‘स्थानीय तह निर्वाचन २०७९’ : बिहीवार बिहानसम्म प्रमुख/अध्यक्षमा १५ महिला विजयी

Share this :

वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन २०७९ को मतगणना जारी छ । कुल ७५३ पालिकामध्ये बिहीवार बिहानसम्म ५५३ पालिकाको आधिकारिक नतिजा सार्वजनिक भइसकेको छ ।

निर्वाचन आयोगको वेबसाइटमा उल्लेख भएअनुसार, अहिलेसम्म गाउँ तथा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने महिलाको सङ्ख्या १५ रहेको छ । निर्वाचित महिलाहरू हुनुहुन्छ :

नगरप्रमुखहरु

ताराकुमारी काजी महतो, माडी नगरपालिका, चितवन, (नेकपा एमाले)

विमला अर्याल, सुनवल नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), (नेकपा एमाले)

विमला राई, हलेसी तुवाचुङ नगरपालिका, खोटाङ, (नेपाली काङ्ग्रेस)

रीनाकुमारी साह, मौलापुर नगरपालिका, रौतहट, (नेकपा एमाले)

गीता चौधरी, सुरुङ्गा नगरपालिका, सप्तरी, (नेपाली काङ्ग्रेस)

गाउँपालिका अध्यक्षहरु

अरुणादेवी राई, जन्तेढुङ्गा गाउँपालिका, खोटाङ, (नेकपा माओवादी केन्द्र)

राजमती इङ्नाम, कानेपोखरी गाउँपालिका, मोरङ, (नेकपा एमाले)

मीनादेवी कार्की, लिखे पिकु गाउँपालिका, सोलुखुम्बु, (नेपाली काङ्ग्रेस)

पार्वती सुनुवार, फिक्कल गाउँपालिका, सिन्धुली, (नेकपा एमाले)

हीरादेवी शर्मा, मोदी गाउँपालिका, पर्वत, (नेकपा एमाले)

लक्ष्मीदेवी पाण्डे, हुप्सेकोट गाउँपालिका, नवलपुर, (नेपाली काङ्ग्रेस)

सरस्वती दर्लामी (चिदी), बगनासकाली गाउँपालिका, पाल्पा, (नेकपा एमाले)

रीताकुमारी शाही, भैरवी गाउँपालिका, दैलेख, (नेपाली काङ्ग्रेस)

रेणुका चौलागाईँ, चौँरीदेउराली गाउँपालिका, काभ्रे, (नेकपा माओवादी केन्द्र)

दीपा बोहोरा दाहाल, सुनकोसी गाउँपालिका, सिन्धुली, (नेकपा माओवादी केन्द्र)

पार्टीगत रूपमा नेकपा एमालेबाट सात, नेपाली काङ्ग्रेसबाट पाँच र नेकपा माओवादी केन्द्रबाट तीन जना निर्वाचित हुनुभएको हो । अहिलेसम्मको मतपरिणाम अनुसार पालिका प्रमुख निर्वाचित हुने महिलाको सङ्ख्या दुई दशमलव सात एक प्रतिशत छ ।

मौलापुर नगरपालिकामा निर्वाचित साह तथा सुनकोसी गाउँपालिका अध्यक्ष दाहाल र हुप्सेकोट गाउँपालिका अध्यक्षमा निर्वाचित पाण्डे यसअघि पनि पालिका प्रमुख नै हुनुहुन्थ्यो । महतो, राई, इङ्नाम, दर्लामी र सुनुवार २०७४ सालको निर्वाचनमा उपाध्यक्ष निर्वाचित भई अहिले अध्यक्ष बन्न सफल हुनुभएको हो ।

तस्बिर साभार : सम्बन्धित व्यक्तिहरूको सामाजिक सञ्जालबाट ।

प्रकाशन मिति : २०७९ जेठ ५, बिहीवार ।

Share this :