Home Stories कोरोनाको फरक कथा

कोरोनाको फरक कथा


विवाह भएको तीन वर्ष बितिसकेको थियो । छिमेकीले पनि चियोचर्चो गर्न थालिसकेका थिए । ‘जोईपोइको मेल पो छैन कि !’ भन्ने संशय छरछिमेकमा व्याप्त थियो ।

विवाह भएको तीन वर्ष बितिसकेको थियो । छिमेकीले पनि चियोचर्चो गर्न थालिसकेका थिए । ‘जोईपोइको मेल पो छैन कि !’ भन्ने संशय छरछिमेकमा व्याप्त थियो ।

कतिपय दम्पतीले विवाहको पहिलो वर्ष नै सन्तानको योजना बनाउँछन् । त्यसैले होला, हाम्रो विवाहको तीन वर्षपछि पनि बच्चा जन्माउने कुनै चालचुल नै नहुँदा दुनियाँलाई खसखस हुन थाल्यो ।

घरपरिवारले पनि गुनासो गर्न थालिसकेका थिए । कुरा जेबाट जसरी सुरु भए पनि अन्त्यमा एउटै वाक्यमा सारपूर्ण प्रश्न हुन्थ्यो– बच्चा नै नजन्माउने भए किन बिहे गर्नु ?

यो शुभखबर सर्वत्र फैलियो । पहिले परिवारमा अनि माइतमा । सँगसँगै छरछिमेकमा पनि यो खबरले सनसनीपूर्ण स्थान पायो ।

छोरीले सन्तान नजन्माएको कुराले माइतीमा आमाबालाई भने गहिरो पिर परेको थियो । छोरीमै पो केही कमी भएर होला कि भन्ने पिर ! पिर वा चिन्ताभन्दा पनि बढी त आशङ्कापूर्ण डर नै थियो । कतै आफ्नै छोरीमा कमजोरी देखिएला कि ! छोरीको घरबारै बिग्रिने पो हो कि कतै ?

घरमा शकुन्तलाको दाम्पत्य जीवनमा भने कुनै समस्या थिएन । तिक्तता थिएन । दुवै जना सन्तान उत्पादनका लागि सक्षम थिए । दुबैमा कुनै प्रजनन समस्या थिएन । सबै कुरा ठिकठाक थियो, शकुन्तला दम्पतीमा । फरक यत्ति थियो, उनीहरूले विवाहलगत्तै सन्तान जन्माउने योजना बनाएका थिएनन् । यही कुराले छरछिमेकमा चियोचर्चो र परिवारमा चिन्ताको माहोल बन्यो । यसले पिर र डरको माहौल सिर्जना गरेपछि भने उनीहरू बच्चा जन्माउने निर्णयमा पुगे ।

चाहनु मात्रै त थियो, दुबै जनामा कुनै खालको जैविक समस्या थिएन । यसैले गर्भ तुरुन्तै रह्यो । यो शुभखबर सर्वत्र फैलियो । पहिले परिवारमा अनि माइतमा । सँगसँगै छरछिमेकमा पनि यो खबरले सनसनीपूर्ण स्थान पायो ।

एक त सम्पन्न परिवार, अर्को सुखद दाम्पत्य अनि त्यसमाथि पनि पहिलो गर्भ ! गर्भसम्बन्धी कुनै पनि जोखिम लिने पक्षमा थिएनन् उनीहरू । गर्भ रहेलगत्तै शकुन्तलाले प्रसूति तथा स्त्रीरोग विशेषज्ञबाट परीक्षण गराइन् । विशेषज्ञले सुझाएका औषधिहरू पनि खान थालिन् ।

गर्भमा छोरा छ वा छोरी ? यसमा उनलाई सरोकार थिएन । सरोकार यति मात्र थियो कि गर्भको बच्चा सग्लो होस्, स्वस्थ होस्, सकुशल जन्मोस् ।

दिनहरू बित्दै गए । वाकवाकी हरायो । खानामा शकुन्तलाको रुचि हुन थाल्यो । हेर्दाहेर्दै गर्भलाई फरियाले छोप्न नसक्ने हुँदै गयो । शकुन्तलाको तन भारी भए पनि मन सन्तान आगमनको प्रतीक्षामा दङ्ग थियो ।

कहिलेकाहीँ शकुन्तलाको अन्तर्मनमा त यस्तो पनि लागेको हो, चियोचर्चाे गरेका टोलछिमेकलाई फरियाभित्र नअट्ने भइसकेको गर्भ देखाएरै हिँडौँ । तर, नाइटो देखाएर हिँड्न उनलाई कता कता लाज लाग्यो ।

