निर्दलीय पञ्चायती व्यवस्था चलिरहेको समय थियो । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी लीला कट्टेल कार्की २०४१ मङ्सिरदेखि २०४४ असारसम्म भूमिगत हुनुभयो । २०२१ जेठमा जन्मिएकी उहाँ कक्षा १० मा पढ्दै गर्दा २०३६ सालमा विद्यार्थी सङ्गठनमा आबद्ध हुनुभयो । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) हुँदै उहाँ वामपन्थी राजनीतिमा लागेपछि पार्टीले उहाँलाई भूमिगत भएर काम गर्न लगाएको थियो । आफूले २०४७ पुस ९ गते पार्टी सदस्यता लिएको उहाँले बताउनुभयो ।
लीलाको बिहे पार्टीकै सल्लाहमा पार्टीकै व्यक्तिसँग भएको थियो । उहाँका श्रीमान् दीपक कार्की त्यति बेला मालेको तर्फबाट जनपक्षीय उपप्रधानपञ्च हुनुहुन्थ्यो । विवाहपछि दीपक पार्टीको बाहिरी काममा हिँड्नुहुन्थ्यो भने लीलाले इलाकाको जिम्मेवारी लिनुभयो । आफ्नै घरमा बसेर आफूले अर्धभूमिगत अवस्थामा पार्टीको काम गरेको लीलाको भनाइ रह्यो । दीपक दुबै संविधानसभाका सदस्य पनि हुनुभयो भने लीला हाल नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगको सदस्य हुनुहुन्छ ।
स्कुले जीवनदेखि नै आफू निरन्तर राजनीतिमै रहेको बताउने लीलाले जेलनेल पनि खेप्नुभयो । सन्दर्भ महिला दिवस (मार्च ८) को थियो । त्यही दिनको मौका छोपेर महिलाहरू भेला भई महिला अधिकारका लागि पञ्चायती व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरा गरिन्थ्यो । प्रहरी प्रशासनले निगरानी गर्ने नै भयो । लीलाका अनुसार, झापामा २०३७ सालमा पहिलो पटक मार्च ८ मनाउन थालिएको थियो । “त्यसलाई निरन्तरता दिने क्रममा २०४० सालको मार्च ८ को दिन झापाको विभिन्न ठाउँ दमक, भद्रपुर, मेचीनगरमा मनाउने निर्णय भयो र त्यही अनुसार समूह विभाजन गरियो । तर कार्यक्रम गर्दागर्दै थाहा पाएर प्रहरीले लखेट्यो,” उहाँले भन्नुभयो । कार्यक्रम स्थलबाट भाग्न सफल भएर साथीको कोठा (डेरा) मा पुगेर बसेपछि बेलुका प्रहरीले कोठामै पुगेर आफूहरूलाई पक्राउ गरेको घटना पनि उहाँले सम्झनुभयो । त्यसरी कोठाबाटै पक्राउ पर्नेमा लीलासहित छ जना हुनुहुन्थ्यो । त्यति बेला पक्राउ परेकी उहाँलाई नौ महिना जेलमा राखेपछि मात्र छोडियो ।
लीलाको भनाइमा आफूसँगै पक्राउ परेका अन्य महिलामा पवित्रा निरौला दुई वर्षपछि मात्रै छुट्नुभयो भने विष्णु खड्कालाई १८ दिन हिरासतमा राखेर छोडियो । अर्का एक पुरुष साथी पदम बुढाथोकीलाई पनि १८ दिन नै हिरासतमा राखेर छोडिए पनि अरूलाई झापाकै चन्द्रगढी जेल चलान गरिएको थियो ।
नौ महिना जेल बसेर छुटेपछि आफू फेरि पार्टीकै सम्पर्कमा रहेको लीलाको भनाइ रह्यो । उहाँले झापामा २०४६ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन पारेर पार्टीले पञ्चायती व्यवस्थाको विरुद्धमा पर्चा निकाल्ने निर्णय गरेको सम्झँदै भन्नुभयो, “त्यति बेला नेपालमा त्यस्ता पर्चा छाप्न पाइँदैनथ्यो । त्यसैले पार्टीका तर्फबाट मेनुका पोख्रेल र इन्द्र बुढाथोकी (पुरुष) भारतको सिलिगढी पुगेर पर्चा छापेर ल्याउनुभयो । ‘अन्याय अत्याचार नसहौँ’, ‘जनआन्दोलन सफल पारौंँ’ भन्ने नाराहरू पर्चामा लेखिएका थिए ।”
लीलाका अनुसार, त्यस्तो पर्चा उहाँ जस्ता कार्यकर्तालाई लुकाएर ठाउँ ठाउँमा पुर्याउनका लागि दिइएको हुन्थ्यो । त्यो पर्चा देशभरि एउटै समयमा बजार बजारमा छर्नुपर्छ भनेर पार्टीले निर्देशन दिएको थियो । त्यही निर्देशनअनुसार परिचालन हुनुपर्थ्याे । पर्चा छर्नका लागि कुन ठाउँमा को जाने भनेर नाम तोकिएको हुन्थ्यो । त्यति बेला आफ्नो जिम्मेवारी बिर्तामोड चोक (हालको मुक्ति चोक) मा पार्टीको झन्डा गाड्नुपर्ने भनी तोकिएको लीलाले बताउनुभयो । त्यो समयमा आफू तीन महिनाको गर्भवती भएको विशिष्ट अवस्थाको स्मरण पनि उहाँले गर्नुभयो ।
महिला इतिहासका मौखिक र मौलिक सामग्रीको खोजी गर्ने क्रममा ‘सन्धान’ टोली २०७९ चैतमा झापा पुगेको बेला लीलासँग कुराकानी भएको थियो । झापाको गौरादहस्थित उहाँकै घरमा पुगेर भिडियोमा सुरक्षित गरिएको उक्त कुराकानी भूमिगत कम्युनिस्ट राजनीति गर्दाको अनुभवका साथै बहुदलीय प्रजातन्त्र प्राप्तिका लागि भएको २०४६ सालको जनआन्दोलनमा उहाँको सक्रियता र भूमिकाका विषयमा केन्द्रित छ । प्रस्तुत छ, झापाकी पत्रकार सुजाता ढुंगानाका साथमा ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यले लीला कार्की कट्टेलसँग गर्नुभएको कुराकानीको भिडियो अंश :
नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे
महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)