Home Opinion पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार

पत्रकारितामा महिला आउनभन्दा टिक्न गाह्रो – ज्ञानु श्रेष्ठ, पत्रकार

726
0

ज्ञानु श्रेष्ठ रामेछाप जिल्लामा बसेर ११ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको छ । सिन्धुलीबाट निस्किने ‘जनबोली सन्देश’ दैनिक पत्रिकामा २०६८ सालदेखि रामेछापबाट समाचार पठाउने कामबाट उहाँको पत्रकारिता सुरु भएको थियो ।

त्यसपछि उहाँले रामेछापकै ‘हजुरको रेडियो’ मा काम गर्नुभयो । २०७० देखि २०७२ सम्म त्यहीँको ‘झन्कार एफएम’ मा स्टेशन म्यानेजर र प्रशासन प्रमुख भएर काम गर्नुभयो । अहिले रामेछापबाटै सञ्चालित ‘कोसिसन्युज डटकम’ को सञ्चालक/सम्पादक पनि हुनुहुन्छ । उहाँ काठमाडौँबाट प्रकाशित हुने ‘हिमालय टाइम्स’ मा पनि लेख्नुहुन्छ ।

ज्ञानु विशेष गरी महिला सवाल तथा सामाजिक विषयलाई उठान गर्न रुचाउनु हुन्छ । उहाँसँग पत्रकारिता सुरु गरेदेखि आजसम्म आइपुग्दा विभिन्न चुनौती भोग्नुपरेको अनुभव छ । त्यो चुनौती आफू महिला भएकै कारण भोग्नुपरिरहेको भन्ने उहाँको बुझाइ छ । उहाँका अनुसार, समाजमा महिलालाई हेर्ने फरक दृष्टिकोणकै प्रतिविम्ब पत्रकारितामा पनि देखिएको हो । उहाँ भन्नुहुन्छ, “समाजले हेर्ने फरक दृष्टिकोणकै कारण पत्रकारितामा महिलाहरूलाई आउनुभन्दा बढी टिकिरहन गाह्रो छ ।”

नेपाल पत्रकार महासंघको बागमती प्रदेशको सदस्य उहाँ क्रियाशील पत्रकार महिला रामेछापको अध्यक्ष पनि हुनुहुन्छ । केही महिनाअघि ‘सन्धान टिम’ रामेछाप गएको बेला रामेछापमा पत्रकार महिलाको सङ्ख्या, पत्रकारितामा उनीहरूको निरन्तरता र उनीहरूले भोग्दै आएका चुनौती लगायतका विषयमा उहाँसँग कुराकानी गरेको थियो । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट मुकुन्द बोगटी र समीक्षा गाहाले गर्नुभएको भिडियो कुराकानीको सम्पादित अंश :

याे पनि पढ्नुहाेला

सन्धान प्रकाशन मिति : २०७९ माघ २० गते, शुक्रवार


Previous articleलैङ्गिक अध्ययन विषय पठनपाठनका चुनौती
Next article‘ओछ्यान’ मै यौनहिंसाको यो रूप : गर्भवती हुँदा पनि कुटपिट र गालीगलौज