माइतीको दहीचिउरा, साथीसँगीको पुरीखिरले मात्र शकुन्तलाको आँत अघाएन । जमाना प्रविधिको थियो । उनलाई सामाजिक सञ्जालले पनि तानेकै थियो । यसैले तामझामका साथ केक काट्ने, फोटो खिच्ने र फेसबुकमा राख्ने रहर पलाएर आयो उनमा । तर, घरमा एउटी बुहारी हुनुको नाताले यी सबै कुरा गर्नमा उनको रहर मात्र काफी थिएन । कहिले संस्कारको नाममा त कहिले मर्यादाको नाममा शकुन्तलाले आफ्ना रहरहरू खुम्च्याइराखिन् । यसो गर्न उनलाई सानैदेखि बानी पारिएको पनि थियो ।

शकुन्तलाको गर्भमा रहेको बच्चा सलबलाउन थालिसकेको थियो । बच्चाले गर्भको भित्तामा लात्तीले हान्दा उनलाई अलौकिक सुखानुभूति हुन्थ्यो । गर्भमा छोरा छ वा छोरी ? यसमा उनलाई सरोकार थिएन । सरोकार यति मात्र थियो कि गर्भको बच्चा सग्लो होस्, स्वस्थ होस्, सकुशल जन्मोस् ।

सञ्चार माध्यममा सङ्क्रमण र मृत्युका विरक्तलाग्दा खबरहरू मात्र आउन थाले । ढिलोचाँडोको कुरो थियो, श्वासप्रश्वासबाट सजिलै सर्ने यो भाइरसको महामारीले नेपाललाई पनि थला पारिहाल्यो ।

शकुन्तला आफ्नो गर्भप्रति एकदमै सचेत थिइन् । नियमितजसो स्वास्थ्य जाँच गराउँथिन् । शरीरमा कुनै समस्या देखिए या अप्ठेरो महसुस भए उनी तुरुन्तै स्त्रीरोग विशेषज्ञकहाँ पुगिहाल्थिन् ।

गर्भ आठौँ महिनामा चलिरहेको थियो । यो अवधिसम्म आमा र गर्भको बच्चा दुबैको स्वास्थ्यमा कुनै समस्या देखिएको थिएन । शकुन्तलालाई अलिअलि ढाड दुख्ने समस्या भने नभएको होइन तर त्यो दुखाइ मातृत्वको सुमधुर कल्पनाका अघि फिकाफिका थियो । महिना दिनपछि आगमन हुने नयाँ सदस्यको सबैले अधैर्यका साथ प्रतीक्षा गरिरहेका थिए । यस प्रतीक्षाले घरपरिवारमा बेग्लै कौतूहल पनि जगाइदिएको थियो ।

शकुन्तलाका श्रीमान्‌ले हुनेवाला बच्चाका लागि खेलौनाहरूको जोहो गर्न थालिसकेका थिए । शिशुहरूका रहरलाग्दा तस्बिरहरूले शकुन्तलाको कोठा जगमगाएको थियो । सुत्केरी हुनका लागि आवश्यक पर्ने तयारी भइरहेको थियो । घरमा लगभग सबै सरसामान जुटाइसकिएको पनि थियो । सफल प्रसूतिका लागि तयारी गर्नुपर्ने सम्पूर्ण बन्दोबस्तीका काम पनि पूरा भइसकेको थियो ।

महिना दिन बित्न कति नै लाग्छ र ? शकुन्तलाको गर्भले नवौँ महिनामा प्रवेश गरेको थियो । पहिलो बुहारीको पहिलो सन्तान हुने कुराले घरको मुहार नै फेरिँदै थियो । ठिक त्यहीबेला छिमेकी देशमा मानिसलाई घरभित्रै रहन बाध्य पार्ने गरी एउटा विपत्तिको सुरुआत भयो र त्यो द्रुत गतिमा विश्वभरि फैलिन थाल्यो । जुन विपत्बाट विश्वसँगै नेपाल पनि प्रभावित हुँदै थियो । शकुन्तला जस्ता हजारौँ आमा बन्न तयार भइरहेका गर्भवतीहरूका अघि उक्त विपत्ले झनै ठुलो सङ्कट पनि ल्याउँदै थियो । त्यो विपत्को नाम थियो– कोरोना महाव्याधि !

