– सीता सुवेदी
सीता सुवेदी शास्त्रीय नृत्य गर्नुहुन्छ । उहाँको एउटा गोडा छैन । शास्त्रीय कत्थक नृत्यमा हात र गोडाको सर्वाधिक प्रयोग गर्नुपर्ने मान्यता छ । सामान्यतः नाच्नका लागि दुई गोडा नै चाहिन्छ भन्ने सोचिन्छ । तर, प्रतिभाशाली नृत्य कलाकार सीता सुवेदी अपवादमा पर्नुहुन्छ । उहाँको लागि एउटै गोडा काफी छ, जस्तोसुकै नृत्य गर्न पनि । खासमा उहाँ शास्त्रीय नृत्य कलाकारको रूपमा परिचित हुनुहुन्छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर २७ कि सीतालाई १२ वर्षको उमेरमा बोनम्यारो क्यान्सर भयो । यो २०५७ सालको कुरा हो । पछिल्लो समयमा जस्तो सकेसम्म अङ्ग जोगाएर उपचार गर्ने अवस्था थिएन त्यतिबेला । क्यान्सरबाट मुक्त हुनका लागि देब्रे गोडा काटेर अलग गर्न दिनुको विकल्प उहाँसँग रहेन । त्यतिबेला सीतालाई एउटा गोडा काटेर फालियो भने त नाच्न नै पाइँदैन भन्ने डर थियो । त्यही गोडा काटेर फालिएन भने बाँच्नै नपाउने जोखिम पनि थियो । अब के गर्ने भनेर केही समय उहाँ भयपूर्ण दोधारमा पर्नुभयो । बाँच्नका लागि पनि गोडा काट्नुको विकल्प नदेखिसकेपछि उहाँले आफ्नो देब्रे गोडालाई काटेर हटाउने निर्णय गर्नुभयो ।
सीतालाई सानै उमेरदेखि नै नाच्न र गाउन धेरै मन पर्ने रहेछ । विद्यालयमा हुने शुक्रवारेदेखि दसैँसम्मका विभिन्न कार्यक्रममा उहाँ भएको सहभागी हुँदै अघि बढ्नुभयो । एसएलसी (हालको एसईई) पास भएपछि नृत्य सिक्नकै लागि उहाँ गाउँमा भएको क्याम्पसमा नपढी जिल्ला सदरमुकाम भरतपुरमा रहेको वीरेन्द्र बहुमुखी क्याम्पसमा पढ्न थाल्नुभयो । पढाइसँगै नृत्य पनि सिक्न थाल्नुभयो । नृत्य सिकिरहेको कुरा घरमा भने थाहा दिनुभएको थिएन । पढाइ बिग्रिन्छ भनेर घरमा नभनी नृत्य सिक्दै गरेकी सीतालाई एक महिना नपुग्दै एकदिन गुरुले ‘तिमी नृत्य गर्न सक्दिनौ, अब नआउनू’ भन्नुभएछ । त्यसपछि ‘कसरी जानू ?’ भन्ने भएर उहाँले त्यहाँ जान छोड्नुभएछ ।
प्रबन्धक बन्ने रोल क्रमको उच्च तहसम्म पुग्नुभयो । त्यति हुँदा पनि उहाँलाई प्रबन्धक बन्न भने दिइएन । यो कुराले उहाँलाई भित्रैसम्म छोयो । आफूमाथि भेदभाव गरिएको अनुभव भयो । काम गर्ने सबै क्षमता भए पनि एउटा गोडा नभएकै कारण प्रबन्धक पदमा जानबाट आफूलाई रोकिएको सीताको ठम्याइ छ ।
त्यसो त सीतालाई गीत गाउन पनि मन पर्थ्यो । ‘नाच्न नपाए पनि गाउन त सक्छु’ भन्ने उहाँलाई लाग्यो । यही सोचेर उहाँ चितवनका सङ्गीत शिक्षक किशोर तिवारीसँग सङ्गीत र गायन सिक्न थाल्नुभयो । त्यसपछि २०६३ सालमा उहाँ देशको राजधानी काठमाडौँ पुग्नुभयो । अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाको सहयोगमा सीताले काठमाडौँमै बसेर कम्प्युटर शिक्षा पढ्ने अवसर पाउनुभएछ ।
कम्प्युटर जानेपछि सीताले एउटा ट्राभल एजेन्सीमा काम पाउनुभयो । त्यहाँ उहाँले राष्ट्रिय, अन्तर्राष्ट्रिय दुवै खालका टिकटहरू काट्ने काम सिक्नुभयो । उहाँ त्यो कम्पनी (कम्पनीको नाम भन्न चाहनु भएन) को प्रबन्धक बन्ने रोल क्रमको उच्च तहसम्म पुग्नुभयो । त्यति हुँदा पनि उहाँलाई प्रबन्धक बन्न भने दिइएन । यो कुराले उहाँलाई भित्रैसम्म छोयो । आफूमाथि भेदभाव गरिएको अनुभव भयो । काम गर्ने सबै क्षमता भए पनि एउटा गोडा नभएकै कारण प्रबन्धक पदमा जानबाट आफूलाई रोकिएको सीताको ठम्याइ छ ।
सीताले पद्मकन्या क्याम्पसको वार्षिकोत्सवको अवसरमा नृत्य गरेर पारिश्रमिक पनि पाउनुभएको रहेछ । त्यसैबाट आफ्नो व्यावसायिक नृत्य यात्रा सुरु भएको उहाँ ठान्नुहुन्छ । त्यसपछि देश, विदेशमा आयोजित मेला र महोत्सवहरूमा उहाँले एउटा गोडाको भरमा आफ्नो नृत्य प्रस्तुति दिँदै दर्शकको मन पनि जित्दै आउनुभएको छ ।
