सुप्रभा घिमिरे प्राध्यापनका साथै नेपालको राजनीति र महिला आन्दोलनका क्षेत्रमा परिचित नाम हो । उहाँले २०२३ देखि २०५२ सालसम्म त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसमा प्राध्यापन गर्नुभयो । पद्मकन्या बहुमुखी क्याम्पस (पिके) बाट सुरु भएको उहाँको प्राध्यापन पेसा वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पस हुँदै केन्द्रीय क्याम्पस कीर्तिपुरसम्म गरी झन्डै तीन दशक निरन्तर रह्यो । उहाँ २०४७ सालमा नेपाल प्राध्यापक संघको अध्यक्ष पनि बन्नुभयो । उहाँ सो संघको पहिलो महिला अध्यक्ष पनि हो ।
पञ्चायतकालमा खासगरी ‘छोरीले त पढ्नै हुँदैन’ भन्ने थियो । सुप्रभा भने आफू पढ्दै र पढाउँदै महिलाको शिक्षा र स्वतन्त्रताका लागि चलिरहेको सामाजिक अभियानमा लाग्नुभयो । २०२७ सालमा नेपाली कांग्रेसका तत्कालीन नेता शङ्कर घिमिरेसँग विवाह गरेपछि उहाँ राजनीतिसित पनि नजिक हुनुभयो । प्राध्यापन पेसासँगै राजनीतिक, सामाजिक परिवर्तन र महिला आन्दोलनमा सक्रिय हुनुभयो । नेपाली कांग्रेसबाट पहिलो संविधानसभा (२०६४–२०६९)मा संविधानसभा सदस्य समेत रहेकी उहाँ अन्तरपार्टी महिला सञ्जालका संस्थापकमध्ये एक पनि हुनुहुन्छ ।
पञ्चायती व्यवस्थाविरुद्धको २०४६ सालको जनआन्दोलनमा सुप्रभा प्राध्यापकहरूको कित्ताबाट क्रियाशील भएर लाग्नुभयो । उहाँका अनुसार, जनआन्दोलन सुरु हुनु केही समयअघिसम्म उहाँ फ्रान्समा अध्ययन गर्दै हुनुहुन्थ्यो । नेपाल फर्किएपछि उहाँले जनआन्दोलनका विषयमा चासो राख्ने फ्रान्सका सञ्चारमाध्यमलाई फ्रान्सेली भाषामा नै अन्तरवार्ता पनि दिनुभयो ।
काठमाडौँको टङ्गालमा १९९८ माघ २६ गते जन्मिनु भएकी उहाँको चौरासीऔँ जन्मदिन २०८० फागुन २० गते ‘चौरासी पूजा’ गरेर मनाइयो । विगत केही वर्षदेखि स्वास्थ्यका कारण घरमै आराम गरिरहेकी सुप्रभा प्राध्यापन सेवा तथा राजनीति र महिला आन्दोलनको बारेमा कुराकानी गर्न रुचि राख्नुहुन्छ । उहाँसँग २०७९ साल माघमा ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र मुकुन्द बोगटीले उहाँकी छोरी डा. सुचेता घिमिरेको सहजीकरणमा कुराकानी गरिएको थियो । प्रस्तुत छ, जनआन्दोलन–२०४६ विषयको सेरोफेरोमा नेपाल प्राध्यापक संघका पूर्वअध्यक्ष सुप्रभा घिमिरेको पेसागत अनुभव र स्मृतिजन्य स्वकथन :
नेपालमा २०४६ सालको जनआन्दोलनका बेला म त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा प्राध्यापनरत थिएँँ । विश्वविद्यालयले मलाई फ्रेन्च भाषा सिक्नका लागि एक वर्षका लागि फ्रान्स पठाएको थियो । त्यसैले जनआन्दोलनको पूर्वतयारीमा प्रत्यक्ष सहभागी हुन पाइनँ । नेपालमै भएको भए पूर्वतयारीदेखि नै मेरो सहभागिता हुन्थ्यो भन्ने अहिले पनि सम्झिन्छु । त्यहाँ बसे पनि मलाई देशकै चासो र चिन्ता हुन्थ्यो । टेलिभिजनहरूमा समाचार हेर्थें । साथीभाइबाट ‘अपडेट’ लिन्थेँ ।
महिलाहरूले ‘डेमोक्रेसी’ का लागि लड्दै आए तर प्रजातन्त्र प्राप्त भएपछि पार्टीहरूले महिलालाई पुछ्दै पुछेनन् । महिलाको योगदान देखेर पनि नदेखे जस्तो गरे ।
आन्दोलनको तयारी भइरहेको छ भन्ने थाहा पाएपछि झन् नेपाल कहिले आइपुग्नु जस्तो छटपटी भएको थियो । म आएलगत्तै विश्वविद्यालयका प्राध्यापकहरू (नुटा) को भेला थियो । ‘नेपाल प्राध्यापक संघ’ (Nepal University Teacher’s Association, NUTA) भन्ने थियो । मैले पनि नुटाको कोषाध्यक्षमा चुनाव लडेँ । भोट माग्न काठमाडौँ बाहिरका धेरै क्याम्पसहरूमा पनि पुगेँ । यसरी भोट माग्न जाँदा महिला आएको देखेर धेरै जना अचम्मित पनि हुन्थे । खुसी हुनेहरू पनि धेरै थिए ।