शकुन्तला घर फर्किएर आराम गरिरहेकी थिइन् । उनको प्रसूतिको समय जति नजिकिँदै थियो, उही अनुपातमा यता कोरोना महाव्याधि पनि अनियन्त्रित रूपमा फैलिँदै आएको थियो ।

नेपालबाट उत्तरतर्फको छिमेकी चीनबाट सुरु भएको कोरोना भाइरसजन्य महामारीले केही समयमै दक्षिणको छिमेकी भारतसँगै सारा विश्वमा त्रासदि मच्चाउन थाल्यो । सञ्चार माध्यममा सङ्क्रमण र मृत्युका विरक्तलाग्दा खबरहरू मात्र आउन थाले । ढिलोचाँडोको कुरो थियो, श्वासप्रश्वासबाट सजिलै सर्ने यो भाइरसको महामारीले नेपाललाई पनि थला पारिहाल्यो ।

एकाएक विश्वव्यापी भएर फैलिन पुगेको कोरोना भाइरसको सङ्क्रमणलाई कसरी काबुमा राख्ने ? चिकित्सा विज्ञानसँग कुनै ठोस जवाफ थिएन । कोरोनाबाट बच्न भौतिक दूरी र मास्कको प्रयोग अन्तिम र एक मात्र विकल्प थियो । त्यसले पनि नपुगेपछि विश्वका विभिन्न देश र तिनका ठुला सहरहरूमा बन्दाबन्दी नै लागु गर्न थालियो ।

अस्पतालहरू कोरोना सङ्क्रमित बिरामीले भरिभराउ हुन थाले । मृत्यु हुनेहरूको आँकडा दिनहुँ बढेर जान थाल्यो । सामान्य रुघाखोकी लाग्दा पनि मान्छे आतङ्कित हुने अवस्थाको सिर्जना भयो । र, त्यही बेला शकुन्तलालाई पनि सामान्य रुघाखोकी लाग्न थाल्यो । मन्द ज्वरोसँगै आएको सुख्खा खोकीले उनको मनमा पनि चिसो पस्यो – कतै कोरोना त लागेन मलाई ?

शकुन्तला अत्तालिँदै नियमित गर्भ परीक्षण गर्ने स्त्रीरोग विशेषज्ञकहाँ पुगिन् ।

न त आफू विदेश घुमेर आएको, न त परिवारमा कोही विदेश गएर फर्किएको ! यस्तै भनेर चिकित्सकले शकुन्तलालाई सम्झाइबुझाइ गर्दै प्रश्न पनि गरे– “यत्तिकै कोरोना कताबाट आउँछ ?” चिकित्सकको सुझाव र प्रश्नले केही शान्त भएको मन लिएर उनी घर फर्किन् ।

स्थानीय बजारमा कुनै उपाय नचलेपछि परिवारले उनलाई एम्बुलेन्समा राखेर विराटनगर लाने तयारी गरे । उनीसँग सासू र श्रीमान् थिए ।

शकुन्तला घर फर्किएर आराम गरिरहेकी थिइन् । उनको प्रसूतिको समय जति नजिकिँदै थियो, उही अनुपातमा यता कोरोना महाव्याधि पनि अनियन्त्रित रूपमा फैलिँदै आएको थियो । अस्पतालका शैय्याहरू सङ्क्रमितहरूले भरिँदै थिए । यही अवस्थामा शकुन्तलालाई प्रसव व्यथाले समायो ।

पेट दुखाइ त दिउँसैबाट सुरु भएको थियो तर कुन अस्पताल जाने भन्ने कुराको टुङ्गो लागेको थिएन । शकुन्तलाको व्यथा क्रमशः बढ्दै गयो । बढ्दै नै गइरह्यो । घट्ने वा गाउँघरमै सन्तानलाई जन्म दिने सम्भावना देखिएन । अनि अस्पतालको खोजीलाई तीव्र पारियो । हतार हतार उनलाई स्थानीय बजारमा पुर्‍याइयो । त्यहाँका एकाध अस्पतालमा प्रसूति सेवा दिइन्थ्यो । तर, त्यतिबेला समय फरक ढङ्गले चलिरहेको थियो ।

कुनै पनि अस्पतालले शकुन्तलालाई भर्ना लिन मानेनन् । कारण, उनी खोकिरहेकी थिइन् । खोक्नुलाई त्यतिबेला कोरोना सङ्क्रमण भएको अकाट्य लक्षण मानिन्थ्यो । कोरोनाको लक्षण देखिएका व्यक्तिलाई परीक्षण नगरी कुनै पनि अस्पतालले भर्ना लिँदैन थिए ।

