Home Insight हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु...

हायुको पहिचान र महिला अधिकारका लागि काम गरिरहेको छु – कुमारी हायु (भिडियो सहित)

1006
0

नेपालका १० लोपोन्मुख जातिमध्ये हायु एक हो । राष्ट्रिय जनगणना २०६८ मा हायु्हरूको जनसङ्ख्या दुई हजार ९२५ रहेको उल्लेख छ । उनीहरूको बसोबास सबैभन्दा बढी सिन्धुलीमा र त्यसपछि रामेछापमा रहेको पाइन्छ ।

अन्य जिल्लाहरूमा इलाम, झापा, सुनसरी, भोजपुर, उदयपुर, सप्तरी, सिराहा, सर्लाही, काभ्रेपलाञ्चोक तथा काठमाडौँमा हायुहरूको बसोबास रहेको पनि जनगणनाले देखाएको छ । हायु जातिका अगुवाहरू भने हायुहरूको बसोबास छ वटा जिल्लामा रहेको ठान्छन् । यो जातिको बसोबासको मुख्य स्थल रामेछाप जिल्लालाई मानिन्छ । एक जिल्लाका हायुले अर्को अर्को जिल्लाका हायुलाई नचिन्ने अवस्था रहेको नेपाल हायु महिला समाजकी अध्यक्ष कुमारी हायु बताउनु हुन्छ ।

कुमारी रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ वादीको स्थायी बासिन्दा हुनुहुन्छ । उहाँले हायुको जातीय पहिचान र त्यसभित्र पनि महिलाहहरूको अधिकारका लागि आवाज उठाइरहनु भएको छ । उहाँ राजनीतिमा समेत सक्रिय हुनुहुन्छ । हाल नेपाली कांगे्रसको महासमिति सदस्य रहेकी उहाँ भन्नुहुन्छ, “हामी यति थोरै जिल्लामा छौँ, तर पनि एकले अर्कोलाई चिन्दैनौँ । त्यही भएर हायु जातिको अधिकारका लागि नेतृत्व गर्ने सोचका साथ काम गरिरहेको छु ।”

कुमारी गत वर्ष नेपाल हायु महिला समाजको अध्यक्ष हुनुभएको हो । उहाँका अनुसार, हायु महिलाहरूलाई पहिचान दिलाउन, आफ्नो अधिकारका लागि एकजुट हुनुपर्छ भन्ने भावना जागृत गराउन र एकजुट हुन अभिप्रेरित गर्न संस्थाले काम गरिरहेको छ । यसका साथै, सांस्कृतिक ज्ञानको आदानप्रदान गर्दै त्यसको प्रवद्र्धनमा सहयोग गर्न प्रेरित गर्ने काम सो समाजले गर्दछ । यो संस्था २०७६ सालमा सिन्धुलीमा दर्ता भएको हो ।

‘सन्धान’ ले केही समयअघि लोपोन्मुख जाति वनकरियाको अवस्थाबारे सो जातिका अगुवा महिलाहरूसँग कुराकानी गरेको थियो । वनकरियाहरूको जीवन र जगत्सँग सरोकार राख्ने सामग्रीहरू प्रस्तुत गरेको थियो । यसैको दोस्रो कडीका रूपमा अहिले हायुका बारेमा विभिन्न सामग्री प्रस्तुत गरिँदै छ । हायुहरूसँग सम्बन्धित विषयवस्तुबारे बुझ्न र सरोकारवालाहरूसँग प्रत्यक्ष कुराकानी गर्न सन्धान टोली केही समयअघि मात्रै रामेछाप पुगेर विभिन्न व्यक्तिहरूसँग कुराकानी गरेको थियो । यसै क्रममा नेपाल हायु महिला समाजका अध्यक्ष कुमारी हायुसँग हायु र यस जातिका महिलाको आर्थिक, सामाजिक, शैक्षिकलगायत समग्र अवस्थाका बारेमा लामै कुराकानी भयो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतले गर्नुभएको कुराकानीको सम्पादित श्रव्यदृश्य अंश :

कुमारी हायुसँगको भिडियो कुराकानी हेर्नुहोला

लाेपाेन्मुख वनकरिया जातीकाे याे पनि पढ्नुहाेस्


Previous articleइन्द्रमायाको सयवर्षे अनुभव : विश्वयुद्धमा सुत्केरी अवस्थामै खाडल खनेर बच्चासँगै लुकेँ (भिडियो कुराकानी)
Next articleअपमान पनि हिंसाको एउटा स्वरूप हो –अष्टलक्ष्मी शाक्य (अडियो सहित)