सांसद हुँदा पनि दलित महसुस गरायो समाजले (भिडियो सहित) – चमेली देवी दास

Share this :

मधेस प्रदेशको पूर्व सांसद हुनुहुन्छ, चमेली देवी दास । उहाँ जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत २०७४ देखि २०७९ सालसम्म सांसद हुनुभयो । धनुषाको आफ्नै गाउँ लक्ष्मीपुरमा दलित समुदायको अधिकारको कुरा उठाउँदै समुदायमा क्रियाशील चमेली २०६३ सालको मधेस आन्दोलनमा सहभागी हुनुभयो । त्यहीँबाट आफ्नो राजनीति सुरु भएको उहाँ बताउनुहुन्छ ।

सुरुसुरुमा आन्दोलनमा जाँदा अरू जातका मानिसहरूले ‘दलित भएर आन्दोलनमा जाने, यो अब नेता बन्छ’ भनेर टिप्पणी गरेको उहाँ स्मरण गर्नुहुन्छ । “अधिकारको लागि भएको आन्दोलन भनेर म हिडेँ,” चमेली भन्नुहुन्छ, “नेता, सांसद बन्छुभन्दा पनि अधिकारको लागि लड्नुपर्छ, जातीय विभेद अन्त्य हुनुपर्छ भनेर आन्दोलनमा लागेँ ।” प्रदेश सभा सदस्यका लागि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत सूचीमा आफ्नो नाम परेपछि ‘दलित पनि सांसद भइसक्यो’ भनेर इर्ष्या र आक्रोश पोख्नेहरू पनि उहाँले देख्नु र भेट्नुभयो । त्यस्तो प्रतिक्रियालाई वास्तै नगरी उहाँ भने अगाडि बढिरहनुभयो ।

आफू विभेदविरुद्धको लडाइँ र समानताको लागि लडे पनि परिवर्तन भने थोरै मात्रै भएको उहाँको अनुभव र निष्कर्ष छ । कतिपय ठाउँमा सांसदकै हैसियतमा समेत आफूले विभेद भोगेको घटनाले उहाँलाई लाग्छ, जातीय विभेद सजिलै हट्ने रहेनछ । सन्धान टोलीले केही महिनाअघि जनकपुर पुगेका बेला उहाँसँग कुराकानी गरेको थियो । प्रस्तुत छ, आफ्नो समुदायमा हकअधिकारको लागि काम गर्दाको अवस्था, राजनीतिमा प्रवेश, जनप्रतिनिधिका रूपमा पाँच वर्ष काम गर्दाको संसदीय अनुभवलगायतका बारेमा जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका पूर्व प्रदेश सभा सदस्य चमेली देवी दाससँग गरिएको कुराकानीको सम्पादित अंश :

मधेश प्रदेशका थप कथाहरू

सन्धान प्रकाशन मिति : २०८० साउन १८ गते, विहीवार

Share this :