शकुन्तला सुत्केरी व्यथाको असह्य पीडाले छटपटाउन मात्र होइन, तिलमिलाउन पनि थालिसकेकी थिइन् । यस्तो बेला अस्पतालहरूको चक्कर लगाउने उपक्रम भने जारी नै थियो । स्थानीय बजारमा कुनै उपाय नचलेपछि परिवारले उनलाई एम्बुलेन्समा राखेर विराटनगर लाने तयारी गरे । उनीसँग सासू र श्रीमान् थिए । उनीहरूले निरन्तर शकुन्तलालाई नआत्तिन भनेर ढाडस दिइरहेका थिए ।

बाटामै बच्चा जन्मिएपछि एम्बुलेन्स फर्काएर घर नै लाने कि भन्ने सोच पनि सासू र श्रीमान्‌काे मनमा नआएको होइन तर शकुन्तला प्रसव पीडाले अत्यन्तै कमजोर भएकी थिइन् । त्यसमा फेरि अलिअलि रक्तस्राव पनि हुँदै थियो । त्यसैले एकपटक बच्चा र आमा दुवैको स्वास्थ्य परीक्षण गराएर मात्र घर फर्किने कुरामा आमाछोरा एकमत भए ।

एम्बुलेन्स विराटनगर पुगेकै थिएन, बाटामै शकुन्तलाको व्यथा यतिसम्म बढ्यो कि अब उनी सहन सक्ने स्थितिमा रहिनन् । सासू र श्रीमान् दुबैको बलले पनि उनलाई सम्हाल्न गाह्रो परिरहेको थियो । शकुन्तलाको चिच्याहटमा अचानक शिशुको कलिलो च्याँ… आवाज मिसियो ।

जब नवजात शिशुको आवाज शकुन्तलाको कानमा पर्‍यो तब उनले क्षणभरका लागि आफ्ना सारा पीडा बिर्सिइन् । उनकी सासूले रगतमा लतपतिएको नातिलाई सफा कपडाले पुछपाछ गर्दै सफा गरिन् । अनुभवी नर्सले झैँ उनले शिशुको नाभीसँग जोडिएको सालनाल पनि निकालिन् ।

बाटामै बच्चा जन्मिएपछि एम्बुलेन्स फर्काएर घर नै लाने कि भन्ने सोच पनि सासू र श्रीमान्‌काे मनमा नआएको होइन तर शकुन्तला प्रसव पीडाले अत्यन्तै कमजोर भएकी थिइन् । त्यसमा फेरि अलिअलि रक्तस्राव पनि हुँदै थियो । त्यसैले एकपटक बच्चा र आमा दुवैको स्वास्थ्य परीक्षण गराएर मात्र घर फर्किने कुरामा आमाछोरा एकमत भए । एम्बुलेन्स विराटनगरतिरै अघि बढिरह्यो ।

बाटामा पनि केही अस्पताल थिए । तिनमा बुझ्दा कतै डाक्टर नभएको त कतै अस्पताल नै बन्द रहेको पाइयो । अन्ततः प्रसवपछिको रक्तस्राव हुँदै गरेकी शकुन्तलालाई विराटनगर नै पुर्‍याइयो । रातको करिब ८ बजिसकेको थियो । पहिलो प्रसव अनि रक्तस्रावले कमजोर भइसकेकी शकुन्तलाले त्यहाँका कुनै पनि अस्पतालमा भर्ना पाइनन् । सबै अस्पताल कोरोना सङ्क्रमित बिरामीले भरिभराउ थिए ।

एकछिन त घोर निराशाले घेर्‍यो । यस्तो निराशाभित्र पनि एउटा आशाको झिल्को हुँदो रहेछ । शकुन्तलाका श्रीमान् र सासूले आस भने मारेनन् । प्रयास गरिरहे । र, अन्ततः शकुन्तलाले एउटा अस्पतालमा आश्रय पाइन् ।

सामान्य रुघाखोकी, त्यसमा पनि निको हुँदै गरेको अवस्थामा रहेकी शकुन्तलालाई सबै अस्पतालले कोरोना सङ्क्रमित नै ठाने । त्यसबेला कोरोना सङ्क्रमितलाई जस्तै गरी उनलाई पनि अलग व्यवहार गरियो । अस्पतालका कोही पनि उनको नजिक जान मानेनन् । कसैले पनि यत्तिकै उनलाई हेर्न पनि चाहेनन् । बिनारिपोर्ट कसैले पनि भर्ना लिन नमानेपछि के गर्ने ? तत्कालै रिपोर्ट बनाउन मिल्ने सम्भावना पनि थिएन ।

