Home Insight बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट

बल्ल बुझ्दैछन् सहरी महिलाले आफूमाथिको हिंसा (भिडियो सहित) –महेश्वरी विष्ट

1150
0

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान

महेश्वरी विष्ट ललितपुर महानगरपालिकाको महिला विकास महाशाखा प्रमुख हुनुहुन्छ । उहाँले २०४९ सालमा महिला विकास अधिकृतको रूपमा डडेल्धुराबाट जागिर सुरु गर्नुभएको थियो । अहिले उहाँ प्रमुख महिला विकास अधिकृत हुनुहुन्छ । नवौँ तहकी उहाँ ललितपुर महानगरमा तीन वर्षदेखि कार्यरत हुनुहुन्छ । महिला विकास अधिकृतका रूपमा हिमाल, पहाड र तराइका विभिन्न जिल्लामा काम गरेको ३० वर्षको अनुभव विष्टसँग छ ।

बितेका ३० वर्ष विभिन्न ठाउँका विभिन्न कार्यालयमा रहेर विष्टले महिलासँग सम्बन्धित विषयमै काम गर्नुभयो । २०६६/६७ सालमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको लैङ्गिक हिंसाविरुद्धको इकाइमा उहाँ फोकल पर्सन नै हुनुभयो । उहाँले राष्ट्रिय महिला आयोगमा रहेर पनि काम गर्नुभयो ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान यो वर्ष पनि सुरु हुनै लागेको छ । सन् १९९१ मा थालिएको यो अभियान अहिले १८७ मुलुकमा फैलिइसकेको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म यो अभियान चलाउने गरिन्छ । यो वर्ष महिला र बालिकाविरुद्धको हिंसा अन्त्य गर्ने अभियानको सक्रियताका लागि एकजुट होऔँ भन्ने मूल आशय रहेको छ । लैङ्गिक हिंसाविरुद्धको विश्वव्यापी अभियानका सन्दर्भमा काठमाडौँ उपत्यकाका महिलामाथि हुने गरेका हिंसाका साथै विभिन्न जातजातिका महिलामाथि हुने गरेका हिंसाका स्वरूप के कस्ता छन् ? विभिन्न स्वरूपका लैङ्गिक हिंसा रोक्नका लागि नेपालले के गर्नुपर्छ ? यिनै मूल प्रश्नको जवाफका लागि प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले महेश्वरी विष्टसँग गरेको कुराकानीको सम्पादित अंश :

भिडियाे कुराकानी हेर्नुहाेला

सन्धान, प्रकाशन मिति २०७९ मंसिर ५ गते साेमवार


Previous articleसम्मानपूर्वक बाँच्न पाउने अवस्था बनाउनु छ –राधा मौसी (भिडियो सहित)
Next articleलाजले गर्दा एक्लै र अँध्यारामै जन्माएँ छोराछोरी (भिडियोसहित) – चेमकान्ती बस्याल