Home Stories अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा...

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)

714
0

पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी जनआन्दोलन भयो । जनआन्दोलन सफल भएर देशमा बहुदल स्थापना भएको अहिले ३३ वर्ष पुगेको छ । त्यो आन्दोलनको बारेमा खोजी पस्दा देशभरिबाट सबै वर्ग, क्षेत्र, समुदाय, लिङ्ग र विशेष खालको क्षमता भएका नागरिक सहभागी भएको बुझिन्छ । सहभागीहरूमध्ये एक हुनुहुन्छ, कुमार थापा । पूर्णदृष्टिविहीन उहाँ अपाङ्ता अधिकारका क्षेत्रमा क्रियाशील हुनाका साथै क्याम्पसस्तरीय अध्यापन पेसामा आबद्ध हुुनुहुन्छ ।

थापाका अनुसार, नेपालमा २०४६ सालअघि अपाङ्गताको क्षेत्रमा काम गर्ने सङ्घसंस्था स्थापना भइनसकेका हुनाले त्यो वर्षको आन्दोलनमा अपाङ्गता भएका व्यक्तिहरू व्यक्तिगत रूपमा मात्र सहभागी भए । आन्दोलनमा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहेको उहाँको आकलन छ । थापा भन्नुहुन्छ, “शारीरिक अवस्थाले गर्दा सडकमा निस्केर नाराजुलुस गर्ने, झन्डा बोक्ने काम कम हुन्थ्यो तर पर्चा, पम्पलेटहरू एक ठाउँबाट अर्काे ठाउँमा पुर्‍याउने, कोठामा सेल्टर दिने, एक ठाउँको सूचना अर्काे ठाउँमा भएका नेताहरूलाई पुर्‍याउने काम अपाङ्ता भएका व्यक्तिहरूले गरेका थिए । त्यसरी त्यो आन्दोलनमा योगदान गर्ने, सहयोग पुर्‍याउनेहरूमा अपाङ्गता भएका महिलाहरू पनि हुन्थे ।” जनआन्दोलनको तयारीदेखि नै फरक क्षमता भएका महिलाहरूको सहभागिता भएको र आन्दोलनलाई सफल पार्नमा उनीहरूको पनि योगदान रहेको उहाँ बताउनुहुन्छ ।

जनआन्दोलनताका त्रिभुवन विश्वविद्यालयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत र विद्यार्थी राजनीतिमा अनेरास्ववियु (पाँचौँ) मा आबद्ध थापासँग त्यतिबेला प्रत्यक्ष सडक आन्दोलनमै रहेको अनुभव छ । उहाँका अनुसार, अपाङ्गता भएको व्यक्ति देखेपछि पुलिस प्रशासनले पनि धेरै सोधखोज नगर्ने भएकाले अझ धेरै काम गर्न सजिलो पनि हुन्थ्यो । सजिलो भए पनि अत्यन्तै जोखिमपूर्ण काम थियो त्यो । जनआन्दोलनको सफलतापछि भने नेतृत्वले अपाङ्गता भएका व्यक्तिहरूको मुद्दालाई नै बिर्सिएको भन्ने उहाँलाई लाग्छ ।

महेन्द्ररत्न क्याम्पस ताहाचलमा २०५२ सालमा अध्यापन सुरु गर्नुभएका थापा अहिले उपप्राध्यापक हुनुहुन्छ । उहाँसँग अपाङ्गता भएका व्यक्तिहरूको जनआन्दोलन २०४६ मा भएको सहभागिता, योगदान र नेतृत्वको समग्र पक्षका साथै उहाँको आफ्नै सहभागिताबारे कुराकानी गरिएको छ । प्रस्तुत छ, कुमार थापासँग ‘सन्धान’ का तर्फबाट मुकुन्द बोगटीसमीक्षा गाहाले हालै गर्नुभएको कुराकानीको सान्दर्भिक अंश ।

भिडियो हेर्नुहोला

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ चैत्र २३ गते, बिहिवार


Previous articleमेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
Next articleआँखै अगाडि बुबा एक्कासि ढल्नुभयो – शशिन्द्र महर्जन (सहिद लनबहादुरको छोरा) (भिडियो सहित)