Home Insight हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)

हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)

1086
0

वनकरिया समुदाय विशेष

नेपालका लोपोन्मुख १० जातिहरूमध्ये ‘वनकरिया’ एक हो । २०५९ सालमा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशक अघिसम्म वनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका मानिसहरू अहिले मकवानपुर जिल्लाको मनहरि गाउँपालिका वडा नम्बर ४ वनकरिया बस्तीमा बस्छन् ।

अहिले उनीहरू सो बस्तीमा ‌अस्थायी रूपमा बसोबास गरिरहेका रहेछन् । केही दिनअघि मात्रै वनकरिया बस्तीमा ‘सन्धान’ टोलीले स्थलगत अध्ययन गरेको थियो । अध्ययन क्रममा वनकरियाको पहिले र अहिलेको जीवनशैली, अवस्था, फिरन्तेकालका अप्ठ्यारा सजिलालगायतका विषयवस्तुका बारेमा बुझ्न टोलीले थुप्रै वनकरियाहरूसँग कुराकानी गरेको थियो । त्यसमध्ये एक अगुवा महिला हुनुहुन्छ, सन्तमाया वनकरिया ।

सन्तमाया हाल वनकरिया विकास संघको अध्यक्ष हुनुहुन्छ । संघमा अध्यक्ष भएकाहरूमध्ये उहाँ तेस्रो व्यक्ति तथा दोस्रो महिला हुनुहुन्छ । यसअघि जेठा वनकरिया र ठुलीमाया वनकरिया अध्यक्ष हुनुहुन्थ्यो । चेपाङ समुदायमा जन्मिनुभएकी सन्तमायाको विवाह जङ्गलमै बस्ने वनकरियासँग भएको थियो । उहाँका नौ जना छोराछोरी छन् । चार छोरीलाई जङ्गलमै हुर्काएको उहाँ बताउनु हुन्छ । गाउँमा जन्मेर वनकरिया जातिको व्यक्तिसँग बिहे गरेपछि करिब २० वर्ष जङ्गलमै बिताउँदा र अहिले फेरि गाउँमै बसेर समुदायकै अगुवाइ गर्दाको विशिष्ट अनुभव उहाँसँग छ । उहाँको कुराकानीमा वनकरियाहरू जङ्गलमा बस्दाको समग्र अनुभव, त्यसमा पनि महिलाहरूको विशेष अनुभव र अहिलेको जीवनशैलीलगायतका प्रसङ्गहरू सुन्न सकिन्छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले उहाँकै घरमा पुगेर गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :

याे पनि हेर्नुहाेला

सन्धान प्रकाशन मिति : २०७९ साउन १५ गते, आइतवार


Previous articleबालविवाहको असर : जीवनभरि नै जहर
Next articleसुनमायाको सङ्घर्ष र सफलता