Home Insight सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)

सकुन्जेल स्वयंसेविका भइरहन पाए हुन्थ्यो जस्तो लाग्छ – कृष्णदेवी हायु (भिडियो सहित)

591
0

सन्दर्भ : अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस (डिसेम्बर ५)

कृष्णदेवी हायु रामेछाप नगरपालिका वडा नम्बर ८ को महिला स्वास्थ्य स्वयंसेविका हुनुहुन्छ । रामेछाप जिल्लाकी उहाँ स्वयंसेविका हुनुभएको २७ वर्ष भयो । २०५२ सालमा गाउँमा महिला स्वास्थ्य स्वयंसेविका बन्न चाहने महिलाको खोजी भयो । इच्छुक कोही भेटिएनन् ।

उहाँलाई इच्छा त थियो तर पढ्नुभएको थिएन । त्यसैले उहाँले स्वयंसेविका बन्छु भन्न सक्नुभएन । कोही अगाडि नसरेपछि भने ‘म काम गर्छु’ भनेर स्वयंसेविका बनेको उहाँ स्मरण गर्नुहुन्छ । स्वयंसेविकाका लागि छनौट भएपछि उहाँले १४ दिनको तालिम पाउनुभयो ।

तालिम सुरु भएदेखि नै कृष्णदेवीले आफ्नो वडाको घरैपिच्छे पुगेर गर्भवती महिलालाई स्वास्थ्य जाँच गर्न स्वास्थ्य संस्था जानुपर्छ भनेर सिकाउन थाल्नुभयो । त्यसका साथै नवजात शिशुको स्याहार तथा पाँच वर्ष मुनिका बालबालिकालाई खोप लगाउनुपर्छ भन्ने सूचना पनि दिन थाल्नुभयो । उहाँले यो काम अहिले पनि गरिरहनु भएको छ । उहाँ गाउँभरिकालाई गर्भवती हुँदा स्वास्थ्य जाँच गर्नुपर्छ, घरमा बच्चा जन्माउनु हुँदैन भनेर सिकाउनुहुने उहाँ आफैँले भने सातै जना बच्चा घरमै जन्माउनु परेछ । उहाँ स्वयंसेविका हुँदा कान्छो छोरा नै दुई वर्षका भइसकेका थिए । आफूले घरमै बच्चा जन्माउनुपरे पनि अरूलाई राम्रो कुरा सिकाउन पाएकोमा उहाँ खुसी देखिनु हुन्छ ।

नेपालका १० लोपोन्मुख जातिको सूचीमा हायु पनि पर्छ । हायुहरूको बसोबास भएको ठाउँ रामेछाप नगरपालिका वडा नम्बर ८ वादीस्थित हायु बस्तीमा हालै ‘सन्धान’ टोली पुगेको थियो । त्यसै बेला कृष्णदेवीसँग भेटेर ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको कुराकानी आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसर पारेर प्रस्तुत गर्दैछौँ ।

भिडियो हेर्नुहोला

यो पनि पढ्नुहोला

सन्धान प्रकाशन मिति : २०७९ मंसिर २० गते, मंगलवार


Previous articleएचआइभीविरुद्धकी ‘फाइटर’ – मथुरा
Next articleयदुकुहा : २०४६ फागुन ९ गते तीन महिला मारिएका थिए (भिडियो कुराकानी)