‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल

    1135
    0

    जनआन्दोलन–२०४६ मा महिला सहभागिता र योगदान विशेष

    शान्ता बस्याल वि.सं. २०३७ सालदेखि स्कुलबाटै तत्कालीन अनेरास्ववियू एकता (पाँचौ) मा आबद्ध हुनुभयो । पाल्पा जिल्लामा जन्मिनु भएकी उहाँ २०४६ सालको आन्दोलनमा रुपन्देही जिल्लाको भैरहवा क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो ।

    त्यसताका अनेरास्ववियू लुम्बिनी अञ्चल कमिटीको सदस्यको जिम्मेवारीसहित कोणसभा गर्ने, सडकतिर टायर बाल्ने, मसाल जुलुस गर्ने जस्ता गतिविधिमा अग्रपङ्क्तिमा क्रियाशील हुनुहुन्थ्यो । रुपन्देहीका विभिन्न ठाउँमा भएका आन्दोलनमा माया लामिछाने, पुष्पाञ्जली उपाध्याय, मीना पन्थीलगायत महिलाहरु आन्दोलनको अग्रमोर्चामा रहेको उहाँ सम्झिनुहुन्छ ।

    सरकारी जागिरका लागि लोकसेवा आयोगले लिने परीक्षाको सम्पूर्ण तयारी गरेर पनि उहाँले आन्दोलनलाई समर्थन गर्दै २०४६ साल चैत १९ गतेकोे परीक्षा बहिष्कार गर्नुभयो । विगत ४२ वर्षदेखि राजनीतिमा आबद्ध बस्याल २०६२/६३ सालको जनआन्दोलनमा ललितपुरमा सक्रिय हुनुहुन्थ्यो । उहाँ बैशाख ४ गते प्रहरीको आक्रमणमा परी घाइते हुनुभयो । ‘जनआन्दोलका घाइते तथा सहिद परिवार सहयोग समन्वय केन्द्रीय समिति’ का सहसचिव रहनुभएकी उहाँ विगत तीन वर्षदेखि पाटन संयुक्त क्याम्पसमा समाजशास्त्र विषय आंशिक प्राध्यापन पनि गर्नुहुन्छ ।

    जनआन्दोलन–२०४६ सम्पन्न भएको ३२ वर्ष पुगेको छ । सो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट स्मरण गर्ने उद्देश्यका साथ ‘सन्धान’ ले सुरु गरेको शृङ्खला जारी नै छ । यसै क्रममा आज प्रस्तुत गर्दैछौँ, ‘सन्धान’ प्रतिनिधिसँग भएको कुराकानीमा आधारित शान्ता बस्यालको स्मरण :

    सन्धान, प्रकाशन मिति २०७९ बैशाख ७ गते बुधवार


    Previous article‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
    Next article‘जङ्गलमा काम गर्ने भएर स्याउलाकै माला लगाऊँ भन्ने हाम्रो मान्यता छ’ –भीममाया तामाङ