Home Insight बिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो...

बिहे गर्दिएको भन्ने थाहा पाइनँ, भोलिपल्टै भागेर आमा भएको ठाउँमा आएँ (भिडियो सहित)

713
0

मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ स्थित लोपोन्मुख वनकरिया समुदायका मानिसहरू अझै पनि स्थायी बसोबासका लागि लडाइँ गरिरहेका छन् । करिब दुई दशकअघि जङ्गलको फिरन्ते जीवनशैली त्यागेर एकै स्थानमा बसोबास गर्न सुरु गरेका यी वनकरियाहरूले अझै पनि स्थायी बसोबास गर्न पाएका छैनन् । सरकारले स्थायी बसोबासको बन्दोबस्त मिलाइदिए हुन्थ्यो भन्ने आशा उनीहरूको छ ।

केही महिनाअघि ‘सन्धान’ टोली वनकरिया बस्तीमा पुगेको थियो । त्यस क्रममा हामीले वनकरिया समुदायका व्यक्तिहरूसँग उहाँहरूको विगत र वर्तमान अवस्थालगायत विभिन्न विषयमा कुराकानी गरेका थियौँ । कुराकानी गरिएका व्यक्तिहरूमध्ये एक हुनुहुन्छ, विष्णुमाया वनकरिया ।

विष्णुमाया ५९ वर्षकी हुनुभयो । उहाँ चेपाङकी छोरी हुनुहुन्छ । ११ वर्षको उमेरमा उहाँको वनकरियासँग मागी विवाह भयो । उहाँको अन्तरसमुदाय विवाह भएको थियो । उहाँका १३ जना छोराछोरी जन्मिए । अहिले सात जना मात्रै छन् । दुई छोरी र चार छोरालाई स्वास्थ्य समस्या भएको र उपचार नपाएर मृत्यु भएको उहाँ बताउनु हुन्छ । सानै उमेरमा विवाह, विवाहपछि १३ छोराछोरी जन्माउँदादेखि जङ्गल हुँदै अहिलेको अस्थायी जग्गामा सानो घरमा बसिरहँदासम्मको जीवन र भोगाइका बारेमा उहाँसँग कुराकानी गरिएको छ । प्रस्तुत छ, ‘सन्धान’ को तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले उहाँकै घरमा पुगेर गरेको भिडियो कुराकानीको सम्पादित अंश :

याे पनि पढ्नुहाेला

सन्धान प्रकाशन मिति : २०७९ भदाै ४ गते, शनिवार


Previous article७० रुपैयाँमा बिक्री भएको कलाले मिथिला चित्रकार बनायो –मन्जुला ठाकुर (भिडियाे सहित)
Next articleमहिलाको व्यक्तित्व विकासमा सहकारिता