Home Insight कहिले लुक्दै र कहिले बहाना बनाउँदै मनाइन्थ्यो ८ मार्च –जया घिमिरे र...

कहिले लुक्दै र कहिले बहाना बनाउँदै मनाइन्थ्यो ८ मार्च –जया घिमिरे र संजिता घिमिरे

610
0

सन्दर्भ : अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च)

आज ८ मार्च अर्थात् ११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । विश्वमा ८ मार्च मनाउन थालिएको इतिहास लामो छ । सन् १९०६ मा अमेरिकामा महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलन भयो । त्यो सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी हुनुभयो । त्यसपछि उहाँकै नेतृत्वमा १९०८ को मार्च ८ का दिन अमेरिकाको सिकागो सहरमा समान ज्याला, निश्चित कार्य समय तोकिनुपर्नेलगायत माग राखेर करिब १५ हजार महिलाहरूले हड्ताल गरे । जुलुस निकाले ।

श्रमिक महिलाहरूको हक अधिकारका लागि भएको त्यही आन्दोलनको स्मरण गर्दै ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भनेर मनाउन थालियो । यो दिवस पहिलो पटक अमेरिकाका साथै जर्मनी, डेनमार्क, स्विट्जरल्यान्डलगायत देशहरूमा मनाइएको थियो । त्यसपछि अन्य देशहरूले पनि मनाउन थाले । सन् १९७५ मा संयुक्त राष्ट्रसंघले पनि महिला दिवस मनाउने निर्णय गर्‍यो । त्यसपछि विश्वव्यापी रूपमा यो दिवस मनाउन थालिएको हो ।

नेपालमा यो दिवस २०१७ सालदेखि मनाउन थालेको बताइन्छ । पञ्चायती शासन व्यवस्थाका बेला ‘नारी दिवस’ भनिन्थ्यो । तत्कालीन सरकारकै गुणगान गाउने गरी रानीको अध्यक्षतामा मनाउने गरिन्थ्यो । २०३६ सालको विद्यार्थी आन्दोलनपछि भने राजनीतिक रूपमा सचेत महिलाहरूको सक्रियतामा सरकारीभन्दा फरक तरिकाले पनि यो दिवस मनाउन थालियो । सुरुका वर्षहरूमा महिलाहरूले कहिले लुकेर त कहिले अन्य कुनै बहाना बनाएर पनि यो दिनमा आफ्ना हक अधिकारका कुरा उठाउने गरेको कुरा सम्बन्धित राजनीतिज्ञ महिलाहरूबाट थाहा हुन्छ ।

कतिपय महिलाले बाहिर प्रशासनले देख्ने गरी रानीको फोटो राख्ने तर भित्र छलफल गर्दा महिला अधिकारको कुरा गर्ने गरेको अनुभव ‘सन्धान’ सँगको कुराकानीमा सुनाउनुभएको छ । कतिपयले कुनै वर्ष यो दिन वनभोज जाने बहाना बनाएर भेला हुने र कुनै वर्ष साथीको कोठामा जम्मा भएर भए पनि महिलाको हकअधिकारको कुरा गर्ने गरेको सुनाउनुभएको छ । राजनीतिज्ञ शशी श्रेष्ठले ८ मार्च मनाउँदा आफू पक्राउ परेको घटना पनि ‘सन्धान’ सँगको कुराकानी बताउनु भएको छ ।

आज ८ मार्चको सन्दर्भमा हामीले पञ्चायती शासन व्यवस्थाविरुद्ध लडेका र बहुदल आउनुअघि ८ मार्च मनाउनुभएका दुई व्यक्तित्वको अनुभव लिएका छौँ । प्रस्तुत छ, हाल राष्ट्रिय महिला आयोगकी सदस्य जया घिमिरे र अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य संजिता घिमिरेको स्मरण:

याे पनि पढ्नुहाेला

सन्धान प्रकाशन मिति : २०७९ फागुन २४ गते, बुधवार