गोर्खा सैनिक श्रीमतीको कथा बोल्ने चित्रकला प्रदर्शनी

Share this :

‘गोर्खाली महिला’ नामक पाँचदिने एकल चित्रकला प्रदर्शनी नेपाल आर्ट काउन्सिल बबरमहल काठमाडौँमा सम्पन्न भयो । यही मङ्सिर ९ गते सुरु भएको प्रदर्शनी १३ गते सम्पन्न भएको हो ।

प्रदर्शनीमा गोर्खा सैनिकका श्रीमतीका जीवनभोगाइका विविध पक्ष र पाटालाई देखाउने चित्रहरू राखिएको र तिनले समग्रमा गोर्खा सैनिकका श्रीमतीका जीवनकथालाई चित्रकलाबाट प्रकट गरिएको आयोजकको भनाइ छ ।

आयोजक संस्था श्रीस क्रियटिभ आर्ट्स इनिसियटिभकी संस्थापक तथा कलाकार सुजाना थापा श्रीसका अनुसार, चित्रहरू गोरखा, गुल्मी, पाल्पा, कास्की, रूपन्देही, बागलुङ लगायत जिल्लाहरूमा भेटिएका ७० वर्ष उमेर नाघेका ५० जना महिलाहरूसँग कुराकानी गरेपछि बनाइएको हो ।

महिलाका कथा, व्यथाहरूलाई समाजमा कुनै पनि रूपमा स्थान नदिइने, दिइए पनि समानता नहुने भएकाले चार वर्ष खोज–अनुसन्धान गरेर गोर्खा सैनिकका श्रीमतीका कथालाई आफूले चित्रमा उतारेको पनि कलाकार सुजानाले बताउनुभयो ।

प्रदर्शनी स्थलमा गोर्खा सैनिकका श्रीमतीहरूले प्रयोग गर्ने परम्परागत गरगहना, लुगाफाटा, भाँडाकुँडा आदि पनि राखिएका थिए । यसका साथै तस्बिर, वृत्तचित्र र ध्वनि माध्यमबाट पनि सैनिक श्रीमतीहरूको जीवनभोगाइलाई प्रस्तुत गरिएको थियो ।

शब्दः समिक्षा गाहा, तस्बिरः आधारबाबु खतिवडा

सन्धान प्रकाशन मिति : २०८० मंसिर १९ गते, मंगलबार

याे पनि पढ्नुहाेला

Share this :