता अध्ययन दलहरूमा कम्युनिस्ट पार्टीप्रति झुकाव राख्नेहरू सहभागी हुन्थे । त्यहाँ मार्क्सवाद र लेनिनवादका बारेमा पुस्तक तथा दस्तावेजहरू पढ्न दिइन्थ्यो, सिकाइन्थ्यो र बुझाइन्थ्यो । त्यस बेलादेखि अहिलेसम्म आफू सङ्गठन र पार्टी जिम्मेवारीमा उत्तिकै सक्रिय रहेको उहाँ बताउनुहुन्छ ।

त्यतिबेला विद्यार्थी स्तरका प्रारम्भिक कमिटीहरू गठन गर्नुपर्थ्यो । यो २०३७–३८ सालको कुरा हो । विद्यालयहरूमा गएर विद्यार्थीहरूलाई सङ्गठित गर्ने, विद्यार्थीका हकअधिकारका कुरा गर्ने, महिला अधिकार र हकहितका लागि सङ्गठित हुनुपर्छ भन्ने, अध्ययन दलमा बसेर काम गर्न महिलालाई सचेत पार्ने जस्ता काममा उहाँ सक्रिय हुनुभयो ।

पार्टीमा २०३७ सालदेखि आबद्ध भएकी मेनुकासँग स्कुलका साथै गाउँगाउँमा गएर पनि महिलाहरूलाई राजनीतिक रूपमा सचेत पार्ने काम गरेको अनुभव छ । त्यतिबेला पार्टीका कामहरू रातको समयमा गर्नुपर्थ्यो । उहाँ २०४६ सालको जनआन्दोलनमा पनि उत्तिकै सक्रिय हुनुभयो । उहाँले २०७४ देखि २०७९ सालसम्म झापाको कमल गाउँपालिकाको अध्यक्ष भएर स्थानीय सरकार प्रमुखको रूपमा पनि काम गर्नुभयो ।

मेनुका हाल नेकपा एमालेको केन्द्रीय सदस्य र अखिल महिला नेपाल सङ्घको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । सन्धान टोली केही समयअघि झापा पुगेको बेला उहाँसँग भेटेको थियो । भेटका क्रममा उहाँसँग राजनीतिक यात्रा, भूमिगत कम्युनिस्ट राजनीति गर्दाको स्मरणसँगै झापा आन्दोलनदेखि २०४६ सालको जनआन्दोलन लगायतका विषयमा उहाँको र अन्य महिलाको सहभागिता र योगदानबारे कुराकानी गरियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यसमीक्षा गाहाले पत्रकार सुजाता ढुङ्गानाको साथमा मेनुका काफ्लेसँग गरेको कुराकानीको सम्पादित अंश:

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
जनआन्दोलनका सपना अधुरै रहेपछि
जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी सिटौला

सन्धान प्रकाशन मिति : २०८० असार १९ गते, मङ्लबार

Previous articleवादी महिलाको पहिचान र अधिकार आन्दोलन
Next articleचेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञानको कमी