Home Elaborations महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)

महिला मुक्तिका कुराले तानेपछि (भिडियो सहित)

181
0

छ वर्षको उमेरदेखि झन्डै १५ वर्ष देशको राजधानी काठमाडौँंमा बिताएकी मायाले अक्षर चिन्ने अवसर भने पाउनु भएन । उहाँको जन्म भोजपुर जिल्ला हालकाे भाेजपुर नगरपालिका ३ दावाँ भन्ने ठाउँमा निम्न आय भएको ठुलो परिवारमा भएको थियो । छोरी हुनु र आमामा शारीरिक अपाङ्गता हुनु, यी दुई मुख्य र अन्य केही कारणले उहाँको बाल्यकाल प्रभावित भयो । उहाँले घरछेउकै विद्यालयमा पनि टेक्न पाउनु भएन । पढ्ने चाहना पूरा गर्नकै लागि भनेर माया छ वर्षको उमेरमा एक आफन्तसँग काठमाडौँ जान राजी हुनुभएको थियो तर तिनले स्कुल पढ्न पठाउनुको सट्टा घरेलु कामदार बनाएर घरभित्रै राखेछन् । बिच बिचमा भोजपुरस्थित घरमा आउजाउ त गर्नुभयो तर उहाँले कतै पनि साँवाअक्षर चिन्ने अवसर पाउनु भएन ।

मायाको परिवार जब भोजपुरबाट उदयपुर जिल्लाको तत्कालीन भुमरसुवा गाविस (त्रियुगा नगरपालिका ८, खाटमन्दिरमा) मा बसाइँ सर्‍यो तब उहाँ पनि काठमाडौँ छोडेर उदयपुर नै जानुभयो । यो २०४४–४५ सालतिरको कुरा हो । उहाँ उदयपुर पुग्दा राजनीतिक परिवर्तनका लागि माहोल बन्न थालेको रहेछ । त्यस माहोलले उहाँलाई तान्यो । खासमा महिला मुक्तिका कुराले तानेको रहेछ । पुराना दिन सम्झिँदै माया भन्नुहुन्छ, “म भर्खरै आउँदा कम्युनिस्ट पार्टीका नेताहरूले भूमिगत रूपमा काम गरेको देखेँ । मेरो सङ्गत पनि तिनै केही नेताहरूसँग भयो, जसले महिला मुक्तिका कुरा गरेको सुनेँ ।” उहाँलाई त्यति बेलासम्म राजनीतिक दलका बारेमा केही थाहा थिएन । तर, ती नेताहरूको कुरा सुन्दै उहाँ विभिन्न ठाउँमा जान थाल्नुभयो । मायाको घरबाट उदयपुरको सदरमुकाम गाईघाट पुग्न झन्डै ११ किलोमिटर हिँड्न पर्थ्यो । उहाँका अनुसार, त्यो दुरी छिचोल्नलाई केही जस्तै लाग्दैन थियो । राजनीतिक प्रशिक्षणको खबर सुनेपछि उहाँ जसरी पनि पुगिहाल्नुहुन्थ्यो ।

पातलो बस्ती, यताउति हिँडे जस्तो गरेर प्रहरीले के गफ गर्छन् भनेर चनाखो भएर सुन्थेँ, अनि खबर ल्याएर दाइहरूलाई सुनाउँथे । दाइहरूले पनि मैले दिएको खबर राम्रोसँग सुन्नुहुन्थ्यो र प्रहरीको आँखा छल्दै कार्यक्रम बनाउनुहुन्थ्यो ।

मायालाई आफू सानैदेखि अलि विद्रोही स्वभावको थिएँ भन्ने पनि लाग्छ । गाउँमा भएका सानातिना विभेद र हिंसाका विरुद्धमा उहाँ बोल्नुहुन्थ्यो । महिला मुक्तिको सपना लिएर राजनीतिक कार्यक्रममा हिँड्नुहुन्थ्यो । त्यही भएर समाजका कतिपयले उहाँलाई ‘बिग्रेकी केटी’ भन्ने गर्थेे । उहाँकी आमाले पनि कैयौँ पटक राजनीतिक दलका कार्यक्रममा भाग नलिन, प्रशिक्षण र सभासम्मेलन भन्दै नदौडिन सुझाउनुभएको थियो । माया भने त्यस्ता कुरालाई वास्तै नगरी हिँड्ने गर्नुहुन्थ्यो । मायाको स्मरणमा त्यो बेलाको राजनीतिक प्रशिक्षण पनि अचेल हुने जस्ता पट्यारलाग्दा हुँदैनथे । प्रशिक्षणमा दिनरात नभनी जागै बसेको याद पनि छ उहाँसँग ।

