सन्दर्भ : संसदीय निर्वाचन २०७९
दाङकी शिल्पा चौधरीले सामाजिक क्षेत्रमा लामो समय काम गरेपछि २०६९ सालमा राजनीतिमा प्रवेश गर्नुभयो । उहाँ लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायमा पर्नु हुन्छ । ३९ वर्षीया शिल्पा आफूलाई पारलैङ्गिक महिला भनेर चिनाउनु हुन्छ ।
नेकपा एमालेबाट राजनीतिमा प्रवेश गरेकी शिल्पा अहिले नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुनुहुन्छ । उहाँ आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार हुनुहुन्छ । उहाँ विशेषतः भूमि समस्या, पिछडिएका क्षेत्र तथा समुदायका व्यक्तिहरूलाई मूलधारमा ल्याउनुपर्ने लगायतका मुद्दा लिएर चुनावी मैदानमा हुनुहुन्छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकारका लागि लामो समयदेखि काम गरिरहेकी शिल्पा राजनीतिमा किन लाग्नुभयो ? साथै, उहाँका चुनावी एजेन्डा के कस्ता छन् ? हामी यिनै मूल प्रश्नमा केन्द्रित छौँ । प्रस्तुत छ, शिल्पा चौधरीसँग ‘सन्धान’ का तर्फबाट केही दिनअघि दाङमा भेटेर समीक्षा गाहाले गरेको अडियो कुराकानीको सम्पादित अंश :
अडियो सुन्नुहोस्
यो पनि पढ्नुहोस्
- दलहरुको घोषणापत्रमा राखिएका महिला तथा समावेशी मुद्दा यस्ता छन्
- ‘स्थानीय तह निर्वाचन २०७९’ : बिहीवार बिहानसम्म प्रमुख/अध्यक्षमा १५ महिला विजयी
- स्थानीय तह निर्वाचनकाे विभिन्न प्रक्रियामा महिला (फोटो फिचर)
- घोषणापत्रमा महिला, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायका सवाल
सन्धान, प्रकाशन मिति २०७९ कात्तिक २४ गते बिहीवार