Home Photo Feature काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी (फोटो फिचर)

काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी (फोटो फिचर)

734
0

जनकपुर नारी विकास केन्द्रको आयोजनामा काठमाडौँमा मिथिला चित्रकला प्रदर्शनी शुरु भएको छ ।

प्रदर्शनीमा ५१ जना कलाकार महिलाहरुले बनाएको करीब दुईसय वटा चित्रहरु राखिएका छन् । प्रर्दशनीमा १४ जना कलाकारहरुको सहभागिता रहेको छ ।

कला प्रदर्शनीको नाम ‘साज सपनाके रंग सभ’ अर्थात ‘साझा सपनाका रंगहरु’ राखिएको छ । प्रदर्शनीको उद्देश्य मिथिला संस्कृति बचाइराख्नका लागि गरिएको नारी विकास केन्द्रका प्रबन्धक सतिस साह जानकारी दिनुभयो । यस प्रर्दशनीमा कलाकारहरुले आफ्नो जीवन भोगाइमा आधारित भएर बनाइएको चित्रहरु राखिएका छन् ।

प्रदर्शनीका क्रममा भोलि (शनिबार) ‘कलामा महिला : प्रभाव, चुनौति र प्रयोगहरु बारे छलफल हुने कार्यक्रम राखिएको छ । त्यस कार्यक्रममा नारी विकास केन्द्रकी उपाध्यक्ष सुधिरा कर्ण, कोमल पूर्वे र चाँदनी झाले आ–आफ्नो अनुभव सुनाउनुहुनेछ । भदौ १६ गते शुरु भएको चित्रकला २० गतेसम्म जारी रहनेछ ।

तस्बिरहरूः मुकुन्द बोगटी/सन्धान

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ भदाै १७ गते, शुक्रवार