Home Opinion तीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्छ – कल्पना धमला (भिडियो सहित)

तीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्छ – कल्पना धमला (भिडियो सहित)

612
0

तीज पर्व के हो ? यसको पौराणिक कथन के हो ? अहिले र ५०/६० वर्ष पहिलेको तीज मनाउने चलनमा के कस्तो परिवर्तन आएको छ ? तीजको नाममा गरिने तामझामले परिवारमा थप्ने आर्थिक भार तथा पार्ने सामाजिक सांस्कृतिक असरबारे पनि धेरथोर बहस सुरु भएको छ । यस वर्षको हरितालिका तीज आज परेको छ । यही सन्दर्भ पारेर हामीले अस्तिदेखि तीजको विगत र वर्तमानबारे विभिन्न व्यक्तिहरूको विचार प्रस्तुत गरिरहेका छौँ ।

आज हामीसँग हुनुहुन्छ, नेपाल कम्युनिष्ट पार्टी माओवादीका पोलिटब्यूरो सदस्य कल्पना धमला । कम्युनिष्ट परिवारमा जन्मिनुभएकी उहाँ आफू सानैदेखि न्याय, समानता र परिवर्तनका लागि राजनीतिक क्षेत्रमा जोडिएको बताउनु हुन्छ । कक्षा ८ मा अध्ययन गर्दा नै आफू निर्दलीय पञ्चायत व्यवस्थाको विरुद्धमा सङ्गठित भएर राजनीतिक जीवनमा प्रवेश गरेको बताउनु हुने उहाँ हाल नेकपा माओवादीको स्वास्थ्य विभाग प्रमुखको जिम्मेवारीमा हुनु हुन्छ । उहाँको विचारमा तीज पर्व पितृसत्तात्मक सोच, विचार र चिन्तनमाथि एक जना हिन्दु महिला पार्वतीले गरेको विद्रोह हो । यसैले उहाँ तीजलाई विद्रोह दिवसको रूपमा मनाउनुपर्ने बताउनु हुन्छ ।

कल्पना धमला नेपाली महिलाहरूले अहिले विद्रोहकै सन्देश लिएर अग्रसर हुँदै संविधान र कानुनमा भएको अधिकारको कार्यान्वयनका लागि खबरदारी गर्नुपर्ने विचार राख्नु हुन्छ । प्रस्तुत छ, उहाँसँग ‘सन्धान’ का तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले गरेको कुराकानीको सम्पादित अंश :

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ भदाै १४ गते, मंगलवार


Previous articleसमाज परिवर्तन गर्ने राम्रो अवसर हुन सक्छ तीज –राधा पौडेल (भिडियो सहित)
Next articleधम्मु, रत्नकली र राजलक्ष्मीहरूको उद्यमशीलता