‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा

    1190
    0

    जनआन्दोलन २०४६ मा महिला सहभागिता र योगदान विशेष

    विष्णुमाया ओझा हाल राष्ट्रिय समावेशी आयोगको सदस्य हुनुहुन्छ । २०३६ सालको विद्यार्थी आन्दोलनदेखि राजनीतिमा सक्रिय भएकै कारण उहाँ २०४६ सालको ऐतिहासिक जनआन्दोलन सुरु हुनुअघिदेखि नै प्रहरीको खोजीको सूचीमा हुनुहुन्थ्यो ।

    पञ्चायती व्यवस्थाविरुद्ध फागुन ७ गते आन्दोलन गर्ने तयारी भएअनुसार ठाउँठाउँबाट जुलुस निस्किए । सो दिन प्रजातन्त्र दिवस पनि भएकाले सरकारतर्फको पनि जुलुस निस्कियो । दुई थरी जुलुसको जम्काभेट हुँदा झडप भयो । आन्दोलनकारीको जुलुसमाथि प्रहरीले फायरिङ गरेपछि भागाभाग भयो । त्यस क्रममा एक जना प्रहरी मारिए । सोको आरोप ओझालगायत केहीलाई लगाइयो । साथै उहाँलाई राजकाज, शान्ति सुरक्षा र ज्यान मुद्दा गरेर ७५ वर्षको जेलसजाय हुने गरी मुद्दा लगाइएको पनि जानकारी पाउनुभयो । उहाँको टाउकाको मूल्यसमेत तोकियो । त्यसपछि उहाँ लुकीलुकी बस्न थाल्नुभयो । त्यतिबेला उहाँ हेटौँडा कपडा उद्योगमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई जागिरबाटै निकालियो ।

    जनआन्दोलन भएको ३२ वर्ष पुगेको सन्दर्भमा त्यो आन्दोलनलाई महिलाको दृष्टिकोणबाट सम्झना गर्ने ‘सन्धान’ शृङ्खलाअन्तर्गत आज प्रस्तुत छ, विष्णुमाया ओझासँग लक्ष्मी बस्नेतको कुराकानी ।

    सन्धान, प्रकाशन मिति २०७८ चैत २४ गते बिहिबार


    Previous article२०४६ सालको जनआन्दोलनमा नारा लगाउँदै तीन महिला
    Next article२०४६ साल चैत २४ गते काठमाडौँको न्यूरोडमा फोटो खिच्दै कियोको ओगुरा