एकछिन त घोर निराशाले घेर्‍यो । यस्तो निराशाभित्र पनि एउटा आशाको झिल्को हुँदो रहेछ । शकुन्तलाका श्रीमान् र सासूले आस भने मारेनन् । प्रयास गरिरहे । र, अन्ततः शकुन्तलाले एउटा अस्पतालमा आश्रय पाइन् । त्यसपछि उनमा पनि अब भने बाँचिन्छ भन्ने आशा पलायो ।

शकुन्तलालाई अस्पतालको आकस्मिक कक्षमा राखियो । उपचार भने कोरोना परीक्षण गरी रिपोर्ट आएपछि मात्र सुरु गरिने भयो । कोरोना परीक्षणका लागि नर्सहरूले शकुन्तलाको नाकबाट ‘स्वाव’ झिके । रक्तस्रावले शिथिल भइसकेकी शकुन्तलालाई तत्काल रक्तस्राव रोक्ने तथा तागत दिने औषधीको सख्त जरुरत थियो तर त्यतातिर ध्यान नै दिइएन ।

अन्ततः रगतको कमी भएर शकुन्तला अचेत भइन् । अर्धचेतमा रहँदासम्म उनलाई नौ महिना गर्भमा हुर्काएको शिशुलाई बेस्सरी अँगालो हाल्न मन थियो तर त्यसो गर्न सकिनन् । पूरै १२ घण्टा लाग्यो रिपोर्ट आउन । श्रीमान्‌ले हतारिएर शकुन्तलालाई रिपोर्टमा ‘कोरोना नेगेटिभ’ भएको देखाउन पुगे । तर, शकुन्तलाले त्यो शुभ समाचार कुर्न सकिनन् ।

सन्तानलाई जन्म दिइसकेपछि पनि शकुन्तलालाई सहज भएन । उनलाई झन् झन् गाह्रो भइरहेको थियो । कोरोनाको रिपोर्ट आउने र आफ्नो उपचार सुरु हुने प्रतीक्षामा अप्ठेरो गरी सास लिइरहेकी थिइन् उनी । कोरोनाको शङ्कामा उनलाई सासू र श्रीमान्‌सँग मात्र होइन, आफैँले भर्खरै पाएको शिशुबाट समेत अलग राखियो । केही घण्टाअघि आफ्नै शरीरबाट छुट्टिएको अंशको स्पर्शबाट पनि उनी वञ्चित भइन् । कोरोनाको रिपोर्ट आउने समय जति लम्बिँदै गयो, उति उनको शरीरमा भएको रगत रित्तिँदै थियो ।

अन्ततः रगतको कमी भएर शकुन्तला अचेत भइन् । अर्धचेतमा रहँदासम्म उनलाई नौ महिना गर्भमा हुर्काएको शिशुलाई बेस्सरी अँगालो हाल्न मन थियो तर त्यसो गर्न सकिनन् । पूरै १२ घण्टा लाग्यो रिपोर्ट आउन । श्रीमान्‌ले हतारिएर शकुन्तलालाई रिपोर्टमा ‘कोरोना नेगेटिभ’ भएको देखाउन पुगे । तर, शकुन्तलाले त्यो शुभ समाचार कुर्न सकिनन् । रिपोर्ट आउनुअघि नै उनी सधैँका लागि सबैबाट बिदा भइसकेकी थिइन् । २४ घण्टा पनि नपुगेको, आफ्नै शरीरबाट केही घण्टाअघि अलग्गिएको, आमाको दशधारा दुधको पर्खाइमा रहेको सन्तानलाई यही लोकमा छाडेर उनी परलोक गइसकेकी थिइन् । वास्तवमा उनी मातृ–मृत्यु वरण गर्न वाध्य भइसकेकी थिइन् ।

समयमा उपचार नपाएर सुत्केरी भएको केही समयमै शकुन्तलाले मातृ–मृत्यु वरण गर्नुपर्‍यो । यसले उनको परिवारलाई शोकमा मात्र डुबाएन, सन्तानलाई सदाका लागि मातृविहीन र टुहुरो पनि बनायो । राज्यको आँकडामा प्रजनन स्वास्थ्यतर्फ मातृ–मृत्यु दरको सङ्ख्यामा पनि प्रति एक लाखमा एक अङ्क थपियो ।