मलाई धेरैले भोट दिए । त्यसैले म अत्यधिक मत ल्याएर निर्वाचित भएँ । नुटाको २१ सदस्यीय कार्यसमितिमा म एक्लो महिला थिएँ । मलाई त्यति बेला कोषाध्यक्षमा चुनाव लड्न तत्कालीन उपकुलपति वासुदेवचन्द्र (बिसी) मल्लले सहयोग र प्रोत्साहन गर्नुभएको थियो । अर्को पटक म नुटाको ‘प्रेसिडेन्ट’ निर्वाचित भएँ । प्राध्यापक संघको नेतृत्वमा पुगेपछि पेसागत आन्दोलन र अधिकारका आन्दोलनमा जान परिरहन्थ्यो । सक्रिय सहभागिताका लागि धेरैतिरबाट निमन्त्रणा आउँथ्यो । अरू नेता महिलाहरू र हामी पेसागत संघमा नेतृत्व गर्नेहरू आन्दोलनमा सँगसँगै हुन्थ्यौँ ।
म अहिले त पार्टीमा छैन । कांग्रेस पार्टी छोडेँ तर मेरो मन जहिले पनि ‘डेमोक्रेट’ नै छ । महिलाहरूले ‘डेमोक्रेसी’ का लागि लड्दै आए तर प्रजातन्त्र प्राप्त भएपछि पार्टीहरूले महिलालाई पुछ्दै पुछेनन् । महिलाको योगदान देखेर पनि नदेखे जस्तो गरे । २०४६ को आन्दोलनमा पनि महिलाहरू धेरै सहभागी थिए । केही भेटिरहने साथीहरू बिना केसी, ज्योति भण्डारी गौतम (प्याकुरेल), मीना पाण्डे लगायत हो । कमला पन्त त्यति बेला पद्मकन्या क्याम्पसको सभापति हुनुहुन्थ्यो । रामेछापको नानु न्यौपाने पनि हुनुहुन्थ्यो, नानु अहिले त हुनुहुन्न, उहाँ सवारी दुर्घटनामा बित्नुभयो ।
पञ्चायत सरकारविरूद्ध महिलाहरूले मार्च ८ मा थाल ठटाएर पनि आन्दोलन गर्यौँ। म त्यो बेला कीर्तिपुरमा पढाउँथेँ । तर, त्यो आन्दोलन पद्मकन्या (पिके) क्याम्पसमा भेला भएर गरिएको थियो । म कार्यक्रममा बोलिरहेको थिएँ । क्याम्पस हाताबाहिर पुलिसहरू समात्न तयार भएका थाहा भयो । त्यही भएर त्यहाँका विद्यार्थीले मलाई पिके क्याम्पसकै छात्राको ड्रेस लगाइदिए र पछाडिको ढोकाबाट भगाए । यो कार्यक्रम २०४६ सालकै आन्दोलन अन्तर्गतकै कार्यक्रम थियो । तर, यो मार्च ८ (अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस) को अवसरमा गरिएको थियो ।
मेरो भित्री मनमा सुरुदेखि लागिरहेको थियो । मैले कतिपय साथीसँग, दुई महिनाभित्र जनआन्दोलन सफल हुन्छ भनेको पनि थिएँ । नभन्दै ४९ दिनमा जनआन्दोलन सफल भयो र देशमा प्रजातन्त्रको पुनर्बहाली भयो ।
म त्यति बेला मैतीदेवीमा बस्थेँ । त्यहाँ बस्दा टियरग्यासको धुवाँ लागिरहन्थ्यो । कतै निस्क्यो भने बाटोभरि पुलिसका ट्रकैट्रक हुन्थे । मान्छे पक्राउ गरेर हाल्नका लागि त्यस्ता ट्रक ठाउँठाउँमा राखिएका हुन्थे । जताततै पुलिसैपुलिस तैनाथ भएका हुन्थे । यसैले मैले जोगिनलाई भेष बदलेर हिँड्नुपर्थ्यो । मलाई पनि पुलिसले खोजिरहेको थियो । पुलिसबाट जोगिनलाई मैले भेष बदलेर पनि हिड्थेँ । क्याम्पस पढाउन जाँदा मिलाएर साडी लगाउँथे तर अरू बेला त पुलिसले ख्याल नगरोस् भनेर ‘बुढीमान्छे जस्तो’ बनेर हिँड्थेँ ।
नेपालको आन्दोलनको चासो अन्तर्राष्ट्रिय मिडियालाई पनि थियो । त्यति बेला फ्रेन्च भाषा बोल्न सक्ने नेपाली थोरै मात्र हुन्थे । म र पद्म देवकोटालाई फ्रान्सका मिडियाले नेपालको आन्दोलनबारे सोध्थे । हाम्रो अन्तरवार्ता लिन्थे । म केही समयअघि मात्रै फ्रेन्च भाषा नै पढेर आएको थिएँ । यसैले उनीहरूलाई मैले फ्रेन्च भाषामै अन्तरवार्ता दिन्थेँ ।
किन हो, त्यति बेला त्यो आन्दोलन सफल हुन्छ भन्ने मेरो भित्री मनमा सुरुदेखि लागिरहेको थियो । मैले कतिपय साथीसँग, दुई महिनाभित्र जनआन्दोलन सफल हुन्छ भनेको पनि थिएँ । नभन्दै ४९ दिनमा जनआन्दोलन सफल भयो र देशमा प्रजातन्त्रको पुनर्बहाली भयो । त्यति बेलाको आन्दोलनको कुरा गर्न पाउँदा खुसी लाग्यो । पुरानो कुरा सम्झाइदिनु भएकोमा तपाईंहरूलाई धन्यवाद !
प्रकाशन मिति : २०८० फागुन २६ गते, शनिवार
यो पनि पढ्नुहोला
नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

अपाङ्गता भए पनि जनआन्दोलनमा सहभागी भएँ (भिडियो सहित)– सूर्यकुमारी गुरुङ
गोली लागेका श्रीमान्काे शव पनि हेर्न दिइएन (भिडियो सहित)