Home Insight न आफ्नो नाममा जमिन छ, न बन्दिलो घर छ –सुकमाया प्रजा (भिडियो...

न आफ्नो नाममा जमिन छ, न बन्दिलो घर छ –सुकमाया प्रजा (भिडियो सहित)

654
0

सुकमाया प्रजा (चेपाङ) मकवानपुरको हाँडीखोला गाउँपालिका वडा नम्बर ४ मा बस्नुहुन्छ । बाढीपीडित भएका कारण उहाँ आफ्नो पुरानो थातथलो छोडेर २०७४ सालदेखि त्यहाँ बस्नुभएको हो । सो ठाउँमा सुकमाया जस्तै सयभन्दा बढी चेपाङ परिवारको बस्ती छ । उनीहरू स–साना छाप्रा बनाएर बसेका छन् ।

सरकारले सुकमायाहरूलाई हाँडीखोलास्थित ऐलानी जग्गामा सारेको थियो । आफू बसेको जमिनको स्वामित्व अहिलेसम्म पनि आफ्नो नाममा नभएको गुनासो उनीहरूको छ । सुकमायाका अनुसार, सरकारले त्यसबेला ऐलानी जग्गामा ल्याएर राख्यो तर अहिले ६ वर्ष हुन लाग्दा पनि स्थायी बासको व्यवस्था कहाँ र कहिले हुने भन्ने टुङ्गो लगाएको छैन ।

‘सन्धान’ को टोली केही महिनाअघि मकवानपुरस्थित चेपाङहरूको बसोबास रहेको ठाउँमा पुगेको थियो । बस्ती भएको ठाउँमा अहिले पनि ठुलाठुला रुखहरू छन् । हावाहुरी चल्ने र चट्याङ पर्ने मौसममा झन् जोखिम हुने डर रहेछ । प्रस्तुत छ, जोखिमयुक्त सोही बस्तीकी सुकमाया प्रजासँग ‘सन्धान’ टोलीले गरेको कुराकानी :

यो पनि पढ्नुहोस्

सन्धान प्रकाशन मिति : २०७९ असाेज ५ गते, बुधवार


Previous articleमैले देखेको विभेदकारी जितिया
Next article‘महाभारतको जङ्गलमा बसेर रेडियोमा बोल्थ्यौँ’ – संगीता खड्का