मातृ–मृत्युको आधारभूत शास्त्र

बच्चा जन्माउने र वंश बढाउने कामलाई सामान्य भनिए पनि यो एउटा जटिल प्रक्रिया हो । यसमा मानव समाजका विभिन्न शास्त्रहरू जोडिएका हुन्छन् । यसमा चिकित्साशास्त्र, मानवशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, राजनीतिशास्त्र आदि महत्त्वपूर्ण छन् । यी शास्त्रहरू ज्ञान र विज्ञान दुबैसँग सम्बन्धित छन् । यसको अर्थ संस्कृति र प्रविधिसँग पनि सम्बन्धित छन् ।

सन्तान जन्माउने र प्रसव गराउने तरिकालाई चिकित्सकीय शब्दमा ‘डेलिभरी’ भनिन्छ । ‘डेलिभरी’ शब्दको वरिपरि विभिन्न खालका जटिलताहरू अर्थका रूपमा समेटिएका छन् । ‘डेलिभरी’ का क्रममा भएका जटिलताका कारणले यो संसारमा आमाको, बच्चाको, आमा र बच्चा दुबैको मृत्युसमेत हुने गरेको छ ।

स्पेन र स्विडेनको मातृ–मृत्यु दर एक लाखमा केवल चार जना रहेको छ । इटाली, नर्वे, पोल्यान्डमा यो दर केवल दुई जनामा सीमित रहेको छ । यस्ता उदाहरणका अगाडि नेपालमा १५१ जना आमाको गर्भसँग सम्बन्धित जटिलताका कारण मृत्यु हुनु भनेको सामान्य हुँदै होइन ।

सोही तथ्यलाई ध्यानमा राखेर चिकित्सकीय पदावलीमा ‘प्रिग्नेन्सी रिलेटेड डेथ’ भन्ने गरिन्छ । यसले गर्भ रहेदेखि प्रसूति भएको ४२ दिनसम्ममा भएको महिलाको मृत्युलाई बुझाउँछ । ‘प्रिग्नेन्सी रिलेटेड डेथ’ भनेको गर्भसँग सम्बन्धित जटिलताका कारण हुने महिला र किशोरीको मृत्यु हो ।

खासमा गर्भका जटिलता, प्रसूतिका जटिलता र यसका उपचारका असफलताले भएका आमाका मृत्युहरूलाई ‘मातृ–मृत्यु’ भनिन्छ । अन्य कुनै दुर्घटनामा परेर गर्भवती र सुत्केरीको मृत्यु भएको छ भने त्यस्ता मृत्युहरूलाई मातृ–मृत्युमा गणना गरिएको हुँदैन ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक भएसँगै गरिएको मातृ–मृत्युको अध्ययनले नेपालको मातृ–मृत्यु दर प्रति एक लाखमा १५१ जना रहेको देखाउँछ । नेपालमा यसअघि मातृ–मृत्युको दर सन् २०१६ मा २३९ जना, २००६ मा २८१ जना, १९९६ मा ५३९ जना र १९९० मा ७७० जना रहेको थियो । यो तथ्याङ्कलाई भिडाएर हेर्दा नेपालले मातृ–मृत्यु दर घटाउनमा धेरै प्रगति गरेको देखिन्छ । झट्ट हेर्दा मातृ–मृत्यु दरमा निकै कमी आइसकेको देखिए पनि अहिलेको नेपालको मातृ–मृत्यु दरलाई सामान्य मान्न सकिन्न ।

कोभिड–१९ को महामारी रहेकाले स्वास्थ्य प्रणाली नै कोभिड–१९ केन्द्रित मात्र भएर अरू स्वास्थ्य समस्या भएका सेवाग्राहीहरू सर्वथा बेवास्तामा परे । यसैले पनि होला, ३२ प्रतिशत मातृ–मृत्युको कारक ‘ननअबस्ट्रेटी’ भएको पाइएको छ ।

स्पेन र स्विडेनको मातृ–मृत्यु दर एक लाखमा केवल चार जना रहेको छ । इटाली, नर्वे, पोल्यान्डमा यो दर केवल दुई जनामा सीमित रहेको छ । यस्ता उदाहरणका अगाडि नेपालमा १५१ जना आमाको गर्भसँग सम्बन्धित जटिलताका कारण मृत्यु हुनु भनेको सामान्य हुँदै होइन । यस आँकडाले नेपालमा अझै पनि पारिवारिक, सामाजिक र राज्य स्तरमा धेरै खालका मानवीय बेथिति र विसङ्गतिहरू छन्, तिनलाई हटाएपछि मात्र प्रजनन उमेरका महिला र किशोरीको जीवनलाई जोगाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।

