Home Elaborations हिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)

हिंसाविरुद्ध अभियानको पुनरावलोकन जरुरी (भिडियो सहित)

370
0

– कमलाकुमारी पराजुली, अध्यक्ष, राष्ट्रिय महिला आयोग

लैङ्गिक हिंसामध्ये नेपालमा सबैभन्दा धेरै घरेलु हिंसा हुने गर्दछ । आर्थिक वर्ष २०७९/८० (२०७९ साउनदेखि २०८० असारसम्म) मा मात्रै देशभर घरेलु हिंसाका १६ हजार ५१९ घटनाका मुद्दा नेपाल प्रहरीमा दर्ता भए । आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या १४ हजार २३२ थियो भने आर्थिक वर्ष २०७८/७९ मा १७ हजार पुगेको थियो ।

नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयले सार्वजनिक गर्ने गरेको लैङ्गिक हिंसाको वार्षिक तथ्यपत्रमा लैङ्गिक हिंसाका विभिन्न १५ प्रकारका घटनाको अभिलेख राख्ने गरेको पाइन्छ । यसमा घरेलु हिंसा, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, अपहरण तथा जबरजस्ती करणी, बहुविवाह, बालविवाह, मानव बेचबिखन, बोक्सी आरोप, तेजाब प्रहार आदि रहेका छन् ।

नेपाल प्रहरी वा न्यायिक निकायमा पुगेको तथ्याङ्कलाई हेर्ने हो भने घरेलु हिंसा होस् वा यौनजन्य हिंसा, दुवैको स्थिति चिन्ताजनक रहेको देखाउँछ । यस्ता घटनामा पीडित भएकाहरूमा अधिकांश महिला र बालिका छन् भने पीडकको भूमिकामा अधिकांश पुरुष संलग्न रहेको पाइन्छ ।

तथ्यपत्रका आधारमा प्रदेशगत मुद्दाको तथ्याङ्कलाई केलाउँदा घरेलु हिंसामा मधेस प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम घटना दर्ता भएको पाइन्छ । यौनजन्य हिंसामा पनि जबरजस्ती करणीको घटना बढी भएको मुद्दाको विवरणले देखाउँछ । निर्देशनालयको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० मा जबरजस्ती करणीको घटनाका दुई हजार ३८७ र जबरजस्ती करणी उद्योगको घटनाका ५१८ वटा मुद्दा दर्ता भए । यस्तै, बहुविवाहसम्बन्धी मुद्दा दर्ता सबैभन्दा बढी लुम्बिनी प्रदेशमा र सबैभन्दा कम गण्डकी प्रदेशमा भएको पाइन्छ । यौनजन्य हिंसाका यी घटनाका अभियुक्तहरूमा ८८.२ प्रतिशत चिनजानकै व्यक्ति रहेका र पीडितहरूमध्ये ६३.८ प्रतिशत बालिकाहरू रहेका पनि तथ्याङ्क विवरणले देखाउँछ ।

नेपालमा हिंसा बढिरहेको हो कि यस्ता घटना बाहिर आउने क्रम बढेको हो भन्ने अध्ययन अनुसन्धान खासै भएको छैन । नेपाल प्रहरी वा न्यायिक निकायमा पुगेको तथ्याङ्कलाई हेर्ने हो भने घरेलु हिंसा होस् वा यौनजन्य हिंसा, दुवैको स्थिति चिन्ताजनक रहेको देखाउँछ । यस्ता घटनामा पीडित भएकाहरूमा अधिकांश महिला र बालिका छन् भने पीडकको भूमिकामा अधिकांश पुरुष संलग्न रहेको पाइन्छ ।

आज नोभेम्बर २५ तारिख ! विश्वभर आजबाट १६ दिन (डिसेम्बर १० सम्म) लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने प्रचलन छ । ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को रूपमा नेपालमा पनि विभिन्न खालका कार्यक्रम गर्ने गरिन्छ ।

समाज निरन्तर परिवर्तन हुँदै आएको छ, मान्छे बुझ्ने हुँदै गएका छन् । विगतदेखि महिलामाथि हुने विभेदका स्वरूपहरू कम हुँदैछन्, महिलाका पक्षमा कयौँ कानुनहरू पनि बनेका छन् । तर, घरभित्र होस् या बाहिर लैङ्गिक हिंसाको क्रम जारी नै रहेको पाइन्छ । घरभित्रै हुने लैङ्गिक हिंसाको सङ्ख्या झन् धेरै देखिन्छ । ती सबै खाले हिंसाबाट महिला नै बढी पीडित हुनुपरेको छ, त्यो पनि घरभित्र र चिनेजानेका अधिकांश पुरुषबाटै ।

आज नोभेम्बर २५ तारिख ! विश्वभर आजबाट १६ दिन (डिसेम्बर १० सम्म) लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन गर्ने प्रचलन छ । ‘लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान’ को रूपमा नेपालमा पनि विभिन्न खालका कार्यक्रम गर्ने गरिन्छ । यसै सन्दर्भमा नेपालमा लैङ्गिक हिंसाको अवस्था, महिला हिंसालाई रोक्न भइरहेका र गर्नुपर्ने प्रयासका बारेमा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीसँग हालै कुराकानी गरिएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट क्यामेरामा आधारबाबु खतिवडाका साथमा लक्ष्मी बस्नेतले गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :

सन्धान प्रकाशन मिति : २०८० मंसिर ९ गते, शनिबार

Previous articleकुसुन्डा महिला शिक्षामा अझै पछाडि छन्
Next articleआर्थिक अधिकारविनाको अप्ठ्यारो जिम्मेवारी (भिडियो सहित)