पल्टीदेवी महरा, प्रदेश सभा सदस्य
सात दशकअघिसम्म पनि नेपालका विभिन्न भागमा छोरीले विद्यालय जानु हुँदैन भन्ने सामाजिक मान्यता बलियो थियो । त्यही मान्यताले धेरै छोरीहरूलाई घरभित्रकै काममा र फरक संसारमा सीमित रहन बाध्य गरिदियो । छोरीहरूले जीवनको दौडमा छोराहरू सरह अघि बढ्न चाहेर पनि पाएनन् । अशिक्षाकै कारण छोरीमान्छेको जीवनभोगाइको संसार केही फरक र अलग जस्तो हुन पुग्यो । २०१० सालमा धनुषा जिल्लाको लक्ष्मीनियाँ (हालको लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ७) मा जन्मिएकी पल्टीदेवी महराको अनुभवको सारले यसै भन्छ । उहाँ पढ्नका लागि विद्यालय जानै नपाएका कर्मशील छोरीमान्छेको इतिहासको एउटा कालखण्डको साक्षी हुनुहुन्छ ।
पल्टीदेवी किसान परिवारमा जन्मिएको र विद्यालय गएर पढ्न नपाएको एउटा छोरीबाट अहिले सामाजिक र राजनीतिक व्यक्तित्व बन्न सफल नेता पनि हुन पुग्नुभएको छ । उहाँ विद्यालय गएर शिक्षा लिन नपाए पनि अन्याय, अत्याचार नसहने स्वभावको हुनुहुन्छ । यो उहाँको बुझाइ र भनाइ हो । सानैदेखि नै ‘त्यस्तो सहनु हुँदैन’ भनेर आफूले प्रतिकार पनि गरिहाल्ने गरेको कुरा उहाँ सम्झिनु पनि हुन्छ ।
पल्टीदेवीका अनुसार, उहाँको बिहे १३ वर्षको उमेरमा धनुषाकै जनकपुरका विक्रम चमारसँग भयो । विक्रम सरकारी जागिरे हुनुहुन्थ्यो । पल्टीदेवी चाहिँ घरकी एक्ली बुहारी ! यसैले घरका सारा कामको जिम्मेवारी सम्हाल्नका लागि उहाँ एक्लैले तयार हुनुपर्ने स्थिति थियो । उहाँले १४ वर्षमै पहिलो सन्तानलाई जन्माउनुभयो । २० वर्ष पुग्दा नपुग्दै उहाँ दुई छोरा र दुई छोरीकी आमा बन्नुभयो । अहिले जमाना बदलिए पनि उहाँ र उहाँ जस्ता अधिकांश छोरीमान्छेको त्यति बेलाको भोगाइ बदलिने कुरो भएन ।
२०३० सालमा २० वर्षकै उमेरमा पल्टीदेवीले पनि सुँडेनीको काम गरी गाउँघरमा सेवा दिन थाल्नुभयो । दस पैसाबाट सुरु भएको पल्टीदेवीको सुँडेनी कामको मूल्य पछिल्ला वर्षहरूमा १० हजार रुपियाँसम्म पनि पुग्याे
पल्टीदेवीले चार छोराछोरीलाई घरमै जन्माएर हुर्काउँदै हुनुहुन्थ्यो । उहाँकी सासूआमाले गाउँघरमा सुँडेनीको काम गर्नुहुँदो रहेछ । सुँडेनीको काम भनेको महिलालाई सुत्केरी हुने बेलामा बच्चा जन्माउन सहयोग गर्ने हो । महिलाको संसारमा यो एक खालको विशिष्ट सेवा पनि हो, जसलाई पुरुषप्रधान समाज र राज्यले बुझ्न सकेको पनि देखिँदैनथ्यो । त्यति बेला सुत्केरी गराउनका लागि भनेर महिलालाई कुनै स्वास्थ्य संस्था वा अस्पताल लैजाने चलन थिएन । अहिले जसरी स्वास्थ्य संस्था वा अस्पतालबाट सुत्केरी सेवा दिने र लिने भन्ने सोचले पनि खासै प्राथमिकता पाइसकेको थिएन । राज्यले महिलाहरूलाई सुरक्षित सुत्केरी हुनका लागि परम्परागत बाटो पक्डिनुको बिकल्प दिन सकेको थिएन । यसैले २०३० सालमा २० वर्षकै उमेरमा पल्टीदेवीले पनि सुँडेनीको काम गरी गाउँघरमा सेवा दिन थाल्नुभयो । सासूआमाबाटै सुँडेनीले गर्ने काम सिकेर आफूले पनि सो काम गर्न थालेको पल्टीदेवीको भनाइ छ ।