नेपालमा हुने गरेका मातृ–मृत्युको कारणमा अहिले पनि रक्तस्राव, गर्भावस्थामा भएको उच्च रक्तचाप र त्यसको जटिलता, गर्भपतनको जटिलता, सङ्क्रमण आदि नै प्रमुख रहेको पाइएको छ । यस्ता जटिलतालाई रोक्ने उपाय नै नभएका होइनन्, जत्ति भने पनि छन् । चिकित्सा विज्ञानले पाठेघरको सङ्कुचन गराएर रक्तस्राव रोक्ने विभिन्न औषधीहरू बनाएको छ । नेपालमा यसको उपलब्धताले सन् १९९८ मा ५२ प्रतिशत मातृ–मृत्युको कारण रहेको रक्तस्राव सन् २०२१/२२ मा आइपुग्दा २६ प्रतिशतमा सीमित भएको पाइएको छ ।

नेपालमा अहिले रक्तस्राव रोक्न चाहिने औषधीहरू अक्सिटोसिन, मिसोप्रोस्टोल, कारबापोष्ट आदिको सहज उपलब्धता छ । राष्ट्रिय जनगणनाको समयमा भने कोभिड–१९ को महामारी रहेकाले स्वास्थ्य प्रणाली नै कोभिड–१९ केन्द्रित मात्र भएर अरू स्वास्थ्य समस्या भएका सेवाग्राहीहरू सर्वथा बेवास्तामा परे । यसैले पनि होला, ३२ प्रतिशत मातृ–मृत्युको कारक ‘ननअबस्ट्रेटी’ भएको पाइएको छ । ‘ननअबस्ट्रेटी’ कारकले प्रसवसम्बन्धी जटिलताले नभएर अन्य कारणले मातृ–मृत्यु भएको भन्ने बुझाउँछ । यस्ता अन्य कारणमा गर्भवती र सुत्केरीमा कोभिड निमोनिया, मुटुको समस्या, अन्य सङ्क्रमणहरू आदि भएको देखाइएको छ ।

यसबाहेक गर्भावस्थाको उच्च रक्तचाप तथा इक्लेम्पसियाका कारण १२ प्रतिशत, गर्भसँग सम्बन्धित सङ्क्रमणका कारण सात प्रतिशत, आत्महत्याका कारण छ प्रतिशत र गर्भपतनका कारण पाँच प्रतिशत मातृ–मृत्यु भएको तथ्य २०७८ को अध्ययनले देखाएको छ ।

राज्यले अस्पताल सञ्चालन गर्दैमा र स्वास्थ्य सेवा विस्तार हुँदैमा मातृ–मृत्यु दर कम हुन्छ भन्न सकिँदैन । यसका लागि दम्पतीले गर्भको योजना बनाउने, नियमित गर्भको परीक्षण गर्ने र समयमै जटिलता पत्ता लगाएर रोकथाम र उपचार जे गर्नुपर्ने हो त्यो गर्नु र गराउनु पर्छ ।

सामान्यतः नियमित गर्भ परीक्षण नगर्नु, गर्भका जटिलताहरूलाई समयमा नै पहिचान नगर्नु र गम्भीर अवस्थामा मात्र प्रजनन स्वास्थ्य सेवा लिनका लागि भौँतारिँदा समयमै उच्च गुणस्तरीय स्वास्थ्य सेवा नपाउनु नै मातृ–मृत्युका व्यावहारिक कारण हुन् ।

साथै, अहिले दम्पतीले गर्भको योजना बनाउने र त्यसअनुसार गर्भवती हुनुअघि नै चिकित्सकीय परामर्श ‘प्रिकन्सेप्सनल काउन्सिलिङ’ गर्नुपर्ने मान्यता छ । नेपालमा भने गर्भवती भएको अवस्थामा कम्तीमा चार पटक परीक्षण गराउनेहरू पनि जम्मा ५० प्रतिशत देखिएका छन् । यो तथ्य स्वास्थ्य मन्त्रालयको २०७४/७५ को वार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसयताका पाँच वर्षमा केही न केही त प्रगति भएकै होला भन्नलाई पनि खासै आधार भेटिँदैन । उल्टै कोभिड–१९ महामारीले तहसनहस पारेको अवस्था कसैबाट छिपेको छैन ।

