Home Insight सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)

सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)

605
0

औपचारिक रूपमा २०३४ सालदेखि पार्टीमा आबद्ध शशी श्रेष्ठ त्यतिबेलैदेखि नेपाल कम्युनिष्ट पार्टी चौथो महाधिवेशन अन्तर्गतको अखिल नेपाल महिला संघ र विद्यार्थी सङ्गठनमा पनि आबद्ध हुनुभयो । २०३६ सालदेखि पूर्णकालीन सदस्य भएर कम्युनिस्ट राजनीति गर्न थालेकी उहाँ २०३८ सालमा पद्मकन्या क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा निर्वाचित हुनुभयो । साथै, २०४० सालदेखि करिब २० वर्ष अखिल नेपाल महिला संघको केन्द्रीय अध्यक्ष हुनुभयो । २०४६ सालको जनआन्दोलनमा ललितपुरबाट नेतृत्व गर्नेमध्ये उहाँ पनि एक हुनुहुन्छ ।

शशी २०५५ सालमा जनमोर्चा नेपालको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्यसम्म हुनुभयो । पाँच एवं सात राजनीतिक दलको संयुक्त आन्दोलनको वार्ता एवं आन्दोलन परिचालन समिति सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय सल्लाहकार समिति अध्यक्ष लगायतका विभिन्न मोर्चाहरूको नेतृत्वदायी जिम्मेवारीमा उहाँ रहनुभयो । २०६३ सालमा उच्चस्तरीय शान्ति समिति र विस्तृत शान्ति सम्झौता निर्माण समितिका सदस्य पनि हुनुभयो । २०७१ सालमा उहाँ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को फ्र्याक्सन इन्चार्ज, २०७२ सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सचिवालय सदस्य र त्यसै सालमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को महिला विभाग प्रमुख हुनुभयो । २०६४ सालमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हुनुभएकी शशी २०७४ सालमा प्रतिनिधि सभा सदस्य र २०७५ सालमा प्रतिनिधि सभाकै राज्य व्यवस्था तथा सुशासन समितिको सभापति हुनुभयो । त्यस्तै, २०७८ असोजदेखि २०७९ पुससम्म भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीको जिम्मेवारी पनि उहाँले सम्हाल्नुभयो ।

साढे चार दशकको पूर्णकालीन राजनीतिक अनुभव सँगालेकी शशी अहिलेको राजनीति पहिलेको जस्तो नभएको भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । पार्टी काममा निरन्तरता दिइरहेको इमान्दार र त्याग गर्ने नेता र कार्यकर्ताको मूल्याङ्कन हुन छाडेको उहाँको विश्लेषण छ ।

पञ्चायती व्यवस्थाको अन्त्य, महिलामाथि हुने विभेद तथा हत्याहिंसाको अन्त्यका साथै राजनीतिक, सामाजिक व्यवस्था परिवर्तन र महिला हकअधिकार प्राप्तिको आन्दोलन लगायत थुप्रै आन्दोलनको पहलकर्ता र नेतृत्वकर्तामध्ये एक हुनुहुन्छ उहाँ । महिला सवालमै काम गर्नका लागि गठित लोकतान्त्रिक गणतन्त्रका लागि महिला मञ्चको अध्यक्ष, अन्तरपार्टी महिला सञ्जालको संस्थापक कोषाध्यक्ष र महिला सुरक्षा दबाब समूह लगायत विभिन्न महिलाको साझा सञ्जाल, मञ्च, आयोजक समितिहरूको स्थापनामा संलग्न हुनाका साथै नेतृत्वमा पनि उहाँ रहनुभयो ।

