– दिलमाया पहरी
सिन्धुपाल्चोक जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा पहरी जातिको बाक्लो बसोबास छ । सिन्धुपाल्चोकसँगै मकवानपुर, ललितपुर, काभ्रेपलान्चोक, धादिङ र रामेछापमा पहरीहरूको बसोबास छ । राष्ट्रिय जनगणना २०७८ अनुसार, पहरी जातिको जनसङ्ख्या १५ हजार १५ रहेको छ । यो जाति नेपालका सीमान्तकृत जातिहरूमध्येको एक हो ।
पहरीभित्र सुनपहरी, राजपहरी, पाखापहरी र खोलापहरी गरी चार वटा समूह हुन्छन् । यी समूह अन्तर्गत पनि विभिन्न थरहरू रहेका हुन्छन् । पहरीहरू हिन्दू धर्म मान्छन् भने पहरीहरू प्रकृतिको पूजा पनि गर्ने गर्छन् । पहरी जातिले गर्ने भूमे पूजा र माछा पूजा मुख्य मानिन्छ । खेतीपाती सुरू गर्नु अघि भूमे पूजा गनुपर्ने चलन छ ।
त्यस्तै माछा पूजा गरेपछि मात्रै चाडबाड सुरु हुने प्रचलन छ । पहरी अगुवाहरूका अनुसार, दसैँ मनाउनका लागि दुई–तीन जना पहरी पुरुषहरू फूलपातीको दुई–तीन दिन अघि खोलामा माछा लिन जान्छन् । माछा लिन जानेहरूलाई समुदायका सबै पहरीहरूले पैसा उठाएर दिन्छन् । त्यो पैसा उनीहरूले खोला किनारमा बस्न र खानका लागि खर्च गर्छन् । माछा लिन गएको पहिलो दिन उनीहरूले खोलाको छेउमा टहरो बनाउँछन् । रात परेपछि त्यसैमा बास बस्छन् । टहरामा बस्दा र खाँदा लाग्ने खर्चका लागि उनीहरूले समुदायमा उठेको पैसा चलाउँछन् ।
उहिले त पढ्ने भन्ने नै थिएन, अचेल पढ्न गए पनि राम्रो जागिर खाने आफ्नो नातागोतादेखि आफ्नो क्षेत्रका कोही पनि छैनन् । १२ कक्षा पढेको आफ्नो छोरादेखि नातिहरूसम्मले ज्याला मजदुरीमा काम गर्ने र बुहारी, छोरीहरूले भाडा माझ्ने काम गर्नुपरेको छ ।
माछा लिन खोलामा गएकाहरू फूलपातीको दिन बिहान माछा लिएर बस्तीमा फर्किन्छन् । उनीहरूले ल्याएको माछालाई बस्तीकै कुनै एक जना पहरीको घरमा राख्ने चलन थियो । अहिले स्थानीय सरकारको सहयोगमा उनीहरूले माछा राख्न छुट्टै भवन बनाएका छन् । त्यसरी राखिएको माछालाई पूजाआजा गरेर पेरुङ्गामा राखिन्छ । माछा राखिएको पेरुङ्गो बोकेर तौथली भन्ने ठाउँमा पुर्याइन्छ । त्यहाँ माछाको पूजा गर्ने र पूजा व्यवस्थापन गर्ने पूजारीलाई नै माछा दिएर आउन परम्परा अहिले पनि छ ।
सिन्धुपाल्चोकको धुस्कुनकी पहरी अगुवा दिलमाया पहरीको भनाइमा पहिले र अहिलेको अवस्थामा धेरै परिवर्तन आए पनि पहरी जातिका व्यक्तिहरू शिक्षा र रोजगारीको क्षेत्रमा माथि पुग्न सकेका छैनन् । उहाँ भन्नुहुन्छ, “उहिले त पढ्ने भन्ने नै थिएन, अचेल पढ्न गए पनि राम्रो जागिर खाने आफ्नो नातागोतादेखि आफ्नो क्षेत्रका कोही पनि छैनन् ।” उहाँका अनुसार, धुस्कुनमा ११–१२ कक्षासम्म पढेका पहरीहरू छन् तर उनीहरूले जागिर पाएका छैनन् । १२ कक्षा पढेको आफ्नो छोरादेखि नातिहरूसम्मले ज्याला मजदुरीमा काम गर्ने र बुहारी, छोरीहरूले भाडा माझ्ने काम गर्नुपरेको दिलमाया बताउनुहुन्छ ।
पञ्चायतकालमा पञ्चहरूले भनेको काम गर्नुपर्थ्यो । उनीहरूले मकै, कोदो रोप्न, गोड्न बोलाएको बेला पहरीहरू जानै पर्थ्यो । दिलमायाको अनुभवमा त्यतिबेला पञ्चहरूले जे काम गर्न पनि बोलाउँथे र काम गरेको ज्याला भने दिँदैनथे ।
आफ्नो जातिका छोराछोरी, नातिनातिनाले सम्मानित पेसामा जागिर खाएको देख्ने इच्छा आफूमा भएको उहाँको भनाइ छ । दिलमायाले ४३ वर्षको उमेरमा २०४३ सालमा पहिलो पटक ‘जुत्ताचप्पल’ लगाउन पाउनुभएको रहेछ । “त्यो पनि अरूले नै किनेर दिएको,” उहाँ भन्नुहुन्छ, “एकपटक तातोपानी जाँदा एक जनाले सबैको खुट्टामा जुत्ताचप्पल छ, मेरोमा मात्रै रहेनछ भनेर किन्दिए अनि लगाएँ ।” तातोपानी सिन्धुपाल्चोक जिल्लामै रहेको एक धार्मिक स्थल हो ।