पछि पछि त सुँडेनीको काम सेवा मात्र रहेन, आयआर्जनको बाटो पनि भयो । पल्टीदेवी भन्नुहुन्छ, “काम गर्दै गएँ, मेरो लागि आयआर्जनकै बाटो भयो सुँडेनी काम !” पहिलो पटक सुँडेनी काम गरेबापत उहाँले १० पैसा पाउनुभएको रहेछ । त्यो क्षण र पैसाको मूल्य सम्झिँदै उहाँ भन्नुहुन्छ, “अहिले जस्तो होइन, त्यो बेला पैसा–पैसाको हिसाब हुन्थ्यो ।” दस पैसाबाट सुरु भएको पल्टीदेवीको सुँडेनी कामको मूल्य पछिल्ला वर्षहरूमा १० हजार रुपियाँसम्म पनि पुगेको उहाँ सुनाउनुहुन्छ ।
पल्टीदेवीको अनुभवमा अरू बेला जातीय छुवाछुत मान्ने परिवारले पनि सुँडेनी कामका लागि बोलाउँदा भने घरभित्रै बोलाउँथे । “यो काममा मलाई छुवाछुत गरेको महसुस भएन,”
कोभिड–१९ महामारीका बेला पल्टीदेवीले आफूलाई बोलाइएका घरहरूमै गएर सेवा दिनुभयो । “कोरोनाका बेलामा हस्पिटलमा जान अप्ठेरो परिस्थितिमा पनि मलाई धेरैले बोलाउनुभयो, म पनि उहाँहरूको घरमा गएर बच्चा जन्माउनका लागि सहयोग गरेँ,” उहाँ भन्नुहुन्छ ।
केही वर्ष अघिसम्म पनि गाउँघरमा सुत्केरी गराउन सघाउने कामका लागि भनेर पल्टीदेवीलाई घरमै बोलाइँदो रहेछ । अहिले भने छोराछोरीले रोक्न खोज्दा रहेछन् । डेढ वर्षअघि २०७९ साल साउन महिनामा सन्धान टोली उहाँकै घर जनकपुर पुगेको थियो । त्यति बेला यस विषयमा कुरा गर्दा उहाँले भन्नुभएको थियो, “मलाई अचेल पनि बोलाउँछन्, बरु आफ्नै छोराछोरीले चाहिँ नजानू भन्छन् ।”
पल्टीदेवीको अनुभवमा अरू बेला जातीय छुवाछुत मान्ने परिवारले पनि सुँडेनी कामका लागि बोलाउँदा भने घरभित्रै बोलाउँथे । “यो काममा मलाई छुवाछुत गरेको महसुस भएन,” उहाँ भन्नुहुन्छ । उहाँले धनुषाका विभिन्न गाउँठाउँका साथै जनकपुर उपमहानगरपालिकाको बजार क्षेत्रमै रहेका कतिपय घरमा गएर सुँडेनीको काम गर्नुभएको छ ।
बाल्यकालदेखि पल्टीदेवी बोलाकी, हक्की स्वभावका साथै राजनीतिमा रुचि राख्ने खालकी हुनुहुँदो रहेछ । “त्यही भएर राजनीतिमा लागेँ,” पल्टीदेवी आफू राजनीतिमा लागेको सुरुवाती दिन सम्झिँदै भन्नुहुन्छ
पल्टीदेवीले छोराछोरीको जायजन्म, लालनपालन र सुँडेनी काम त गर्नुभयो नै । उहाँले श्रीमान् बिरामी परेर जागिर छोड्नुभएको समयदेखि घरव्यवहारको मुख्य जिम्मेवारी पनि आफ्नै काँधमा लिनुभयो । यसका साथै, उहाँ २०४२ सालदेखि कम्युनिस्ट राजनीतिमा पनि लाग्दै आएको बताउनुहुन्छ । पञ्चायतकालमा खुला राजनीति गर्न पाइँदैनथ्यो । उहाँको भनाइ छ, “तर पनि म लुकेर भूमिगत भएर राजनीतिमा लागेको ।”