एउटा बाटो बन्द हुँदा अरू धेरै बाटाहरू खुलिरहेका हुन्छन् । सीताले ट्राभल एजेन्सीको जागिर चटक्कै छोडेर फेरि नृत्य सिक्न थाल्नुभयो । सोहि समयमा उहाँ त्रिभुवन विश्वविद्यालय अन्तर्गत पाटन बहुमुखी क्याम्पसमा नेपाली विषयमा स्नातकोत्तर तह अध्ययन पनि गर्दै हुनुहुन्थ्यो । विश्वविद्यालयको पढाइसँगसँगै उहाँले ललितपुरको कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयमा स्नातक तहको पनि अध्ययन गर्ने अवसर पाउनुभयो । कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयबाट उहाँले सन् २०१८ मा शास्त्रीय नृत्य अन्तर्गत कत्थक नृत्यमा स्नातक तह गरी स्वर्ण पदक समेत प्राप्त गर्नुभयो । जागिर छोडेपछि उहाँले पूरा समय पढाइलाई नै दिनुभएको रहेछ । उहाँले सङ्गीतका साथै नेपालीमा स्नातकोत्तर तह पूरा गरिसक्नुभएको छ ।
सुन्दरताको परिभाषा नै फराकिलो बनाउनुपर्ने विचार सीताको छ । यही विचारले उहाँलाई आफूमा आत्मविश्वास भर्न सघाएको छ । केही महिनाअघि उहाँ विवाहित महिलाहरू सहभागी हुने गरी आयोजना गरिएको ‘मिसेस् नेपाल वर्ल्ड’ मा सहभागी हुनुभयो । त्यसमा उहाँले ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’ का साथै ‘एमएस नेपाल इन्टरनेसनल २०२३’ को उपाधि जित्नुभयो ।
सीताले पद्मकन्या क्याम्पसको वार्षिकोत्सवको अवसरमा नृत्य गरेर पारिश्रमिक पनि पाउनुभएको रहेछ । त्यसैबाट आफ्नो व्यावसायिक नृत्य यात्रा सुरु भएको उहाँ ठान्नुहुन्छ । त्यसपछि देश, विदेशमा आयोजित मेला र महोत्सवहरूमा उहाँले एउटा गोडाको भरमा आफ्नो नृत्य प्रस्तुति दिँदै दर्शकको मन पनि जित्दै आउनुभएको छ ।
सुन्दरताको परिभाषा नै फराकिलो बनाउनुपर्ने विचार सीताको छ । यही विचारले उहाँलाई आफूमा आत्मविश्वास भर्न सघाएको छ । केही महिनाअघि उहाँ विवाहित महिलाहरू सहभागी हुने गरी आयोजना गरिएको ‘मिसेस् नेपाल वर्ल्ड’ मा सहभागी हुनुभयो । त्यसमा उहाँले ‘म्यानेजमेन्ट च्वाइस अवार्ड’ का साथै ‘एमएस नेपाल इन्टरनेसनल २०२३’ को उपाधि जित्नुभयो ।
प्रत्येक वर्ष ३ डिसेम्बरमा ‘विश्व अपाङ्गता दिवस’ मनाइन्छ । सोही सन्दर्भ पारेर ‘सन्धान’ ले सीता सुवेदीलाई भेटी उहाँको नृत्य, गायन कलासँगै शारीरिक अपाङ्गताको अवस्थामा उहाँले भोग्नुपरेका चुनौती र साहसका बारेमा कुराकानी गरेको हो । प्रस्तुत छ, कलाकार सीता सुवेदीसँग ‘सन्धान’ का तर्फबाट क्यामेरामा आधारबाबु खतिवडाका साथमा समीक्षा गाहाले हालै गर्नुभएको कुराकानीको सम्पादित भिडियो अंश :
याे पनि पढ्नुहाेला
- बयान गर्नै सकिँदैन साइकल जानेपछिको खुसी (भिडियो/फोटोसहित)
- अपाङ्गता भएका महिलाहरूले प्रस्तुत गरे प्रतिभा (फोटो फिचर)
- नेपालमा अटिजमको अवस्था र असर
- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकमा पनि पितृसत्ता हाबी (भिडियो सहित) – उमिशा पाण्डे
- जीवनभर रहन्छ जलेको पीडा (भिडियो अन्तर्वार्ता) – राधा श्रेष्ठ
- म राष्ट्रिय अपाङ्ग महासंघको अध्यक्ष हुन सक्षम भइसकेको छु – रमा ढकाल (भिडियो सहित)
- गिडिदह भ्रमण : महिलाविरुद्धको अन्धविश्वास तोड्ने प्रयास
- खेलाडी महिलामाथि सबैतिरबाट विभेद (भिडियो सहित) – विमला पौडेल
- खाना पकाउने तालिम लिएपछि थप आत्मनिर्भर भयौँ- दृष्टिविहीन महिलाहरू (भिडियाे सहित)
- अपाङ्ता भएकाहरू जनआन्दोलन छयालिसमा सहभागी भयौँ, तर नेतृत्वले बिर्सियो – कुमार थापा (भिडियो सहित)