मायाका अनुसार, २०४६ सालको जनआन्दोलन सुरु हुनुअघि उदयपुरमा राजनीतिक प्रशिक्षण, भेला र जमघट भएका थिए । उहाँ आफूभन्दा ठुला ‘दाइहरू’ को साथ लागेर राजनीतिक भेलामा जाने गर्नुहुन्थ्यो । त्यति बेला उहाँको मुख्य काम भनेकै प्रहरीको ड्युटी कता छ र के गर्दैछ भनेर ख्याल गर्ने थियो । मायाको अनुभवमा त्यति बेला गाईघाटमा अहिले जस्तो बाक्लो बस्ती थिएन । माथिबाट हेर्दा तल रहेको प्रहरीचौकीको गतिविधि देख्न सकिन्थ्यो । उहाँ भन्नुहुन्छ, “पातलो बस्ती, यताउति हिँडे जस्तो गरेर प्रहरीले के गफ गर्छन् भनेर चनाखो भएर सुन्थेँ, अनि खबर ल्याएर दाइहरूलाई सुनाउँथे । दाइहरूले पनि मैले दिएको खबर राम्रोसँग सुन्नुहुन्थ्यो र प्रहरीको आँखा छल्दै कार्यक्रम बनाउनुहुन्थ्यो ।”

पुरुषले बहुविवाह गर्नु र श्रीमती कुट्नुलाई सामान्य जस्तो गरेको देखेर हुर्कनुभएकी उहाँलाई उदयपुरमा कम्युनिस्ट नेताहरूको व्यवहार फरक लाग्यो । महिलालाई राम्रो र सहयोगी व्यवहार गर्ने पुरुष पनि हुँदा रहेछन् भन्ने महसुस भयो ।

मायाको बुझाइमा २०४६ सालको जनआन्दोलनताका देशका अरू ठाउँमा जस्तो चर्को सडक आन्दोलन उदयपुरमा भएन । तर पनि विरोधका कार्यक्रम, मसाल जुलुसहरू निकालिएका हुन्थे । त्यस्ता जुलुसमा महिलालाई अग्रपङ्क्तिमा राख्ने गरिएको थियो । आफ्नो अधिकारका लागि आफैँ बोल्नुपर्छ भन्दै माया आफैँ गाउँछिमेकका महिलालाई भन्न जानुहुन्थ्यो । उहाँको भनाइमा सोचे जति महिलाहरू घरबाट बाहिर निस्किएर विरोध कार्यक्रम र जुलुसमा सहभागी हुन भने आउँदैनथे ।

मायाको लागि भोजपुरको भन्दा उदयपुरको समाज अलि फराकिलो अनुभव भएको थियो । पुरुषले बहुविवाह गर्नु र श्रीमती कुट्नुलाई सामान्य जस्तो गरेको देखेर हुर्कनुभएकी उहाँलाई उदयपुरमा कम्युनिस्ट नेताहरूको व्यवहार फरक लाग्यो । महिलालाई राम्रो र सहयोगी व्यवहार गर्ने पुरुष पनि हुँदा रहेछन् भन्ने महसुस भयो । तिनै सहयोगी देखिएका पुरुषहरूले जनआन्दोलनका बेला कहिले मसाल जुलुसमा त कहिले विरोध कार्यक्रममा महिलालाई सामेल गराएका थिए । कहिले महिलाको सङ्ख्या थोरै भयो भन्दै तिनले आफ्नै घरका दिदीबहिनीलाई आन्दोलनमा हिँडाए । वातावरण सहज थिएन तर आन्दोलनकारी पुरुषको व्यवहार सहयोगी थियो । माया भन्नुहुन्छ, “मसाल जुलुसमा हिँड्दा एक पटक कुटाइ खाएको छु । दाइहरूले नै पेनकिलर दिएर अलि बिसेक भएको थियो ।”

माया २०४५ सालमै पार्टीको वडा कमिटीमा उपाध्यक्ष हुनुभएको थियो । पञ्चायतकालमै कम्युनिस्ट पार्टी निकट भएकी उहाँ त्यसयता राजनीतिमै निरन्तर लाग्नुभयो । उहाँ नेकपा एमाले उदयपुर जिल्ला कमिटी सदस्य तथा एमालेको मजदुर सङ्गठन जिफन्टको कोशी प्रदेश इन्चार्ज हुनुहुन्छ । उहाँसँग ‘सन्धान’ ले जीवनभोगाइका साथै जनआन्दोलन–२०४६ का बेला उदयपुरमा महिलाको सहभागिता, नेतृत्व र भूमिका के कस्तो रह्यो भन्ने प्रश्न राखेको थियो । प्रस्तुत छ, ‘सन्धान’ का लागि सुजाता ढुंगानाले २०८० असारमा उदयपुरको गाईघाटमा माया भण्डारीसँग गर्नुभएको भिडियो कुराकानी :

प्रकाशन मिति : २०८० चैत्र १३ गते, मङ्गलवार

यो पनि पढ्नुहोला

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्‌काे शव पनि हेर्न दिइएन (भिडियो सहित)
पक्राउ पर्ने डरले भेष बदलेर हिँड्थेँ – सुप्रभा घिमिरे

Previous article‘मार्च २१’ ले अझै नछोएको मेरो जातीय मर्म !
Next articleपरिवर्तन आफैँबाट सुरु गर्दै अघि बढेँ