बाल्यकालदेखि पल्टीदेवी बोलाकी, हक्की स्वभावका साथै राजनीतिमा रुचि राख्ने खालकी हुनुहुँदो रहेछ । “त्यही भएर राजनीतिमा लागेँ,” पल्टीदेवी आफू राजनीतिमा लागेको सुरुवाती दिन सम्झिँदै भन्नुहुन्छ, “कम्युनिस्ट नेताहरूलाई घरमा लुकाएर राख्ने र खाना खुवाउने काम गरेको ।” उहाँका अनुसार, पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि अन्य कम्युनिस्ट नेताहरू रामचन्द्र झा, ईश्वर पोखरेल, राधा ज्ञवालीसँगै उहाँ पनि थुप्रै कार्यक्रममा जाने गर्नुहुन्थ्यो ।
पल्टीदेवी आफ्ना अधिकार र परिवर्तनका लागि भनी गरिएका आन्दोलनमा आफू निरन्तर लागिरहेको बताउनुहुन्छ । २०५४ सालमा उहाँले तत्कालीन जनकपुर नगरपालिकाको वडा नं. ११ को वडा सदस्य पदमा चुनाव लडेर जित्नुभएको इतिहास छ । वडा सदस्य भएपछि दलित महिलाहरूलाई सङ्गठित गरेर आफूले दलित र महिलाका अधिकारको कुरा बुझाएको उहाँ बताउनुहुन्छ । धनुषामा दलित महिला संघ (फेडो) को स्थापना पनि आफैँले गरेको उहाँको भनाइ छ । आफू दलित अधिकार, महिला अधिकारसँगै प्रत्यक्ष राजनीतिमा क्रियाशील रहेकाले २०६२/६३ सालको जनआन्दोलनमा पनि सक्रिय भएर लागेको उहाँ बताउनुहुन्छ ।
सामाजिक न्याय र अधिकारको आवाज संसद्बाट उठाउने धोको भएको बताउने पल्टीदेवी नेकपा एमालेको तर्फबाट मधेस प्रदेशमा प्रदेश सभा सदस्य हुनुहुन्छ । उहाँसँग झन्डै पाँच दशक सुँडेनी भएर गाउँघरमा सेवा गरेको, सामाजिक न्यायका लागि लडेको, भूमिगत कम्युनिस्ट राजनीति गरेको अनुभव छ । यसबारे सन्धान टोलीलाई उहाँले केही कुरा सुनाउनुभएको पनि छ । प्रस्तुत छ, पल्टीदेवी महराले व्यक्तिगत, सामाजिक र राजनीतिक जीवनभोगाइका सम्बन्धमा सन्धान टोलीसँग गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :
याे पनि पढ्नुहाेला
- सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास
- तराई मधेसमा महिलाका मुद्दा : विगत र वर्तमान
- समानताको खोजीमा सङ्घर्षरत दलित महिलाहरू
- आफ्नो हिंसा लुकाएर अरूलाई सहयोग गर्छौँ – श्याम साह (भिडियो सहित)
- यदुकुहा : २०४६ फागुन ९ गते तीन महिला मारिएका थिए (भिडियो कुराकानी)
- टीका र चुरा किन्ने पैसा बचाएर राजनीतिक अभियानमा (भिडियो सहित)– प्रेममाया श्रेष्ठ
- सङ्घर्षबाट खारिएकी रमा वादी समाजसेवामा
- अरूको अधिकारको कुरा गर्न सक्ने भएँ – कुमारी विक
- दलित महिलामा क्षमता हुँदैन भन्ने गलत मानसिकता –संगीता अछामी
- स्वास्थ्य स्वयंसेविकाहरू चरम बेवास्तामा –भगवती राजभण्डारी
- डर र कहरको जहर पिउँदै घरमै सुत्केरी
- परिवर्तन चाहने महिलालाई समाजले रोक्न सक्दैन
- मेरो कोठा सेल्टर जस्तै थियो –सरस्वती चौधरी
- परिवर्तनका लागि सचेत र सक्रिय दलित महिला