Home Stories आँखै अगाडि बुबा एक्कासि ढल्नुभयो – शशिन्द्र महर्जन (सहिद लनबहादुरको छोरा) (भिडियो...

आँखै अगाडि बुबा एक्कासि ढल्नुभयो – शशिन्द्र महर्जन (सहिद लनबहादुरको छोरा) (भिडियो सहित)

356
0

शशिन्द्र महर्जन २०४६ सालको जनआन्दोलनमा सहभागी किशोर र सहिद पिताका पुत्र हुनुुहुन्छ । पञ्चायती शासन व्यवस्थाको विरुद्ध भएको सो आन्दोलनको लहरले अन्यत्र जस्तै काठमाडौँको कीर्तिपुरलाई पनि तरङ्गित बनाइसकेको थियो । चैतमा त्यहाँ ठुलो आन्दोलन भयो । चैत २० गते कीर्तिपुरवासीसँग प्रहरीको झडप भयो र गोली चल्यो । गोली लागेर चार जना सहिद भए । सहिदहरूमा ४० वर्षका लनबहादुर महर्जन, २३ वर्षका राजमान माली, २२ वर्षका हीराकाजी महर्जन र १८ वर्षका राजेन्द्र महर्जन पर्नुहुन्छ । लनबहादुर शशिन्द्रका पिता हुुनुहुन्छ । उहाँ त्यतिबेला हिमाल सिमेन्ट कम्पनी चोभारमा काम गर्नुहुन्थ्यो ।

शशिन्द्रका अनुसार, जनआन्दोलनका बेलातिर कीर्तिपुरमा चारपाँच जना युवाको समूह देख्नै नहुने, प्रहरीले पक्राउ गरिहाल्थ्यो । कारण थियो, त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस कीर्तिपुरको अवस्थिति र चहलपहल । जनआन्दोलनताका कीर्तिपुर क्याम्पसमा आन्दोलन, विरोधका कार्यक्रमहरू भइरहन्थे । त्यसले गर्दा कीर्तिपुरका स्थानीयवासीलाई पनि प्रहरीले निगरानीमा राख्थ्यो ।

चैत २० गते त चार जना स्थानीय युवालाई पक्राउ नै गर्‍यो । शशिन्द्र त्यो दिनको घटना सम्झिँदै भन्नुहुन्छ, “उहाँहरूलाई छुटाउन छरछिमेक गए, प्रहरीले नछोडेपछि अवस्था तनावग्रस्त बन्यो ।” उहाँका अनुसार, त्यतिबेला कक्षा ९ मा पढ्ने उहाँ आफ्ना बाजे र बुबासँगै कौसीमा बसेर खाजा खाइरहनुभएको थियो । त्यो घटना उहाँको घर अगाडि नै भएकाले बुबा सडकमा निस्कनुभयो । बुबासँगै आफू पनि सडकमा गएको शशिन्द्र सम्झनुहुन्छ । कीर्तिपुरको कुटुझोल भन्ने ठाउँमा भएको घटना थियो यो ।

शशिन्द्रका अनुसार, अरू मान्छेहरू पनि घरघरबाट कुटो, कोदालो जस्ता औजारहरू लिएर निस्किएका थिए । प्रहरीले एकैछिनमा टियर ग्यास छोड्न थाल्यो । उहाँ भन्नुहुन्छ, “हामी आँखामा पानी हाल्न थाल्यौँ । तर, आँखै अगाडि बुबा एक्कासि ढल्नुभयो ।” सुरुमा गोली लागेर हो कि के भएर हो बुबा ढल्नुभएको भन्ने नै उहाँलाई थाहा भएन । गोली कताबाट आयो भन्ने पनि आफूलाई थाहा नभएको शशिन्द्र बताउनुहुन्छ ।

