Home Stories ‘स्नेहलता : जीवनकथाका पानाहरू’ मा इतिहासको दस्तावेजीकरण (भिडियो अन्तर्वार्ता)

‘स्नेहलता : जीवनकथाका पानाहरू’ मा इतिहासको दस्तावेजीकरण (भिडियो अन्तर्वार्ता)

947
0

– स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ र शान्ताकुमारी बस्याल

नेपालको राजनीतिक, सामाजिक तथा महिला आन्दोलनकी अग्रणीमध्येकी एक व्यक्तित्व हुनुहुन्छ, स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ । उहाँले राजनीतिक परिवर्तन र महिला आन्दोलनको क्षेत्रमा योगदान गर्नुभएको छ । यो कुरा ‘स्नेहलता : जीवनकथाका पानाहरू’ नामक पुस्तकमा लिपिबद्ध पनि छ ।

स्नेहलतासँग कुराकानी गरेर र नेपालको राजनीतिक तथा महिला आन्दोलनमा महिलाहरूको भूमिकाबारे अध्ययनमा आधारित भएर यो पुस्तक तयार गरिएको पुस्तक लेखक शान्ताकुमारी बस्याल बताउनु हुन्छ ।

दुई खण्डमा विभाजित पुस्तकको पहिलो खण्डमा स्नेहलताको जीवन र स्मरण अन्तर्गत उहाँका बाल्यकाल, शिक्षा, विवाह तथा पारिवारिक जीवनका कुराहरू रहेका छन् । दोस्रो खण्डमा स्नेहलता संलग्न हुनुभएको २००४ सालको सत्याग्रह र सत्याग्रहमा महिलाको सहभागिता, पर्चा वितरण योजना, पञ्चायती सरकार गठनको कुरा, भूमिगत राजनीतिक जिम्मेवारी, नेपाल महिला संघको स्थापनाको इतिहास र महिला संघको सक्रियतालगायत विविध उपशीर्षकहरू रहेका छन् । साथै, स्नेहलतासँगै त्यतिबेला राजनीति, महिला मुक्ति र परिवर्तनको आन्दोलनमा लागेका अन्य नौ जना महिलाहरूको जीवनी र योगदान पनि पुस्तकभित्र समेटिएको छ । ती महिलाहरू हुन्, चम्पादेवी बज्राचार्य, हीरादेवी यमी, सुशीला चालिसे, मंगलादेवी सिंह, मोतीदेवी (दुर्गादेवी) श्रेष्ठ, सहाना प्रधान, राममाया नेपाली, रेवन्तकुमारी आचार्य र श्रीमाया श्रेष्ठ ।

स्नेह–गोविन्द प्रतिष्ठान, ललितपुरले प्रकाशन गरेको यो पुस्तकको सम्पादन जयदेव गौतमले गर्नुभएको छ । २३३ पृष्ठको पुस्तकलाई ‘नेपालको राजनीतिक, सामाजिक, तथा महिला–मुक्ति आन्दोलनकी अग्रणी स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठको संक्षिप्त जीवनी एवं संस्मरण’ भनिएको छ । स्नेहलता २००४ साल साउन २२ गते मंगलादेवी सिंहको अध्यक्षतामा गठन भएको नेपाल महिला संघमा महासचिव हुनुहुन्थ्यो । यो पुस्तक प्रकाशित भएकोमा स्नेहलता श्रेष्ठ एउटा इतिहासको दस्तावेजीकरण भएको भन्दै खुसी हुनुहुन्छ । यो पुस्तकको महत्त्व र पुस्तकमा भएका महत्त्वपूर्ण केही घटनाक्रमको बारेमा ‘सन्धान’ ले पुस्तककी मुख्य पात्र स्नेहलता र पुस्तक लेखक बस्यालसँग कुराकानी गरेको छ । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतमुकुन्द बोगटीले गरेको भिडियो कुराकानीको सम्पादित अंश :

(स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठको अन्तर्वार्ता लिने क्रममा सहजीकरण गरिदिनुभएकामा शान्ताकुमारी बस्यालप्रति आभारी छौँ ।)

याे पनि पढ्नुहाेला

सन्धान प्रकाशन मिति : २०७९ पुस ११ गते, साेमवार