Home Insight तपाईंहरूलाई खेल्नै पुगेको छैन, कसरी राजनीतिमा आएको भनेर पद्म शमशेरले सोधे (भिडियोसहित)

तपाईंहरूलाई खेल्नै पुगेको छैन, कसरी राजनीतिमा आएको भनेर पद्म शमशेरले सोधे (भिडियोसहित)

307
0

नेपालको राजनीतिक, सामाजिक तथा महिला मुक्तिको आन्दोलनकी अग्रणी व्यक्तित्व हुनुहुन्छ, स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठ । २००४ साल साउन २२ गते मंगलादेवी सिंहको अध्यक्षतामा गठन भएको नेपाल महिला संघमा उहाँ महासचिव हुनुभएको थियो । त्यसपछि आफ्नो जीवनकालका सात दशकभन्दा बढी समय सामाजिक–राजनीतिक आन्दोलनमै बिताएको उहाँ बताउनु हुन्छ ।

उहाँलगायत महिलाहरू महिलालाई पनि भोट हाल्न पाउने अधिकार दिनुपर्छ भन्दै पद्म शमशेरकोमा पुग्नुभएको थियो । उहाँले त्यो भेट सम्झिँदै भन्नुभयो, “मताधिकारको माग गर्दै पद्म शमशेरकहाँ जाँदा तपाईंहरूलाई खेल्नै पुगेको छैन । कसरी राजनीतिमा आएको भनेर प्रश्न गरे ।”

महिला अधिकार र निरङ्कुश राणाशासनविरुद्ध आन्दोलन गर्ने आफूसहितका महिलाहरू सबै त्यतिखेर १३/१४ वर्षकै उमेरको भएको उहाँ स्मरण गर्नुहुन्छ । उहाँ अहिले पनि राजनीतिक र सामाजिक मुद्दामा कुरा गर्न रुचाउनु हुन्छ । प्रस्तुत छ, स्नेहलतासँग ‘सन्धान’ ले गरेको विशेष कुराकानी :

(स्नेहलता गुरुवाचार्य ओन श्रेष्ठको अन्तर्वार्ता लिने क्रममा सहजीकरण गरिदिनुभएकामा शान्ताकुमारी बस्यालप्रति आभारी छौँ ।)

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ साउन २० गते, शुक्रवार