Home Insight जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी...

जनआन्दोलनमा म, श्रीमान् र छोरा जेल परेका थियौँ (भिडियो सहित) – यज्ञकुमारी सिटौला

795
1

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ बिर्ताबजार निवासी यज्ञकुमारी सिटौला नेपाली कांग्रेसको पुरानो राजनीतिज्ञ हुनुहुन्छ । ८२ वर्षीया सिटौला अहिले पनि देशको राजनीति र राजनीतिक अवस्थाबारे उत्तिकै चासो र चिन्ता गर्नुहुन्छ ।

यज्ञकुमारीका श्रीमान् डिल्लीप्रसाद सिटौला राजनीति गर्ने व्यक्ति । यसैले आफूले बिहेपछि मात्रै राजनीतिबारे जान्न र बुझ्न थालेको उहाँ सम्झिनुहुन्छ । २०११ सालमा १४ वर्षको उमेरमा यज्ञकुमारीको बिहे भएको थियो । नेपाली कांग्रेसको राजनीतिमा संलग्न डिल्लीप्रसाद बिहेलगत्तै सक्रिय राजनीतिमा लाग्नुभयो । यज्ञकुमारीका अनुसार, श्रीमान् राजनीतिमा सक्रिय भएकै कारण कहिले धनकुटा र कहिले तेह्रथुमका जेलमा पर्नुभएको थियो । काठमाडौँमा पढ्न बसेका बेला पनि पटक पटक जेल पर्नुभयो ।

यज्ञकुमारीले मूलतः घरव्यवहारकै काममा व्यस्त हुनुपरे पनि राजनीतिक घटनाक्रमका बारेमा बेलाबेलामा श्रीमान्‌ले कुरा गरेको सुन्नुहुन्थ्यो । ती कुराले उहाँलाई पनि राजनीतिमा चासो लाग्दै गयो । एक हिसाबले आफूलाई राजनीतिले छोइसकेको उहाँ बताउनुहुन्छ । घरको राजनीतिक परिवेशकै कारण २०४६ सालको जनआन्दोलनको प्रत्यक्ष प्रभाव उहाँमा पनि पर्‍यो ।

पञ्चायती व्यवस्थाले महिलाहरूलाई थप थिचोमिचो गरेको बुझाइ यज्ञकुमारीमा विकसित हुँदै गयो । उहाँको श्रीमान् लगायतले ल्याउनुपर्छ भनेको बहुदल समग्र महिलाको हकहितका लागि पक्कै राम्रो हुन्छ होला भन्ने उहाँ ठान्नुहुन्थ्यो । २०४६ सालको ८ मार्चमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने क्रममा फागुन २५ गते उहाँ गिरफ्तारीमा पर्नुभएको रहेछ । त्यो क्षण सम्झिँदै यज्ञकुमारी भन्नुहुन्छ, “आन्दोलनको कार्यक्रम खोज्दै गएँ, महिलाहरूको एक समूह रहेछ तर उनीहरू डराएर बसेका रहेछन्, नारा लगाएका थिएनन् । म गएपछि नारा लगाउन थालेँ, त्यसलगत्तै पुलिसले मलगायत केहीलाई पक्राउ गर्‍यो ।”

पक्राउ परेका धेरै जनालाई प्रहरीले केही समयमै छोडे पनि उहाँलाई छोडेन । आफूलाई एक महिनासम्म जेलमै राखिएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार, जेलमा बस्दा कविता लेखेर सुनाउने गर्नुहुन्थ्यो भने भेट्न आएका आफन्तबाट देशमा चलिरहेको आन्दोलनको गतिविधिबारे थाहा पाउनुहुन्थ्यो । बहुदल आएपछि मात्रै उहाँ छुट्नुभएको रहेछ । उहाँका अनुसार, जनआन्दोलनकै क्रममा उहाँका छोरा भक्ति सिटौलालाई पनि पक्राउ गरी चन्द्रगढी जेलको शाखा बिर्तामोड खाद्य गोदाममा राखिएको थियो । जनआन्दोलनका बेला छोराहरूले पर्चा र पम्पलेटहरू लुकाएर एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउने काममा सहयोग गर्ने गरेको र आफ्नो परिवारका तीनै जना जेल परेको उहाँ सम्झनुहुन्छ ।

जनआन्दोलन २०४६ सफल भएको अहिले ३३ वर्ष पुगिसकेको छ । यसै सन्दर्भमा ‘सन्धान’ ले त्यतिबेला झापामा रहनुभएका महिलाहरूले जनआन्दोलनमा कसरी सहभागिता जनाउनुभयो र योगदान गर्नुभयो भन्ने विषयमा सोधखोज गरेको छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्य, सुजाता ढुङ्गाना समीक्षा गाहाले यज्ञकुमारी सिटौलासँग गर्नुभएको कुराकानीको सम्पादित अंश :

हेर्नुहाेस भिडियाे कुराकानी

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)

सन्धान प्रकाशन मिति : २०८० जेठ २ गते, मङ्गलबार

Previous articleगोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
Next articleतराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान

1 COMMENT

  1. यज्ञकुमारी सिटौलाका छोरा भक्ति सिटौला होइनन् । भोजराज, रमेश र सिताराम हुन् ।

Comments are closed.