Home Stories ‘इन्द्रेणी विवाह’ र समानताको अभ्यास

‘इन्द्रेणी विवाह’ र समानताको अभ्यास

154
0
नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डे । उहाँहरूको विवाहले कानूनी मान्यता पाएको एक बर्ष पुगेको अवसरमा ‘इन्द्रेणी विवाह’ उत्सव मनाइयो । तस्विरमा माया र सुरेन्द्र हुनुहुन्छ । उहाँहरुले फुलको आकर्षक माला लगाउनु भएको छ । सुरेन्द्र कालो सुटमा हुनुहुन्छ भने माया कलेजी साडी र सुइटरमा हुनुहुन्छ । फोटोमा उहाँहरूको ब्याकग्राउण्डमा इन्द्रेणी रंग राखिएको छ ।

सन्दर्भ : लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका जोडीको विवाह दर्ता गर्ने पहिलो दम्पतीमा पर्नुहुन्छ, माया गुरुङ अर्थात् रामबहादुर गुरुङ र सुरेन्द्र पाण्डे । उहाँहरूका अनुसार, लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा गत वर्ष मात्र विवाह दर्ता गराइएको हो ।

दोर्दीमा दर्ता भएको छ वर्षअघि नै माया र सुरेन्द्रको विवाह काठमाडौँमा भएको रहेछ । काठमाडौँ महानगरपालिका वडा नम्बर १६ स्थित सोह्रखुट्टेमा २०७४ असोजमा आफूहरूले धार्मिक परम्पराअनुसार विवाह गरेको उहाँहरूको भनाइ थियो । सोही विवाहलाई उहाँहरूले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायकै दुई जनाबिचको विवाह भनेर २०८० मङ्सिर १३ गते दर्ता गर्न सफल हुनुभयो ।

नेपालमा यो समुदायका व्यक्तिहरूले पहिचान खुलाएरै दम्पतीका रूपमा राज्यबाट मान्यता प्राप्त गर्न कानुनी लडाइँ गर्नुपर्‍यो । त्यसका लागि यसै समुदायका अभियन्ता सुनिलबाबु पन्तले २०६४ सालमा सर्वोच्च अदालतमा सरकारविरुद्ध रिट हाल्नुभयो । सो रिटमा पहिचानसहितको अधिकार, समलिङ्गी विवाह र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमैत्री कानुन बनाउन आदेशको माग गरिएको थियो ।

सर्वोच्च अदालतले समलिङ्गी विवाह दर्ता गर्ने व्यवस्था गर्न भनी सरकारलाई अन्तरिम आदेश दिएपछि यस प्रकारको विवाह दर्ताको औपचारिक बाटो खुलेको हो । माया र सुरेन्द्रले विवाह दर्ता गराएपछिको एक वर्षमा अरू १० जोडीले पनि समलिङ्गी विवाह दर्ता गराएको जानकारी अभियन्ता सुनिलबाबुले दिनुभयो ।

सर्वोच्च अदालतको आदेशमा समलिङ्गी समुदायको वैवाहिक कर्मलाई ‘समलिङ्गी विवाह’ उल्लेख गरिएको छ । यो समुदायले समलिङ्गी जोडीको विवाहलाई ‘इन्द्रेणी विवाह’ नाम दिएर विशेष उत्सवका रूपमा मनाउने गरेको पाइन्छ ।

माया–सुरेन्द्र जोडीले २०८१ मङ्सिर १३ गते काठमाडौँमा एक कार्यक्रम गरी ‘इन्द्रेणी विवाह’ उत्सव मनायो । पहिलो पटक यस्तो विवाह दर्ता भएको एक वर्ष पुगेको र उहाँहरू त्यसका सुरुवातकर्ता भएकाले सो उत्सवको महत्त्व दुगुना पनि भयो ।

वैवाहिक उत्सव मनाइँदै गर्दा ‘सन्धान’ का तर्फबाट प्रणेताले माया गुरुङसुरेन्द्र पाण्डेसँग कार्यक्रम स्थलमै कुराकानी गर्नुभएको थियो । प्रस्तुत छ, समलिङ्गी जोडीमा विवाहपछिका चुनौतीसँगै लैङ्गिक समानताको अभ्यासमा केन्द्रित सोही कुराकानीको भिडियो अंश :

प्रकाशन मिति : २०८१ पाैष  गते, बुधवार

याे पनि पढ्नुहाेस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here