Home Insight छोराछोरी आमाको जिम्मामा, आफू आन्दोलनमा – उमा दाहाल (भिडियो सहित)

छोराछोरी आमाको जिम्मामा, आफू आन्दोलनमा – उमा दाहाल (भिडियो सहित)

654
0

उमा दाहाल राजनीतिज्ञ तथा समाजसेवी हुनुहुन्छ । महोत्तरी जिल्लामा जन्मिनुभएकी दाहालको विवाहपछि राजनीति गर्ने भूगोल मकवानपुर भयो । उहाँ मकवानपुरबाटै सांसदको उम्मेदवार पनि हुनुभएको थियो ।

उहाँको पारिवारिक पृष्ठभूमि पनि राजनीति नै थियो । २०२८ सालमा ९ वर्षको हुँदा उहाँले नयाँ शिक्षा योजनाको विरोधमा नेपाली कांग्रेसले आयोजना गरेको प्रदर्शनमा पार्टीको झन्डा बोक्नुभएको थियो । त्यो दिनदेखि आफू पार्टी राजनीतिमै केन्द्रित भएको उहाँ बताउनु हुन्छ ।

दाहालले २०३६ सालको जनमत सङ्ग्रहमा पनि सक्रिय भई जिल्ला इकाई कमिटीको संयोजक भएर काम गर्नुभएको थियो । पञ्चायती व्यवस्थाविरुद्ध २०४६ सालमा भएको जनआन्दोलनमा उहाँ मकवानपुरको हेटौँडामा सक्रिय हुनुहुन्थ्यो । उहाँ अहिले नेपाली कांग्रेसको महासमिति सदस्य हुनुहुन्छ । राजनीतिक तथा सामाजिक क्षेत्रका काम गर्दा उहाँले गर्नुभएका अनुभव महिला आन्दोलनका दृष्टिले पनि महत्त्वपूर्ण छन् । प्रस्तुत छ, ‘सन्धान’ का तर्फबाट गार्डिका बज्राचार्यसमीक्षा गाहाले उहाँसँग गरेको कुराकानी :

सन्धान प्रकाशन मिति : २०७९ भदाै ८ गते, बुधवार


Previous articleनेपालको राजनीतिमा सीमान्तीकृत महिलाको प्रतिनिधित्व, अवस्था र चुनौति
Next articleफेसन र महिलालाई जाँच्ने कसी हुन् र चाडवाड ?