प्रतिमा गुरुङ अपाङ्गता भएका आदिवासी जनजाति महिलाहरूको अधिकारका लागि काम गर्नुहुन्छ । उहाँ राष्ट्रिय आदिवासी अपाङ्ग महिला सङ्घ नेपाल (निडवान नेपाल) को अध्यक्ष हुनाका साथै अपाङ्गता भएका आदिवासी जनजातिहरूको ग्लोबल नेटवर्कमा आबद्ध हुनुहुन्छ । उहाँले अपाङ्गता भएका महिलाहरूलाई घरपरिवार भित्रैबाट हुने हिंसा र विभेदसम्बन्धी अनुसन्धान गर्नुभएको छ ।
प्रतिमाले सन् २००५ मा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सो अनुसन्धानको प्रतिवेदनलाई प्रस्तुत गर्ने अवसर पाउनुभयो । त्यसपछि उहाँलाई सबैभन्दा बढी सीमान्तीकरण र बहिष्करणमा परेको समुदायमा पुगेर काम गर्नुपर्छ भन्ने लाग्यो । यसै अवधारणाबाट उहाँले अध्ययन, अनुसन्धान र पैरवीका कामहरू गर्न थाल्नुभयो ।
विशेष गरी बहुल पहिचानको मुद्दामा राज्यदेखि नागरिक समाज वा अधिकारकर्मी सबैको समबुझाइ हुनुपर्नेमा प्रतिमाको जोड छ । उहाँ भन्नुहुन्छ, “अपाङ्गता आन्दोलन, आदिवासी जनजाति आन्दोलन र महिला आन्दोलन सबैले अपाङ्गता भएका आदिवासी महिलाहरूको मुद्दालाई प्राथमिकतामा पारेनन् । उनीहरू मूलधार भए ।” उहाँका अनुसार, बहुल पहिचानको मुद्दामा राज्यको समबुझाइ भएन, राज्यले समभाव नै राखेन, संविधानमा लेखिए पनि कार्यान्वयनमा ल्याइएन । राज्यले विविधता र बहुल पहिचानलाई मिहिन रूपमा बुझ्न सक्नुपर्नेमा उहाँ अडिग देखिनुहुन्छ ।
पेसागत रूपमा उहाँ अहिले त्रिभुवन विश्वविद्यालय, अङ्ग्रेजी विभागअन्तर्गत पद्मकन्या कलेजमा उपप्राध्यापक हुनुहुन्छ । सन् २००४ देखि प्राध्यापन गर्दै आएकी उहाँ विश्वविद्यालयमा सैद्धान्तिक विषयवस्तुलाई व्यक्तिको जीवनभोगाइसँग जोडेर आफूले व्यावहारिक पाटो पनि सिकाउने गरेको बताउनुहुन्छ । पढेको र सिकेको कुरालाई आफ्नो जीवनभोगाइमा कसरी जोड्ने र आफ्नो अधिकारको उपभोग कसरी गर्ने भन्ने कुरा चाहिँ सम्बन्धित व्यक्तिमै भर पर्ने उहाँको विश्लेषण छ ।
प्रतिमाका अनुसार, धेरै वटा मास्टर्स डिग्रीका सर्टिफिकेट हातमा भएका महिलाहरू घरभित्र श्रीमान्को हिंसा र विभेद खेपिरहन बाध्य छन् । थुप्रै डिग्री लिएका धेरै पुरुषहरू श्रीमतीलाई आफ्नै नियन्त्रणमा राख्नुपर्छ भन्ने सोचका पनि छन् । त्यसैले सैद्धान्तिक पढाइका लागि पाठ्यक्रम, पाठ्यवस्तु राम्रो हुनुपर्छ तर पढेका र सिकेका ती कुराहरू अभ्यासमा कत्तिको आइरहेका छन् त भनेर विश्लेषण पनि गर्नुपर्ने प्रतिमाको तर्क छ ।
हामीले आज प्रतिमा गुरुङसँग विश्वविद्यालयको पाठ्यक्रमदेखि विशेष गरी अपाङ्गता भएका महिला, त्यसभित्र पनि आदिवासी जनजाति महिलाको मुद्दा, महिला आन्दोलनभित्र पनि अपाङ्गता भएका महिलाको आन्दोलन र अपाङ्गता आन्दोलनभित्र पनि अपाङ्गता भएका महिलाको मुद्दाको उठान कसरी भइरहेको छ त ? छैन भने किन भइरहेको छैन ? लगायतका प्रश्नबाट विषयवस्तुलाई जोडेका छौँ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेत र मुकुन्द बोगटीले प्रतिमा गुरुङसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :
याे पनि पढ्नुहाेला
- मेरो प्राथमिकता शिक्षा र स्वास्थ्य – स्यानी चौधरी (भिडियो सहित)
- नेपालको महिला आन्दोलनमा मुस्लिम महिलाको योगदान र सहभागिता
- नेपालको राजनीतिमा सीमान्तीकृत महिलाको प्रतिनिधित्व, अवस्था र चुनौति
- महिलावादी आन्दोलनले यौनिक तथा लैङ्गिक समुदायको मुद्दा उठाएको भनेको ‘टोकनिज्म’ मै सीमित छ । –गौरी नेपाली
- शिक्षण पेसामा महिला : विभेदको विश्वव्यापी प्रवृत्ति
- घोषणापत्रमा महिला, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका सवाल
- नेपालमा महिला शिक्षाको ९८ वर्ष
- म राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष हुन सक्षम भइसकेको छु – रमा ढकाल (भिडियो सहित)
सन्धान, प्रकाशन मिति २०७९ फागुन ४ गते बिहीवार