साढे चार दशकको पूर्णकालीन राजनीतिक अनुभव सँगालेकी शशी अहिलेको राजनीति पहिलेको जस्तो नभएको भन्दै चिन्ता व्यक्त गर्नुहुन्छ । पार्टी काममा निरन्तरता दिइरहेको इमान्दार र त्याग गर्ने नेता र कार्यकर्ताको मूल्याङ्कन हुन छाडेको उहाँको विश्लेषण छ । भन्नुहुन्छ, “अचेल त शीर्ष नेताको नजरमा जो अगाडि आइरहन्छ, बार्गेनिङ गर्छ वा पाखुरा सुर्किन्छ, उसैको बोलवाला छ । त्याग, तपस्या, बलिदान गर्ने र इमान्दार भएर निष्ठाको राजनीति गर्नेहरूको खोजी हुन छाडेको छ ।” कुनै पनि राजनीतिक दलभित्र नेता र कार्यकर्ताको कामको मूल्याङ्कन हुने परिपाटी बस्नै नसकेको उहाँको निष्कर्ष छ । “एउटा रूख ढाल्न सयौँ चोट चाहिन्छ तर अहिले अन्तिम पटकको चोटलाई मात्रै मानेर सबै यसैले गरेको भनेर ९९ सय चोटलाई बिर्सिनु हुँदैन,” शशी भन्नुहुन्छ ।

शशीले नेपालको दलीय राजनीतिमा महिला भएकै कारण के कस्ता विभेदकारी मूल्य चुकाउनुपर्छ भन्ने तथ्यहरूलाई मिहीन ढङ्गले केलाउनुभएको छ । कति त आफैँले भाेगेर गहिरो अनुभव पनि गर्नुभएको छ ।

शशीको सुझावमा पार्टीहरूले नेता कार्यकर्ताको अभिलेख नै तयार गरेर राख्नुपर्छ । त्यो अभिलेखका आधारमा कसलाई सरकारमा पठाउने, कसलाई आयोगमा पठाउने, कसलाई संसद्मा पठाउने, कसलाई पालिकाको जनप्रतिनिधिमा पठाउने जस्ता कुरा तय गर्नुपर्छ । उहाँको विचारमा अहिले केहीलाई अवसरै अवसर, पदै पद र कसैलाई जिम्मेवारीविहीन बनाउने अभ्यास बढ्दै गएको छ । शशी दोहोर्‍याउनुहुन्छ, “मैले त सधैँ भन्दै आएको छु, सही मान्छेलाई सही ठाउँमा सही जिम्मेवारी दिइनुपर्दछ ।” त्यसबाट मात्र सार्थक परिणाम प्राप्त हुने विचार उहाँको छ । उहाँका अनुसार, राजनीतिक दलहरूले अहिले पनि महिलाहरूलाई बाध्यात्मक अवस्थामा मात्रै अवसर दिने गरेका छन् र यो अत्यन्तै पीडादायी अवस्था हो ।

शशीले नेपालको दलीय राजनीतिमा महिला भएकै कारण के कस्ता विभेदकारी मूल्य चुकाउनुपर्छ भन्ने तथ्यहरूलाई मिहीन ढङ्गले केलाउनुभएको छ । कति त आफैँले भागेर गहिरो अनुभव पनि गर्नुभएको छ । आफूभन्दा अघिल्लो पुस्तादेखि अहिलेको नयाँ पुस्तासम्मको राजनीतिलाई नजिकबाट बुझ्नुभएकी उहाँले पछिल्लो समयमा पार्टी राजनीतिमा क्रियाशील आफ्ना समकालीन थुप्रै महिलाहरूको अवस्थालाई पनि नजिकबाट नियाल्नुभएको छ ।

नेपालको दलीय राजनीति कत्तिको महिलामैत्री छ ? महिला भएकै कारण कुनै मूल्य चुकाउनुपरेको त छैन ? समग्रमा इमान्दार र निष्ठाको राजनीति गर्ने नेता र कार्यकर्ताहरूले के कस्ता मूल्य चुकाइरहेका छन् ? यिनै मूल प्रश्नको सेरोफेरोमा नेकपा माओवादीका स्थायी समिति सदस्य शशी श्रेष्ठसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, शशी श्रेष्ठसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतमुकुन्द बोगटीले गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ चैत्र ७ गते, मंगलवार


Previous articleरजोनिवृत्ति : व्यवस्थापनका व्यावहारिक उपाय
Next articleदमदार आवाजकी अथक रेडियोकर्मी : कृष्णा ताम्राकार