Home Insight आफ्नो भाषा सिक्न उत्साहित छन् मेचे बालबालिका (भिडियो सहित) –सुनिता मेचे

आफ्नो भाषा सिक्न उत्साहित छन् मेचे बालबालिका (भिडियो सहित) –सुनिता मेचे

1031
0

मेचे जातिको बाहुल्य रहेको झापाको हल्दीबारीमा चार वर्षदेखि मेचे भाषाको पढाइ हुँदै आइरहेको छ । यहाँ मेचे समुदायको जनसङ्ख्या तीन हजारको हाराहारीमा छ । झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर ४ को ऐनाबारीस्थित दीपेन्द्र प्राथमिक विद्यालयमा मेचे भाषाको अध्ययन अध्यापन हुने गरेको छ । भाषा पढाउने शिक्षक हुनुहुन्छ, सुनिता मेचे ।

आफ्नो मातृभाषा लोप हुँदै गएको अवस्थामा भाषा संरक्षण गर्ने उद्देश्यले मेचे भाषाको पठनपाठन थालिएको सुनिता बताउनुहुन्छ । यसका लागि गाउँपालिकाले पनि स्थानीय भाषाको पाठ्यक्रम बनाउन सहयोग गरेको थियो । गाउँपालिकाले २०७७ सालमा ७० प्रति पुस्तक पनि प्रकाशन गरेको थियो । त्यसअघि नै २०७६ असोजबाट कक्षा १ मा मेचे भाषाको कक्षा सुरु भएको हो । सुरुदेखि अहिलेसम्म सुनिताले नै मेचे भाषा पढाउँदै आउनुभएको छ । उहाँका अनुसार, हाल ४५ जना विद्यार्थीले यो भाषा अध्ययन गरिरहेका छन् ।

सुनिताको अनुभवमा मेचे बालबालिका आफ्नो भाषा अध्ययन गर्न इच्छुक र उत्साहित पाइएका छन् । आफ्नो समुदायका बालबालिकालाई मातृभाषा सिकाउन पाउँदा आफूलाई पनि खुसी लागेको उहाँ बताउनुहुन्छ ।

मेचे नेपालका लोपोन्मुख जातिहरूमध्ये एक हो । लोपोन्मुख जाति तथा समुदायका महिलाहरूको कार्य अनुभव र जीवनभोगाइका कथा खोज्ने क्रममा ‘सन्धान’ टोली हालै मेचे जातिको बसोबास रहेको जिल्ला झापामा पुगेको थियो । सोही ठाउँमा मेचे भाषा अध्यापनरत सुनितासँग भाषाको अध्ययन र अध्यापनका विषयमा कुराकानी गरिएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यसमीक्षा गाहाले सुनिता मेचेसँग गर्नुभएको कुराकानीको सम्पादित अंश :

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०८० भदाैं १९ गते, मंगलवार


Previous articleकहिलेसम्म यसरी बाटोमै सुत्केरी हुनुपर्ने होला ? – सिर्जना सार्की, अनमी
Next articleबलियो साझेदारी र समझदारीको खोजीमा छ मातृत्व