Home Insight मेचेहरूमा अहिले धेरै परिवर्तन आएको छ (भिडियो सहित)

मेचेहरूमा अहिले धेरै परिवर्तन आएको छ (भिडियो सहित)

543
0

– आङश्री मेचे

झापाको मेचीनगरस्थित चारआलीमा २०२२ सालमा आङश्री मेचेको जन्म भयो । त्यसको चार वर्षमा उहाँको आमा बित्नुभयो । उहाँको बुबाले अर्को बिहे गर्नुभयो । उहाँको बाल्यकाल भाइहरूको हेरचाह गर्दै बित्यो । १४ वर्षमा त बिहे नै भयो ।

आङश्रीको बिहेको निर्णय बुबा, काका र केटाको परिवारको सहमतिमा गरिएको थियो । उहाँले हुनेवालाश्रीमान्‌लाई बिहेअघि देख्न पनि पाउनु भएन । मेचे समुदायको परम्परा अनुसार त्यो बेला केटीले बिहे गर्नुअघि केटाको मुख नहेर्ने चलन थियो ।

सरकारले सामाजिक सुरक्षा भत्ता दिएपछि मेचे बालबालिकाले स्कुल पढ्न पाए । मेचे समुदायका अभिभावकले आ–आफ्ना सन्तानलाई स्कुलमा पढ्न पठाउन थालेको केही वर्षमै रहनसहन र जीवनस्तरमा परिवर्तन देखिन थाल्यो ।

बिहेपछि आङश्रीको दैनिकी केही फेरियो । रक्सी पार्ने र बेच्ने काम गरी उहाँले जीविकोपार्जन गर्न थाल्नुभयो । खेतीपातीको कामसँगै रक्सी पार्नका लागि उहाँको श्रीमान्ले पनि जङ्गलबाट दाउरा ल्याउने जस्ता काम गर्नुहुन्थ्यो । आङश्री बिहान ४ बजे उठेर रक्सी पार्नुहुन्थ्यो । त्यसपछि अगाडि छोरा र पछाडि रक्सी बोकेर जङ्गलको बाटो एक्लै हिँडेर बेच्न जानुहुन्थ्यो । आफ्नो जग्गा जमिन थिएन, साहुको दुई बिगाहा जमिनमा खेतीपाती पनि गर्नुहुन्थ्यो । धान कुटाउने मिल थिएन, सबै उहाँले ढिकीमै कुटेर चामल बनाउनुहुन्थ्यो ।

पहिले खानलाउनै धौ–धौ पर्ने हुन्थ्यो । त्यस्तो बेला शिक्षाबाट पनि वञ्चित थिए मेचे समुदायका बालबालिका । आङश्रीलाई अहिले समय परिवर्तन भएको छ भन्ने लाग्छ । मेचे समुदायका सबै बालबालिका अहिले स्कुल जान्छन् । उहाँले पनि आफ्ना दुई छोरा र एक छोरी गरी तीनवटै सन्तानलाई पढाउनु भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता दिएपछि मेचे बालबालिकाले स्कुल पढ्न पाए । मेचे समुदायका अभिभावकले आ–आफ्ना सन्तानलाई स्कुलमा पढ्न पठाउन थालेको केही वर्षमै रहनसहन र जीवनस्तरमा परिवर्तन देखिन थाल्यो । पढेर कतिपयले विभिन्न क्षेत्रमा जागिर खान पनि थालिसकेका छन्, आफैँ पैसा कमाउने भएका छन् । शिक्षाले समानता र समृद्धि थपेको छ । सूचना र चेतनाको ढोका पनि खोलिदिएको छ ।

केही महिनाअघि सन्धान टोली झापाको मेचे बस्ती झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ४ ऐनाबारी पुगेको थियो । त्यतिबेला बस्तीमा भेटिएकी आङश्रीसँग मेचे समुदायको अवस्था, पुर्ख्यौली पेसा, समुदायमा आएको परिवर्तन जस्ता विषयमा कुराकानी गरिएको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यसमीक्षा गाहाले आङश्री मेचेसँग गर्नुभएको कुराकानीको सम्पादित अंश:

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०८० साउन ८ गते, साेमवार


Previous articleसोचमा परिवर्तनसँगै मानवीय विकास जरुरी – सावित्रा घिमिरे
Next articleमादलकै भरमा कल्मी परिवार