गर्भको अवधि नौ महिनाको हुन्छ । यो नौ महिनामा पनि कतिपय परिवारका गर्भवतीहरूले सुत्केरी कहाँ गराउने यकिन गरेका हुँदैनन् । त्यस अवस्थामा आफूलाई चाहिने रगत, साथी, पैसा तथा अन्य बन्दोबस्तीका समानको व्यवस्थापन पनि गरेका हुँदैनन् । यसो गर्न र गराउन उनीहरूले नसकेका पनि हुन सक्छन् । यी कारणहरू सँगसँगै भौगोलिक अप्ठ्यारो हुनु, मोटरबाटो नबन्नु र बाटो बनेका ठाउँमा पनि एम्बुलेन्सको उपलब्धता नहुनु, जसरी तसरी स्वास्थ्य केन्द्र र अस्पतालमा पुगेपछि पनि सीमित साधनस्रोत र जनशक्ति भएका कारण गुणस्तरीय सेवा प्रवाह नहुनाले गर्भवती र सुत्केरीको हकमा जीवन–मरणको सवाल उत्पन्न हुन्छ । सुरक्षित मातृत्वका चुनौतीहरूलाई समाधान गर्न व्यक्ति, परिवार, समाज र राज्य स्तरका धेरै कुरामा गम्भीर भएर तारतम्य मिलाइएको हुनुपर्छ ।

मातृ–मृत्यु अध्ययन प्रतिवेदन २०७८ ले मृतक महिलाहरूमध्ये ७४ प्रतिशतमा कुनै न कुनै ढिलाइ रहेको र १७ प्रतिशतमा तीन वटै ढिलाइ रहेको देखाएको छ । यस्ता कुनै पनि ढिलाइ हुन नदिन हरेक दम्पती, परिवार र समाज समयमै सजग हुनुपर्छ ।

राज्यले अस्पताल सञ्चालन गर्दैमा र स्वास्थ्य सेवा विस्तार हुँदैमा मातृ–मृत्यु दर कम हुन्छ भन्न सकिँदैन । यसका लागि दम्पतीले गर्भको योजना बनाउने, नियमित गर्भको परीक्षण गर्ने र समयमै जटिलता पत्ता लगाएर रोकथाम र उपचार जे गर्नुपर्ने हो त्यो गर्नु र गराउनु पर्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष चाहिँ सुरक्षित प्रसूतिको तयारी र प्रसवको समयमा अस्पताल पुग्न हुने ढिलाइलाई हटाउन सक्नुपर्छ ।

गर्भावस्थासँग सम्बन्धित मुख्य तीन ढिलाइले मृत्यु पनि निम्त्याउन सक्छ । ती ढिलाइहरू हुन्, पहिलो त उपयुक्त स्वास्थ्य संस्था खोज्न वा निर्णय गर्नमा नै हुने ढिलाइ, त्यसपछि स्वास्थ्य संस्थामा पुग्न नै हुने ढिलाइ र अन्त्यमा स्वास्थ्य संस्थामा उपयुक्त स्वास्थ्य सेवा पाउनमा हुने ढिलाइ । यस्ता ढिलाइको समस्या नेपालमा उच्च रहेको पाइन्छ ।

मातृ–मृत्यु अध्ययन प्रतिवेदन २०७८ ले मृतक महिलाहरूमध्ये ७४ प्रतिशतमा कुनै न कुनै ढिलाइ रहेको र १७ प्रतिशतमा तीन वटै ढिलाइ रहेको देखाएको छ । यस्ता कुनै पनि ढिलाइ हुन नदिन हरेक दम्पती, परिवार र समाज समयमै सजग हुनुपर्छ । राज्यले पनि देशभरका सबै अस्पतालहरूमा सुरक्षित सुत्केरी गराउनका लागि गुणस्तरीय सेवाको सुनिश्चित प्रबन्ध गर्नुपर्छ । सरोकारवाला सबैले आआफ्ना ठाउँबाट सार्थक पहल गर्नसके मात्र मातृ–मृत्यु दरलाई घटाउन सकिन्छ ।

‘सन्धान सहकार्य’ अन्तर्गत विभिन्न सङ्घसंस्था, व्यक्ति र समूहहरूले प्रकाशन प्रसारण गरेका महिलाका जीवन कथाहरूलाई आवश्यक सम्पादनसहित साभार गरी प्रकाशन, प्रसारण गर्ने गरिएको सर्वविदितै छ । यसै क्रममा आज हामीले डा. बालकृष्ण साहको ‘गर्भको गर्व’ नामक पुस्तकमा रहेको ‘कोरोनाको फरक कथा’ शीर्षकको सामग्रीलाई ल्याएका छौँ । यसलाई पनि सम्पादनसहित प्रकाशनका लागि अनुमति दिनुभएकोमा लेखकलाई धन्यवाद !

सन्धानले प्रकाशित गरेकाे पुस्तक अंशहरू

सन्धान प्रकाशन मिति : २०८० असाेज ८ गते, साेमबार