दिलमायाका अनुसार, पञ्चायतकालमा पञ्चहरूले भनेको काम गर्नुपर्थ्यो । उनीहरूले मकै, कोदो रोप्न, गोड्न बोलाएको बेला पहरीहरू जानै पर्थ्यो । दिलमायाको अनुभवमा त्यतिबेला पञ्चहरूले जे काम गर्न पनि बोलाउँथे र काम गरेको ज्याला भने दिँदैनथे । उनीहरूले विनाज्यालाको काम लगाउने भएकाले आफू तिनको काम गर्न नगएको पनि दिलमाया स्मरण गर्नुहुन्छ ।
“पहिले आधा रातमा उठेर ढिकीजाँतो गर्नुपर्थ्यो, खाली खुट्टामै दुइ–तीन घण्टा लगाएर नुन किन्नु जानुपर्थ्यो नत्र नुन खान पाइँदैनथ्यो,” २००१ सालमा जन्मिएकी दिलमाया भन्नुहुन्छ । उहाँले देखेभोगेको पहिलेको जमानाको जस्तो दुःख अहिले छैन । यसबारे उहाँ भन्नुहुन्छ, “अहिले हरेक कुरामा सुविस्ता छ, पानी नजिकै छ, मिल, घट्ट नजिकै छ ।” तैपनि धुस्कुनका पहरी जातिको जग्गाजमिन कम भएका कारण आफ्नै खेतीपातीको उब्जनीले वर्षभरि खान पुग्दैन । उहाँका अनुसार, भएको उब्जनी पनि फल लाग्न थालेपछि बाँदरले नष्ट गरिदिन्छ । काम गर्न सक्नेहरू ज्याला मजदुरी गर्छन्, त्यसैबाट जीविकोपार्जन चलाउँदै आएका छन् ।
पहरी जाति र यस जातिका महिलाहरूको अवस्था लगायतका विषयमा कुराकानी गर्न ‘सन्धान’ टोली यही २०८० साल असोजको अन्तिम साता सिन्धुपाल्चोकको धुस्कुन पुगेको थियो । त्यसक्रममा पहरी समुदायकी अगुवा ८० वर्षकी दिलमाया पहरीसँग भेट भयो । उहाँसँग खासगरी पहरी जातिको पहिले र अहिलेकोे अवस्था, रहनसहन, शिक्षा र चेतनाका साथै व्यक्तिगत जीवनभोगाइमा केन्द्रित रहेर कुराकानी गरियो । प्रस्तुत छ, दिलमाया पहरीसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र मुकुन्द बोगटीले गर्नुभएको कुराकानीको सम्पादित भिडियो अंश :
जातजातिका थप कथाहरू
- “बहुरूपी शोषण र विभेदहरूको सही पहिचान र सम्बोधन आवश्यक छ ।” – कैलाश राई
- कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
- दलहरुको घोषणापत्रमा राखिएका महिला तथा समावेशी मुद्दा यस्ता छन्
- हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)
- नेपालको महिला आन्दोलनमा मुस्लिम महिलाको योगदान र सहभागिता
- मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)
- मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे
- तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान
- के छ त महिला, सीमान्तकृत र अल्पसङ्ख्यकका लागि ?
- बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)
- समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू
- परिवार धान्न नसकेपछि छोरीलाई कमलरी पठाउँथे – कौशिला चौधरी (भिडियो सहित)
- वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’
- नेपालको राजनीतिमा सीमान्तीकृत महिलाको प्रतिनिधित्व, अवस्था र चुनौति
- हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)
- वादी महिलाको पहिचान र अधिकार आन्दोलन
- परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला
- घोषणापत्रमा महिला, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका सवाल
- ‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’
- सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास
- चेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञानको कमी
- आदिवासीका अधिकारबारे युवालाई बुझाउन जरुरी (भिडियो सहित) – निमी शेर्पा
सन्धान प्रकाशन मिति : २०८० कार्तिक १६ गते, विहीबार