Home Insight तीज मनाउनेबारे वैचारिक बहस गर्नुपर्छ – शान्ता मानवी (भिडियो सहित)

तीज मनाउनेबारे वैचारिक बहस गर्नुपर्छ – शान्ता मानवी (भिडियो सहित)

1030
0

तीज पर्व के हो ? यसको पौराणिक कुरा के हो ? विगत ५०/६० वर्ष पहिले र अहिलेको तीज मनाउने चलन कसरी बदलिँदै छ ? यसरी मनाउने तीजले कुनै एउटा घर, परिवारमा थपिने आर्थिक भार तथा सामाजिक सांस्कृतिक रूपमा पार्ने असरबारे धेरथोर बहस सुरु भएको छ । यस वर्ष यही भदौ १४ गते परेको तीजको सन्दर्भमा हामीले यसको विगत र वर्तमानबारे विभिन्न व्यक्तिहरूको विचार प्रस्तुत गर्दैछौँ ।

यसै क्रममा आज एक जना हुनुहुन्छ, कम्युनिष्ट राजनीतिकर्मी शान्ता मानवी । उहाँ तीजलाई माइती र बिहे गरेर गएकी छोरीको सम्बन्ध नवीकरण गर्ने दिनको रूपमा स्मरण गर्नुहुन्छ । ब्राह्मण परिवारमा जन्मिनुभएकी उहाँको आठ वर्षमा बिहे भयो । बिहे गरेको पाँच वर्षपछि नै उहाँका श्रीमान्‌को मृत्यु भयो । त्यतिबेला उहाँ १३ वर्षकी हुनुहुन्थ्यो । श्रीमान्‌को मृत्यु भएदेखि नै समाजले उहाँलाई ‘बालविधुवा’ को संज्ञा दिएर अत्यन्तै विभेदित र कष्टकर जीवन बिताउन वाध्य पार्‍यो । त्यसपछि घरपरिवार र यस्ता सांस्कृतिक चाडपर्वहरूप्रति नै उहाँको मोह भङ्ग भयो । यस्ता पर्वहरूबाट टाढा हुन मन लाग्यो र घरै छोडेर हिँड्ने निर्णय गर्नुभयो । यस्तो निर्णय गर्दा उहाँ २३ वर्षकी हुनुहुन्थ्यो । घर छोडेपछि उहाँ भारत जानुभयो । त्यहाँ कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठलगायत नेताहरूसँग उहाँको भेट भयो । उहाँका अनुसार, यो २०२६/२७ सालतिरको कुरा हो । घर छोडेको दिनदेखि नै तीज जस्ता पर्वहरूसँग जोडिएका परम्परागत अभ्यास र विचारलाई पनि आफूले छोडेको उहाँ बताउनु हुन्छ ।

अहिले ७७ वर्ष पुग्नुभएकी शान्ता मानवीसँग हामीले तीजको विगतदेखि वर्तमान, तीजलाई राजनीतिक अवसरको रूपमा गरिएको उपयोग र अहिलेको सन्दर्भमा तीज जस्ता चाडपर्वहरू मनाउने उपयुक्त तरिका आदिका बारेमा कुराकानी गरेका छौँ । प्रस्तुत छ, सन्धानका तर्फबाट लक्ष्मी बस्नेतगार्डिका बज्राचार्यले उहाँसँग गरेको कुराकानीको सम्पादित अंश :

याे पनि पढ्नुहाेस्

सन्धान प्रकाशन मिति : २०७९ भदाै १२ गते, आइतवार


Previous articleफेसन र महिलालाई जाँच्ने कसी हुन् र चाडवाड ?
Next articleसमाज परिवर्तन गर्ने राम्रो अवसर हुन सक्छ तीज –राधा पौडेल (भिडियो सहित)