Home Insight राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य...

राजधानीमा पढेलेखेकै परिवारले महिलालाई स्वतन्त्र हुन दिएका छैनन् (भिडियोसहित) – मञ्जली शाक्य (बज्राचार्य)

300
0

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान

लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान चलिरहेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने यो अभियानको आज तेस्रो दिन हो । यस अभियानको सन्दर्भमा ‘सन्धान’ ले लैङ्गिक हिंसा अन्तर्गत महिलामाथि हुने हिंसाका विभिन्न स्वरूपलाई बाहिर ल्याउने प्रयास गरिरहेको छ ।

महिलामाथि हिंसा कुनै खास क्षेत्र, कुनै खास वर्ग वा कुनै खास समूहमा सीमित छैन । जताततै र जस्तोसुकै पुरुषबाट जस्तोसुकै महिलामाथि हिंसा भइरहेको पाइन्छ । भौगोलिक हिसाबले सहरी र सुगम ठाउँमा होस् वा दुर्गमका गाउँ, महिलामाथि हिंसा जारी छ । शिक्षित वा अशिक्षित, साक्षर वा निरक्षर पीडा भोग्नेले भोगिरहेकै छन्, पीडकहरूले पीडा थपिरहेकै छन् । पढेलेखेका परिवारका तथा पढेलेखेर जागिर खाई माथिल्लो तहमा पुगेका महिलाहरू परिवारकै सदस्यबाट पीडित भएका घटनाहरू पनि भेटिन्छन् । यसको मतलब सबै पुरुष पीडक हुन् र सबै महिला पीडित छन् भन्ने चाहिँ होइन ।

महिलामाथि हुने हिंसाका प्रकारमा घरेलु हिंसा, सामाजिक हिंसा, यौन हिंसा, मानसिक हिंसा, आर्थिक हिंसा, हत्या, आत्महत्या, बलात्कार, साइबर अपराध, बेचबिखन आदि पर्दछन् । नेपाल प्रहरीमा दर्ता भएको घटनाको तथ्याङ्कले यस्ता हिंसाका घटनाहरू बर्सेनि बढिरहेको देखाउँछ । काठमाडौं उपत्यका अपवादमा पर्दैन ।

काठमाडौँ उपत्यकाभित्रको ललितपुर महानगरपालिकामा महिलामाथि हुने गरेका हिंसाका प्रकारहरू कस्ता कस्ता छन् ? हिंसापीडितको न्यायका लागि र हिंसाकै न्यूनीकरणका महानगरपालिकाले के कस्ता कामहरू गरिरहेको छ ? यस विषयमा महानगरपालिका उपप्रमुख मञ्जली शाक्य (बज्राचार्य) सँग कुराकानी गरेका छौँ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको कुराकानी :

भिडियाे हेर्नुहाेला

याे पनि पढ्नुहाेस्

सन्धान, प्रकाशन मिति २०७९ मंसिर १२ गते साेमवार


Previous articleलैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान शुरु (भिडिया‍े/फोटो फिचर)
Next articleम राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष हुन सक्षम भइसकेको छु – रमा ढकाल (भिडियो सहित)