ङिमी शेर्पा राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ (निफ) को अध्यक्ष हुनुहुन्छ । अध्यक्ष हुनुअघि उहाँ शेर्पा महिला सङ्घको नेतृत्वकर्ताको रूपमा महासङ्घमा आबद्ध हुनुहुन्थ्यो । निफको स्थापना २०५५ साल वैशाख २ गते भएको थियो । ङिमीका अनुसार, यशोकान्ति भट्टचन (गौचन), स्टेला तामाङ, हेमा पुन, मीरा घले गुरुङ र चुन्दा बज्राचार्यको उपस्थितिमा लेखिएको पहिलो माइन्युट अनुसार आदिवासी जनजाति महिला भेला गर्ने र त्यसका लागि तयारी समिति बनाउने निर्णय भएको थियो ।
नेपालमा पनि आदिवासी जनजाति महिलाहरूको हकअधिकारका लागि महिलाहरू आफैँ सङ्गठित हुन आवश्यक छ भन्ने उद्देश्यले महासङ्घको स्थापना गरिएको थियो । निमीका अनुसार, पारस्परिक एकता, सद्भाव र मातृत्व, समन्वय, भाषा तथा संस्कृति, लोपोन्मुख सीमान्तकृत जातिलाई राज्यबाट विशेष सेवा, सुविधा तथा संरक्षणका लागि पहल गर्ने, आदिवासी महिलामाथि हुने सबै प्रकारको भेदभाव र शोषणको विरोध गर्ने तथा समान लैङ्गिक अधिकार जस्ता उद्देश्य महासङ्घको रहेको छ ।
आदिवासी जनजातिभित्रका युवा पुस्तालाई आफ्नो अधिकारको बारेमा बुझाउन जरुरी छ ।
आदिवासी जनजाति महिला महासङ्घमा हाल आदिवासी जातिका महिलाहरूका ४९ वटा संस्था आबद्ध छन् । त्यसमा नेवार, मगर, सुनुवार, राई, थारु, तामाङ, थकाली, माझी, कुमाल, वालुङ, तमु (गुरुङ), दनुवार, शेर्पा, पहरी, मेचे, राजवंशी, याक्थुङ रहेका छन् । त्यस्तै, ल्होमी, डोल्पो, मुगाल, ब्यासी सौका, छन्त्याल, बाह्र गाउँले, ताजपुरिया, भुजेल, जिरेल, गनगाई, धानुक, दुरा, चेपाङ, धिमाल, याक्खा, बराम, थामी, योल्मो, सुरेल, झाँगड, भोटे, दराई, कुसुन्डा, वनकरिया, तोप्केगोला, बोटे र तीनगाउँले जातिका महिला सङ्घहरू पनि महासङ्घमा आबद्ध छन् ।
लामो समयदेखि आदिवासी जनजाति महिलाको हक अधिकारका साथै विशेष गरी शेर्पा महिलाका अधिकारका लागि आवाज उठाउँदै आएकी निमी भन्नुहुन्छ, “आदिवासी जनजातिभित्रका युवा पुस्तालाई आफ्नो अधिकारको बारेमा बुझाउन जरुरी छ ।”
हरेक वर्षको अगस्त ९ तारिखका दिन विश्व आदिवासी दिवस मनाउने गरिन्छ । यसै सन्दर्भमा महासङ्घकी अध्यक्ष निमीसँग आदिवासी जनजाति महिलाहरूको अवस्था, पहिचान र अधिकार लगायतका विषयमा कुराकानी गरियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट क्यामेरामा आधारबाबु खतिवडाका साथमा समीक्षा गाहाले ङिमी शेर्पासँग गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :
जातजातिका थप कथाहरू
- “बहुरूपी शोषण र विभेदहरूको सही पहिचान र सम्बोधन आवश्यक छ ।” – कैलाश राई
- कमलरी प्रथा : मुक्तिको इतिहास र वर्तमान
- दलहरुको घोषणापत्रमा राखिएका महिला तथा समावेशी मुद्दा यस्ता छन्
- हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)
- नेपालको महिला आन्दोलनमा मुस्लिम महिलाको योगदान र सहभागिता
- मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)
- मेचेको अवस्थामा परिवर्तन आइरहेको छ (भिडियो सहित) – कुमारी मेचे
- तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान
- के छ त महिला, सीमान्तकृत र अल्पसङ्ख्यकका लागि ?
- बहुल पहिचानमा राज्यको समबुझाइ र समभाव हुनुपर्छ – प्रतिमा गुरुङ (भिडियो कुराकानी)
- समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू
- परिवार धान्न नसकेपछि छोरीलाई कमलरी पठाउँथे – कौशिला चौधरी (भिडियो सहित)
- वनकरिया : जग्गाको स्वामित्व नै नभएका ‘धर्तीपुत्र’
- नेपालको राजनीतिमा सीमान्तीकृत महिलाको प्रतिनिधित्व, अवस्था र चुनौति
- हाम्रो जङ्गलको बास कहालीलाग्दो नै हुन्थ्यो –सन्तमाया वनकरिया (भिडियोसहित)
- वादी महिलाको पहिचान र अधिकार आन्दोलन
- परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला
- घोषणापत्रमा महिला, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका सवाल
- ‘आत्मसम्मानका लागि महिला आफैँ सक्रिय हुनुपर्छ :आङ दाली शेर्पा’
- सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास
- चेपाङ महिलामा प्रजनन स्वास्थ्य ज्ञानको कमी
सन्धान प्रकाशन मिति : २०८० साउन २० गते, शनिवार