जनआन्दोलन–२०४६ सफल भएको अहिले ३३ वर्ष पुगिसकेको छ । यसै सन्दर्भमा ‘सन्धान’ ले शशिन्द्र महर्जनको जीवनमा जनआन्दोलनले छाडेको छाप र बुुबा गुमाउनुपर्दाको भोगाइलाई समेटेर ल्याएको छ । उहाँ आफू समेत सहभागी भएको आन्दोलनमा बुबालाई गुमाउनुभएका एक प्रतिनिधि पात्र पनि हुुनुहुन्छ । उहाँसँग हामीले आन्दोलनका बेलाको महत्त्वपूर्ण स्मरणका साथै बुबाको निधनबाट परिवारमा एक्कासि आइपरेको दुःखपूर्ण परिस्थितिलगायतका विषयमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, सन्धान का तर्फबाट गार्डिका बज्राचार्य मुकुन्द बोगटीले शशिन्द्र महर्जनसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू
अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
बुबा प्रधानपञ्च, म पञ्चायत विरोधी –जयन्ती राई
तराई–मधेशमा महिलाको सहभागिता र योगदान महत्त्वपूर्ण थियो –धर्मेन्द्र झा
‘म सूचना आदानप्रदानको जिम्मेवारीमा थिएँ’ –डा. बिन्दा पाण्डे
‘म पक्राउ पर्दा छ वर्षको छोरालाई बाटोमा अलपत्र पारिदिए ’ –उमा रेग्मी
‘मेरो टाउकोको मूल्य दश हजार तोकिएको थियो’ – विष्णुमाया ओझा
२०४६ सालमा ‘गाउँको राणा’ देखि सरकारविरुद्ध लड्यौँ
सन्धान संवाद : खुलामञ्चबाट ३२ वर्षअघिको सम्झना
‘म स्वतःस्फूर्त २०४६ सालको आन्दोलनमा सहभागी भएको थिएँ’ –बुद्धलक्ष्मी महर्जन
‘प्रहरीबाट बच्न लुकेर बसेको कोठामै प्रहरीले कुटपिट गरे’ –लक्ष्मी कार्की
‘२०४६ को जनआन्दोलनमा महिलाहरू मियो नै थिए’ -डा. मीना पौडेल
‘मलाई किन नहटाएको भनेर क्याम्पसमा दरबारबाट पत्र आएछ’ –हिसिला यमी
‘पञ्चायत सरकारले २०३५ सालमा मेरो टाउकोको मोल तीनलाख तोकेको थियो रे’ –सुशीला श्रेष्ठ
चैत ३ को आन्दोलन २०४६ को जनआन्दोलनका लागि उर्जा बन्यो -हरिगोविन्द लुईँटेल
मलाई पनि गोली लाग्यो भन्ने हल्ला चलेछ –सुम्निमा तुलाधर
‘फ्याक्ट्री’ मा राजनीति घुसेपछि लुटिएको रोजीरोटी –सञ्जोगिता शाह
‘चैत ३ मा धर्ना बस्ने सबै सहभागीका लागि कालोपट्टी बनाएँ’ –निशा शर्मा, रङ्गकर्मी
जनआन्दोलन २०४६ सालको आन्दोलनको समर्थनमा अमेरिकामै आन्दोलन गर्यौँ –डा. मञ्जुला गिरी
‘भर्खरै बिहे भएका हामी दम्पती नै आन्दोलनमा लाग्यौँ’ –प्रा.डा. सुधा त्रिपाठी
‘हिरासतमा प्रहरीले दुर्व्यवहार गरेको थियो’ – डा. बेञ्जू शर्मा
जनआन्दोलनमा मजदुर मोर्चाबाट क्रियाशील थिएँ –धनकुमारी सुनार
परिवर्तनकामी ‘विकासे’ हरूको समूहले लालटिन जुलुस निकाल्यौँ –शान्ता लक्ष्मी श्रेष्ठ
‘२०४६ सालमा महिलाहरु उर्लेर आएका थिए’ –कल्याणी शाह
‘रुपन्देहीमा महिलाहरुको सहभागिता र योगदान धेरै थियो’ –शान्ता बस्याल
‘मोतीदेवी जुझारु, इमान्दार र क्रान्तिकारी भावनाको हुनुहुन्थ्यो’ –अष्टलक्ष्मी शाक्य
पहिले र अहिले आकाश जमिनको फरक छ (भिडियो सहित) – सीता बिडारी
सही मूल्याङ्कन हुने सिस्टम बसाल्नुपर्छ – शशी श्रेष्ठ (भिडियो सहित)
महिलाहरू मिलेर प्रहरी कब्जाबाट वडाध्यक्षलाई फुत्कायौँ –रेशमकुमारी थापा

सन्धान प्रकाशन मिति : २०७९ चैत्र २७ गते, साेमवार

Previous articleअपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)
Next articleमहिला विकास र लैङ्गिक समानताको अविस्मरणीय यात्रा