Home Insight यदुकुहा : २०४६ फागुन ९ गते तीन महिला मारिएका थिए (भिडियो कुराकानी)

यदुकुहा : २०४६ फागुन ९ गते तीन महिला मारिएका थिए (भिडियो कुराकानी)

1002
0

अन्तर्राष्ट्रिय महिला सहिद दिवस (डिसेम्बर ६)

पञ्चायती शासन व्यवस्थाको अन्त्य र प्रजातन्त्र प्राप्तिका लागि २०४६ सालमा देशव्यापी आन्दोलन भयो । फागुन ७ गतेदेखि काठमाडौँ उपत्यका लगायत बाहिरका जिल्लाहरूमा पनि कडा आन्दोलन भयो । धनुषाको यदुकुहामा त एकै ठाउँमा पाँच जना सहिद नै भए ।

यदुकुहा धनुषाको जनकपुरबाट करिब २० किलोमिटर पूर्वमा पर्दछ । साबिकको यदुकुहा गाविस हालको सहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहामा २०४६ साल फागुन ९ गते दिउँसो एक कार्यक्रम राखिएको थियो । कार्यक्रमका लागि मानिसहरू जम्मा भइरहेका थिए । त्यति नै बेला प्रहरीले हस्तक्षेप गरी गोली हान्यो । गोली लागेर ६१ वर्षीया जानकीदेवी यादव, ३५ वर्षीया सोनावती देवी यादव, ४५ वर्षीया मुनेश्वरी यादव, ३५ वर्षीय रामनारायण यादव र १४ वर्षीय शङ्कर मण्डलको मृत्यु भयो । यदुकुहामा मारिएका तीन महिला जानकीदेवी, सोनावती देवी र मुनेश्वरी देवीलाई नै नेपालका पहिलो महिला सहिदहरू पनि मानिन्छ । यदुकुहामा महिला सहिद स्मृति पार्क पनि बनाइएको छ ।

घटनामा मृत्यु भएकाहरूको शवसमेत परिवारलाई नदिई प्रहरीले नै लगेको सहिद परिवारका सदस्यहरूको गुनासो छ । गत साउनमा ‘सन्धान’ टोली यदुकुहा पुगेर सहिद परिवारसँग कुराकानी गरेको थियो ।

आज डिसेम्बर ६ तारिख । आजको दिनलाई अन्तर्राष्ट्रिय महिला सहिद दिवसका रूपमा पनि मनाइन्छ । यही सन्दर्भ पारेर हामीले सहिद जानकीदेवी यादवका दाइको छोरा विश्वेश्वर प्रसाद यादवसँग कुराकानी गरेका छौँ । यादव त्यति बेला विद्यार्थी राजनीतिमा आबद्ध भएर प्रजातन्त्र प्राप्तिको आन्दोलनमा सक्रिय हुनुहुन्थ्यो । उहाँ यदुकुहा घटनाको प्रत्यक्षदर्शी पनि हुनुहुन्छ । प्रस्तुत छ, यादवको भनाइमा २०४६ साल फागुन ९ गतेको घटना :

हेर्नुहोस् भिडियो संम्बाद

नेपाली राजनीतिमा महिलाका योगदानका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०७९ मंसिर २० गते, मंगलवार


Previous articleसकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)
Next articleआफैँबाट सुरु गर्नुपर्छ महिनावारी विभेदको अन्त्य (भिडियो)