Home Insight एसइई पार गर्दा समुदाय नै खुसी भयो –पम्फा वनकरिया (भिडियाेसहित)

एसइई पार गर्दा समुदाय नै खुसी भयो –पम्फा वनकरिया (भिडियाेसहित)

503
0

सन्दर्भ : एसइई –३ / वनकरिया समुदाय विशेष

माध्यमिक शिक्षा परीक्षा (एसइई) को २०७८ सालको परीक्षाफल हिजाे सार्वजनिक भएको छ । एसइई र उच्च शिक्षामा केही वर्षयता लोपोन्मुख जातिका बालबालिकाको उत्साहजनक सहभागिता देखिन थालेको छ । नेपालका १० लोपोन्मुख जातिहरूमध्ये एक वनकरियाका किशोरकिशोरीहरू पनि एसइई परीक्षामा सहभागी भई उत्तीर्ण भएका छन् । तिनैमध्ये पहिलो पात्र हुनुहुन्छ, नेपालका १० लोपोन्मुख जातिहरूमध्ये एक वनकरियाका किशोरकिशोरीहरू पनि एसइई परीक्षामा सहभागी भई उत्तीर्ण भएका छन् । तिनैमध्ये पहिलो पात्र हुनुहुन्छ, पम्फा वनकरिया । पम्फा वनकरिया ।

पम्फाले २०७४ सालमा एसइई उत्तीर्ण गर्नुभएको थियो । एसइई उत्तीर्ण गर्ने उहाँ वनकरिया समुदायमै पहिलो व्यक्ति हुनुहुन्छ । वनकरिया समुदायबाट अहिलेसम्म छ जनाले एसइई उत्तीर्ण गरेका छन् ।

वनकरिया जातिको बसोबास अहिले मकवानपुर जिल्लाको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ मा रहेको छ । जङ्गलमै फिरन्ते जीवन बिताउँदै आएको यो समुदायको दुई दशकयता थातथलोको ठेगान लागेकाले यस समुदायका सबै नै बालबालिका अहिले स्थानीय विद्यालयमा पढ्न जान्छन् ।

एसइई उत्तीर्ण पम्फा वनकरिया, सन्तोषी वनकरिया र अनिल वनकरियाले उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गरेका छन् । एसइई उत्तीर्ण गरेपछि पम्फाले ल्याब असिस्टेन्ट विषय अध्ययन गर्नुभयो । अहिले उहाँ मकवानपुर जिल्लाकै एक ल्याबमा कार्यरत हुनुहुन्छ । वनकरिया बालबालिकाका लागि अहिले पम्फा उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । हामीले केही दिनअघि मात्रै पम्फासँग उहाँकै कार्यालयमा पुगेर एसइई उत्तीर्ण गर्दाको अनुभव सोधेका थियौँ । प्रस्तुत छ, एसइई परीक्षाफल प्रकाशन सन्दर्भमा ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको कुराकानीमा आधारित उहाँको अनुभव :

सन्धान प्रकाशन मिति : २०७९ साउन १२ गते, बिहिवार


Previous articleएसएलसी पास गर्ने पहिलो रोल्पाली महिला (भिडियाेसहित)
Next articleबालविवाहको असर : जीवनभरि नै जहर